Tag Archives: निर्मोही व्यास – Nirmohi Vyas

कविता : कल्पनाको सम्झनामा

~निर्मोही व्यास~ मेरी कल्पू ! चिरसहचरी ! जिन्दगीकी जुहार ! प्यारी ! चारैतिर झलझली देख्छु तिम्रै मुहार यौटा यौटा पल छिन गरी गैसक्यो एक मास पर्खी पर्खी म त भइसकेँ प्रेयसी ! झन् उदास आयो वर्षा ऋतु सरस यो प्रीतिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सत्ते ! तिमीलाई नै भेट्न आएँ

~निर्मोही व्यास~ म प्यासी सदाको, तिमी हौ पँधेरो जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो तिमीलाइ पाए जुनी धन्य-धन्य नपाए छ संसार नै शून्य-शून्य सजाए छातीभरि विम्ब तिम्रो र आँखाभरी स्वप्न साँची सुनौलो बगी भावनामा, उडी कल्पनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्छ वीणा त्यहीँ

~निर्मोही व्यास~ प्रीति हो सृष्टिको सार यौटै फगत् प्रीतिमा नै अडेको छ सारा जगत् चन्द्रका साथमा खिल्दछिन् चाँदनी खुल्दछिन् मेघका साथ सौदामिनी चुम्छ आकाशले धर्तिलाई कहीँ छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ

Posted in कविता | Tagged | Leave a comment

गजल : गीति गजल गाए

~निर्मोही व्यास~ प्यार रोप्दा पीर पाए गीति गजल गाए विश्वासको सगरमाथासँग प्रीत लाए । काँडा सँगै फुले पनि काँडा हुन्न फूलमा मान्छे कस्तो हुन्थ्यो होला त्यस्तै हुन पाए ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी शरत्पूर्णिमा

~निर्मोही व्यास~ मेरो प्रीति–प्रभातकी हिमचुली ! आऊ खुली झल्मल मेरो भाव–तरङ्गिणी ! बग तिमी गर्दै सदा कल्कल आऊ पङ्ख फिँजी उडेर भुरुरू ए सर्वसौभाग्यदा ! आँखामा बिपना भई बस तिमी मेरो सदा सर्वदा ० आभा स्वर्ण–प्रभातको गगनमा झल्केसरी झल्झल थोपा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उठौँ जुर्मुराई सबै स्वाभिमानी

~निर्मोही व्यास~ अहा ! देश हाम्रो थियो स्वर्गतुल्य कठै ! आज भो रौरवै नर्कतुल्य हराए हिजोका सदाचार निष्ठा यहाँ छैन बाँकी कसैको प्रतिष्ठा ० मिलेरै बसेका सयाँै जात–जाति बने आज यी आपसैमा नजाती

Posted in कविता | Tagged | Leave a comment

कविता : ओत लाग्न कहाँ जाऊँ ?

~निर्मोही व्यास~ ढले आदर्शका मेरा सहारा बर-पीपल ओत लाग्न कहाँ जाऊँ ? कहाँ तापूँ म शीतल ? दधीची-शिविका निम्ति छन् ताता झीर आज झन् पासो थापेर जो चारो छर्छन्, ती दानवीर छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभु !

~निर्मोही व्यास~ गोटी षड्यन्त्रका चाहे जति चालिसियोस् प्रभु ! खसी घोर्ले, सिसी झिल्के जति ढालिसियोस् प्रभु ! घाम-जून हजूरैका हुने पेवा गए दिन नौ लाख पिल्पिले तारा जति बालिसियोस् प्रभु !

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यार ! आऊ पुगौँ सच्चिदानन्दमा

~निर्मोही व्यास~ बाँसुरी म, प्रिया ! हौ तिमी रागिनी सिन्चिदेऊ ममा प्रीति–सञ्जीवनी सृष्टि–सौन्दर्यकी सार यौटै तिमी अंश तिम्रो लिई रम्य छिन् मेदिनी ० आज प्याला भरी घोल सातै सुर प्राप्ति आजै त हो, भोलिको के भर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चम्कँदै छन् यहाँ नक्कली लेखक

~निर्मोही व्यास~ चम्कँदै छन् यहाँ नक्कली लेखक लेख्छ ज्याला लिई ‘प्रेत’ले बे–धक चल्न खोज्छन् तिनै झन् बजारैभरि अब्बलै पर्न खोज्छन् हजारैभरि हुन्छ होटेलमा भव्य लोकार्पण खानको–पानको दिव्य आकर्षण

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रित्तिन सकू म

~निर्मोही व्यास~ ‘कृष्ण त्वदीय पदपङ्कज पञ्जरान्ते अद्यैव मे विशतु मानसराजहंसः प्राण प्रयाणसमये कफवातपित्तै– र्कण्ठावरोधनविधौ स्मरणंकुतस्ते’ संस्कृत साहित्यको भक्ति धाराका एक कविले आफ्ना उपास्य कृष्णको भक्तिमा चुर्लुम्म डुबेर माथिको स्तुतिपद्यमा आफ्ना आकाङ्क्षा यसरी प्रकट गरेका छन् ः ‘हे कृष्ण, तिम्रो पाउकमलरूपी … Continue reading

Posted in निबन्ध, विचार मन्थन|चिन्तन | Tagged | Leave a comment

संस्मरण : अतिथिदेवो भव

~निर्मोही व्यास~ निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन् हो संस्मरण । यो उत्खनन् कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ । अझ त्यो किस्ताबन्दी पनि सिल्सिलेवार ढङ्गको हुन्छ वा हुनुपर्छ भन्ने पनि केही छैन । एकदम विशृङ्खलित तवरमा पनि हुन सक्छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : प्लास्टरको पीडा

~निर्मोही व्यास~ तन ठीक नभए मन पनि ठीक हुँदो रहेनछ र मन ठीक नभए तन पनि ठीक हुँदो रहेनछ, अनि तन र मन दुबै ठीक नभएपछि त झन् अरू केही पनि ठ्याम्मै ठीक हुँदोरहेनछ । अहिले आजका मितिमा म त्यही … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मृत्युपछिको मीठो सपना

~निर्मोही व्यास~ हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ? जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो। मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन् ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महाकवि देवकोटाप्रति

~निर्मोही व्यास~ कविकुलगुरु हाम्रा ! आज तिम्रो जयन्ती सबतिर छ फुलेको कीर्तिको वैजयन्ती प्रिय ! उदित अमा* मा हौ शशी, चन्द्रिकाले जगमग जग पार्‍यौ दिव्य सोह्रै कलाले चिरिबिरि ध्वनि तिम्रो, भाव-सङ्गीत दिव्य हृदयभरि चुल्याई मक्ख पर्दै छु नित्य

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : साँचेको सम्झना– एक नजरमा

~उमाशङ्कर द्विवेदी~ नेपाली साहित्यका प्रखरचेता स्रष्टा निर्मोही व्यासद्वारा लिखित “साँचेको सम्झना” नामक संस्मरणसङ्ग्रह साझा प्रकाशनले हालसालै प्रकाशित गरेको छ । बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासका यसअघि बेहुली अन्माएको घर (कवितासङ्ग्रह), सरिता (काव्य), एलबमका पानाहरू (उपन्यास), नौ पाइला (यात्रासंस्मरण), स्वयम्भूका आँखाहरू … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मलाई तिमीले

~निर्मोही व्यास~ कतै उर्लिँदो वेदनाको नदीमा डुबी छट्पटाईरहेको थिएँ म बनी स्नेहले जिन्दगीको किनारा दियौ हात मीठो मलाई तिमीले ० तिमीसङ्ग ‘यायावरी’ स्वप्न मेरो— ‘लगाऔंँ दुवै सृष्टिको लाख फेरो’

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता

~निर्मोही व्यास~ तिमी इन्द्रिनी हौ ? कि आकाशगङ्गा ? तिमी देखिँदा यो मनै हुन्छ चङ्गा नपाएर झल्को म कल्पीरहन्थेँ सधैँ सम्झनामा डुबुल्कीरहन्थें ० तपस्या फलोस्, गम्कियोस् सृष्टि आज प्रिया ! झुल्क पैह्री तिमी प्रीति–ताज

Posted in कविता | Tagged | Leave a comment

कविता : नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?

~निर्मोही व्यास~ १ यता हेर्यो — लथालिङ्ङ, भताभुङ्ङ उतातिर हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर ! मारेर जनतालाई कसरी लोकतन्त्र भो ? नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ? २ न छ राष्ट्रियताको ‘र’ न कहीं लाजको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो दायित्व बन्धन

~निर्मोही व्यास~ पसेछु म विनापत्तो आयुको उत्तरार्धमा यही सङ्केत गर्दै छ जिन्दगीले जहाँतहाँ चौँसट्ठी वर्षको लामो यात्रा मैले तुरीसकेँ यत्रो अवधिमा जे–जे सकेँ कर्म गरीसकेँ सम्झिँदा आज ती सारा चल्छ अत्यासको हुरी साथसाथै छचल्किन्छ तृप्तिको रस–माधुरी जति हेरूँ, अझै हेरूँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~निर्मोही व्यास~ मभित्र छ्यौ तिमी–तिमी, तिमीभित्र छु म आज मेरो उँचाइलाई कल्ले सक्छ छुन ? हिजो जस्तो कहाँ हो र ! आज मेरो खुसी अझैअझै चुलिँदो छ हुँदै झुसी–झुसी !

Posted in कविता | Tagged | Leave a comment

कविता : शरन्निशा

~निर्मोही व्यास~ १ तिमी अपूर्व सुन्दरी, कलावती ‘शरन्निशा’**** त्यही कला पिएर जग्मगाउँछन् दसै दिशा लजाउँदी छ चाँदनी स्वयं प्रिया ! तिमीसँग सँगै तिमी भए पुग्यो, म बिर्सिदिन्छु यो जग २ तिमी पवित्र जाह्नवी, प्रणम्य वेदकी ऋचा तिमी कला र काव्यकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~ छ यो मेदिनीसङ्ग नाता पवित्र यही स्वर्ग मेरो, यही पुण्य तीर्थ नखाऊँ कसैको कहीँ गाँस खोसी सकेमा अरूको बसूँ प्राण पोसी म आस्था बिसाऊँ सधैँ पात्रतामा

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~ दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एकलव्य साधकको सजीव कृति

~निर्मोही व्यास~ संस्मरणकार राम पराजुली सिन्धुपाल्चोकको अनकन्टार गाउँमा जन्मी, हुर्की कलकलाउँदो नवयुवाकालमा तराईको निजगढमा बसाइँ आएका हुन् । उनी स्वाध्ययनका भरमा साहित्य–सृजनमा एकलव्य भावले समर्पित प्रतिभा हुन् । सरलता, विनम्रता र हार्दिकताका त्रिवेणी वा नुन–चिनी–पानी व्यक्तित्व हुन् । कहिल्यै कसैको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बग्दै बग्दै

~निर्मोही व्यास~ बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना तीनछक्क परेको छु पोख्नै सक्तिन भावना

Posted in कविता | Tagged | Leave a comment

कविता : विनोदी र व्यास

~निर्मोही व्यास~ सौहार्दको सियो-धागो स्नेहको कुसुमावली- सँगाली यत्नले काव्य-माला वा विरुदावली उनियो उनकै निम्ति व्यासका प्रिय मित्र जो बस्छन् नारायणी-तीर ‘विनोदी’ काव्यका मियो ! तपसी, नित्य एकान्त-साधनामा रमाउने दम्भ-दुर्भावका द्रोही, मैत्रीका गीत गाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : अठोट

~निर्मोही व्यास~ सिँचेर स्नेह–धारले सिँगार्छु आज यो धरा तुल्याइदिन्छु प्यारले बसुन्धरा हराभरा अजस्र सृष्टि–स्रोत भै गरीरहन्छु सिर्जना उदासमा, निराशमा नवीन भर्छु जीवन भएर प्राणवायु दिग्दिगन्तमा म डुल्दछु बनेर फूल प्रीतिका जताततै म फुल्दछु

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा, फूल र मान्छे

~निर्मोही व्यास~ १ काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि २ यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ गुण, आयु भने फेरि सर्वथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मोहनीमा

~निर्मोही व्यास~ तिमी मेरी घाम–जून, तिमी मेरी ऊर्जा तिमीविना जिन्दगी यो खालि कलपुर्जा सितारकी तार मेरी ! रुन्झुनाऊ नित्य तिम्रो स्वरै सुन्दा पनि हुन्छ मन मत्त

Posted in कविता | Tagged | Leave a comment

कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

~निर्मोही व्यास~ १ यतै तिमी, उतै तिमी, जताततै तिमी तिमी हरेक कोणमा तिमी, हरेक मोडमा तिमी तिमी हरेक फूलमा र पातपातमा तिमी तिमी दिवा र रातमा, प्रभातमा तिमी तिमी । २ तिमी त पाइलैपिछे र धड्कनैपिछे तिमी हरेक तिर्सनापिछे र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँगनमा आज मेरा प्रियतम आए…

~निर्मोही व्यास~ कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए ! आजै जस्तो मेरो हजूर फेरि पनि आए ! छातीभरि छचल्किने आज खुसी कति मन मेरो चुल्बुलिने आज अति अति । कस्तो हुन्थ्यो यस्तै मन सधैँ सधैँ पाए ! आजै जस्तो … Continue reading

Posted in कविता | Tagged | Leave a comment