Tag Archives: Nirmala Awasthi

गजल : मिसाएर लेखें गजल

~निर्मला अवस्थी~ तिम्रो मेरो माया संगै मिसाएर लेखें गजल ह्रदयका पीडाहरु बिसाएर लेखें गजल।। धेरै भयो तिमीलाई नदेख्दा म आँत्तेकी छु तिमी साथ नहुनाले रिसाएर लेखें गजल।।

Posted in गजल | Tagged | Leave a comment

गजल : एकै ठाउँमा होली

~निर्मला अवस्थी~ आऊ सबै खेलौं अब एकै ठाउँमा होली पूर्व मेची महाकाली सबको माया घोली ।। यो देश हो हामी सबको फूलबारी साझा टुक्र्याउन हुन्न यसलाइ जोडौं दिल खोली।।

Posted in गजल | Tagged | Leave a comment

गजल : हेर कस्तो हुन्छ

~निर्मला अवस्थी~ इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ। जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : छाल जस्तो रैछ माया

~निर्मला अवस्थी~ घरी घरी उर्लिरने छाल जस्तो रैछ माया घुमी फिरी त्यही पुग्ने ताल जस्तो रैछ माया।। ह्रदयमा बसेपछी बिर्सिहाल्न गाह्रो हुने जुवाडेको जुवा खेल्ने खाल जस्तो रैछ माया।।

Posted in गजल | Tagged | Leave a comment

कविता : यी हरफ तिमीलाई

~निर्मला अवस्थी~ तिम्रो लामो आयुको कामना गर्दै कहिल्यै नसुक्ने मखमलीको माला र निधारमा सप्तरंगी टिकाले सजाएकी थिएँ धेरै धेरै मंगलकामना गर्दै सगुन खुवाएकी थिएँ तर लम्ब्याउन सकेन मखमली माला र सगुनले तिम्रो आयु तिमी कहिल्यै नआउने गरी गयौ मैले दैलोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : लुक्नुहुन्न अब नारी

~निर्मला अवस्थी~ सक्दिन म गर्न भनी लुक्नुहुन्न अब नारी अधिकार लिनलाई चुक्नुहुन्न अब नारी।। सिर्जनामा रमाउँछौं पौरखमा जुटिरन्छौं सहयोग माग्दै बाटो ढुक्नुहुन्न अब नारी।।

Posted in गजल | Tagged | Leave a comment

गजल : किन आँशु झार्‍यौ भन

~निर्मला अवस्थी~ माया गर्छु भन्दा भन्दै किन आँशु झार्‍यौ भन मेरो झुप्रो छोडी किन अर्कै डेरा बार्‍यौ भन।। हिजो सम्म ढकमक फुलिराथ्यो तर आज यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आखिर मन मोड्नु रैछ

~निर्मला अवस्थी~ गर्छु धेरै माया भन्थ्यौ आखिर मन मोड्नु रैछ संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।। निसानामा पार्‍यौ मलाई ब्याधा बनी आयौ तिमी मिठो माया जालमा पारी आखिर बन्धन तोड्नु रैछ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : नेता छलेर हिड्दैछन्

~निर्मला अवस्थी~ थप्पड खाने डरले नेता छलेर हिड्दैछन् खानेले खाए नपाउने चाही जलेर हिड्दैछन्।। देशको पीर केही छैन तिनलाई लुटेर खानु छ भातको साटो पिउँछन् रक्सी ढलेर हिड्दैछन्।।

Posted in गजल | Tagged | Leave a comment

गजल : अब बसिदिन सक्छु

~निर्मला अवस्थी~ तिम्रै नजिक आई अब बसिदिन सक्छु थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।। मलाई छोडी अन्त कतै जान खोज्यौ भने बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी र म

~निर्मला अवस्थी~ तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’ हाम्रो प्राप्तिसँगैको अनुभुति जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु कति सहज, कति असहज कति मिठा कति तीता तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु। तिमी उस्तै म त्यस्तै तर पनि फरक

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै हल्ला सुन्छु

~निर्मला अवस्थी~ हिजो आज गाउँभरी तिम्रै हल्ला सुन्छु के भएर त्यस्तो भयौ मन मनै गुन्छु।। आँखिर गल्ती कस्को थियो भन नढाटी तिम्लाई संझी म पनि एक्लै बसी रुन्छु।।

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो मन फेरिनु पर्छ

~निर्मला अवस्थी~ मलाई पनि तिमी जस्तै स्वतन्त्र भएर हिड्न मन लाग्छ तर मेरा गोडा मात्र बाधिएका छैनन् संकार र सामाजिक बन्धनले हरेक पक्षबाट जेलिएकी छु म फुत्किनै नसक्ने गरी बेरिएकी छु म म सोंच्छु, मनन गर्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : माया लाको हुँदै होइन

~निर्मला अवस्थी~ तिमीसंग मैले माया लाको हुँदै होइन चौतारीमा प्रेमको गीत गाको हुदै होइन।। नभएका झुट्टा कुरा फैलाउँछौ तिमी द्यौरालीमा भेट्न पनि आको हुँदै होइन।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानीको मात थियो

~निर्मला अवस्थी~ बैंशालु त्यो यौवनमा जवानीको मात थियो तिमी एक्लै म नि एक्लै त्यो जुनेली रात थियो।। चकमन्न भएपछि मेरो छेउ आयौ तिमी उस्तै उस्तै दूई आत्माको मिलनको बात थियो।।

Posted in गजल | Tagged | Leave a comment

गजल : नानी बनी बस्छु

~निर्मला अवस्थी~ राख तिम्रो आँखा भित्र नानी बनी बस्छु तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।। कुलतमा तिमीलाई पर्न दिने छैन तिम्रा सबै राम्रा राम्रा बानी बनी बस्छु।।

Posted in गजल | Tagged | Leave a comment

कविता : जोडौं संबन्ध हामी

~निर्मला अवस्थी~ आजकल मेरो देश एक्लिएको छ आत्तिएको छ निस्सासिएको छ जताततै लुटपाट, अपहरण,हत्याले कमजोर बन्दै गएको छ एक अर्कासंगको संबन्ध छुटेको छ भाइचाराको नाता टुटेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : यस्तै रैछ जिन्दगानी

~निर्मला अवस्थी~ कैले घाम कैले छायाँ यस्तै रैछ जिन्दगानी कैले हुन्छु आगो जस्तै कैले हुन्छु पानी पानी।। सधैभरी जीवनमा आए हुन्थ्यो खुशी मात्रै सोच्छु मात्र तर त्यस्तो कहाँ मिल्थ्थो छानी छानी।।

Posted in गजल | Tagged | Leave a comment

गजल : गाथाको जीत हो नारी

~निर्मला अवस्थी~ इतिहासमा लेखिएको गाथाको जीत हो नारी सदभाव बनाई राख्ने सबैको हित हो नारी।। धर्तीलाई भिजाएर सिर्जनामा रमाइदिने सृष्टीलाई जोगाई राख्ने एउटा रीत हो नारी।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सबको फल्छ जीन्दगी

~निर्मला अवस्थी~ आज भोली धनमा सबको फल्छ जीन्दगी फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।। धनी गरीब जे भएनी भोक उस्तै हो एकै छाक खाए पनि चल्छ जीन्दगी।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिने पाली बन्न पाए

~निर्मला अवस्थी~ तिमीलाई ओत दिने पाली बन्न पाए तिम्रो खाना राखिदिने थाली बन्न पाए।। दु:ख सबै उखेलेर फालिदिने थिएँ हेरचाह गर्ने तिम्रो माली बन्न पाए।।

Posted in गजल | Tagged | Leave a comment

कविता : संबिधान

~निर्मला अवस्थी~ संबिधान किन लेख्ने? कसले लेख्छ? संभव भए सम्म सबै देश विदेश घुम्ने बिहानको समयमा हावा खान डुल्ने धाम धुम जसरी नि पैसा कमाउने

Posted in कविता | Tagged | Leave a comment

गजल : माया गरे हुन्थ्यो

~निर्मला अवस्थी~ मैले जस्तै तिमीले पनि माया गरे हुन्थ्यो कहिले काहीं साँझपख बेसी झरे हुन्थ्यो।। स्थीर छैन यो मनलाई कति डुलाई राखु त्यो मन पनि बरु अब यतै सरे हुन्थ्यो।।

Posted in गजल | Tagged | Leave a comment

गजल : छोड्न मन लागोस

~निर्मला अवस्थी~ आफै ठूलो हुने बानी छोड्न मन लागोस घात गर्ने अहम् पनि तोड्न मन लागोस।। तेरो मेरो भनी सधै भाग भण्डा गर्ने साघुरो यो मनलाई मोड्न मन लागोस ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : रातो गुलाव रोपेकी छु

~निर्मला अवस्थी~ तिम्रो जीवनको हरेक पलमा खुशिहरु भरिदिन तिम्रा हरेक सुकार्यमा सफलताले चुमिदिन धेरै धेरै शभकामना साचेंकी छु नयां वर्षमा तिमीलाई दिन रातो गुलाव आफनै बगैचामा रोपेकी छु। जूनसंग अलिकति शितलता लिएकी छु

Posted in कविता | Tagged | Leave a comment

गजल : राम खोज्दै छु म

~निर्मला अवस्थी~ आजभोली साँझ-बिहान राम खोज्दै छु म जीवनको रथ हाँक्ने श्याम खोज्दै छु म।। पाप धर्म के के गरें कता बढी भयो बहीखाता भित्र आफ्नो नाम खोज्दै छु म।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सुरुवाल लाको भए आह!!

~निर्मला अवस्थी~ धोती चोलो दौरा सुरुवाल लाको भए आह!! देशकै पहिरन लगाएर गाको भए आहा!।। कति खुशी हुन्थ्यौ मन सबलाई उस्तै देख्दा यो देशको गौरब बढन पाको भए आहा!।।

Posted in गजल | Tagged | Leave a comment

कविता : दलहरुका कुरा

~निर्मला अवस्थी~ कांग्रेसीको बानी त्यस्तै बसी कुरा काट्ने मात्र काम केही गर्ने होइनन् ठूला भाषण छाँट्ने मात्र।। आफ्नो हुती केही छैन अरुसंग ठ्याक्क मिली कहिले यता कहिले उता एमाले चै चाट्ने मात्र।।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : भाइचाराको नाता

~निर्मला अवस्थी~ जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।। सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।।

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : टाढा भई बसेकी छु

~निर्मला अवस्थी~ धेरै पटक तिमीसंग टाढा भई बसेकी छु तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।। यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : आमा

~निर्मला अवस्थी~ तिम्रो काखको न्यानो माया जोगाइराकेकी छु तिम्रै ममता ह्रदयमा सांची राखेकी छु कति अर्ति दिन्थ्यौ जीवन सहज बनाउनलाई सुख शान्तिसंग आफ्नो जीवन विताउनलाई। विर्सिन्न नि कहिले पनि त्यो मायाको फेरो आमा तिमी संसारकै प्रिय वस्तु मेरो

Posted in कविता | Tagged | Leave a comment