Tag Archives: nepali literature

कविता : मेरो निमित्त यो संसार ठूलो छ

~वासु शशी~ मेरो निमित्त यो संसार ठूलो छ त्यसैले म एउटा घर बनाउँछु । यो सानो शरीरले यत्रो विशालतालाई कसरी सहोस । यो एउटा मनले

Posted in कविता | Tagged | Leave a comment

कविता : अवतार

~प्रकाश सायमी~ कुनै दिन तिमी मुसा थियौ, त्यो पहिलो सत्य थियो पछि तिमीले मुसाको मासु खान बिरालो भयौ … स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो तिमीले रूप फेरेर कुकुर भयौ … कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ फेरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : कोको राजा र चोखो फूल

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले कोको नामक एक तामाङ राजा थिए । उनी बुद्ध धर्मावलम्बी थिए । त्यसैले हरेक साँझ-बिहान आफ्ना आराध्य त्रिदेवका सामु चोखो पानी चढाई धुप-बत्तीहरू बाल्दथे । तर आफूले चढाएको पानी माछाले बिटुलो पारेको … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गीत : रानी तलाउ किनारा

~रवीन्द्र शाह~ रानी तलाउ किनारा चम्की रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा चम्की रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ई सलाईका काँटीहरू

~प्रकाश सायमी~ बट्टामा थुनिएर अँध्यारोमा लुकेर लामबद्ध भएर सलाम पर्खेर कैद यातना सहेर बसेका एउटै वेशमा एउटै देशमा एउटै मुद्रामा एउटै मुद्दामा सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : एक फेर हाँसेर बोलिदिए पो

~रवीन्द्र शाह~ केटा- एक फेर हाँसेर बोलिदिए पो यो दिल दिनेछु राखिदिए पो केटी- म त तिम्रै हुँ नि किन रोएको छातीमुनि तिम्रै तस्वीर लुकाइराखेको केटा- कोइलीको मीठो बोली सुनिदेऊ आज एकैफेर चिम्लिदेऊ नजरको लाज

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कुनै एउटा यस्तो दिन

~प्रकाश सायमी~ घामसँग बोलेर हामी कविता पढ्दैछौँ घामसँग खेलेर हामी कविता लेख्दैछौँ घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ घामसँग हाम्रो साइनो छ, कविताको । घाम पर्खालमाथि चढ्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने

~वासु शशी~ यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने अधिकार छ भने देऊ पृथ्वीका प्रत्येक भविष्यलाई म सपनाबाट औंलाहरूमा उतारिदिनेछु त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी हिरोशिमाहरूमा गएर फुटने छैनन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ

~वासु शशी~ म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै यो अवश्य धरतीमा हराएर जानेछ, मभित्र सुकेर जानेछ । चाहे म झलमल्ल उज्यालो पारेर राखूँ चाहे चिम्झिरहूँ

Posted in कविता | Tagged | Leave a comment

गीत : कुखुरा बास्यो बिहानी हाँस्यो

~रवीन्द्र शाह~ कुखुरा बास्यो बिहानी हाँस्यो फेरि प्रीति लाउँछ्यौ कि लाउँदिनौ ? फूल फुल्यो बासना चल्यो फेरि माया आउँछ्यौ कि आउँदिनौ ? लेक बेँसी ढाकिहाल्यो लहराले आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमी हाँसे

~विजय मल्ल~ प्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ-पाइन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई देखेको समय

~प्रकाश सायमी~ तिमीलाई देखेको समय मभित्र मौन उज्यालो खस्छ अथाह वेग लिएर तिमी समक्ष मेरो सामुद्रिक मनले कविताको भूगोल बनाउँछ यत्र तत्र । चूपचाप तिमी कतै चूपचाप म कतै

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा

~भुवन ढुङ्गाना~ आत्मबोधको पीडाले अचेत एक मध्याह्रनमा पीडा म तिमीसँगै सुतेकी थिएँ कतै लाग्यो पीडा खुर्केर बोक्रा ताछेर पहेँला आलुसरह

Posted in कविता | Tagged | Leave a comment

कथा : च्याटको मान्छे

~सन्ध्या आचार्य~ “जीवन साँच्चिकै गहिरो छ नि हौ!” अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता । “आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !’ म लेखिदिन्छु, – ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि’, पनि थपिदिन्छु । “म केही हदसम्म उसको अतितसँग परिचित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

 निबन्ध : सन्काहा युवा 

~अन्वेश राई थुलुङ्ग~  आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले ऊ अझ आन्दोलित भएर … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : नयाँ युग

~मनोज न्यौपाने~ सन् ४०५६ ईर्वाइन ”अहो ! कस्तो गर्मी भएको त ? पोहोर त यती धेरै गर्मी भएको जस्तो लाग्दैनथ्यो भन्या ।” दुईजना बसिरहेका थिए कंक्रिटले बनेको प्रतिक्षालयमा । तिनै दुईजना मध्ये एउटाको आवाज थियो त्यो । अर्को एकजना नबोलेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : आधुनिक नेपाली कविता र कवि : एक चर्चा

~शरद प्रधान~ आधुनिक नेपाली कवितालाई सर्वेक्षण गर्दा यसको इतिहास विस्तृत पाउँदैनौं । तर यस लेखको उद्देश्य आधुनिक नेपाली काव्यको इतिहासलाई केलाउनु होइन आधुनिक नेपाली कवि र उनीहरुको काव्य प्रवृतिलाई चर्चा गर्नु हो । चर्चा गर्नु पूर्व म आधुनिकताको परिचय दिन चाहन्छु । आधुनिकता व्यापक अर्थमा आर्थिक, सामाजिक राजनैतिक र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : शङ्का

~दीक्षा भट्ट~ मैले माने असफलताका सिद्धान्तहरूको पहिलो परिक्षण ममाथि गरेर नै सफल भएको थियो तर

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्ति

~दीक्षा भट्ट~ कैदीहरू त छन् यो संसारमा ! स्वतन्त्र को छ र यहाँ ? घर कहाँ छन् ? यी सबै त कारागार होइनन् र ? दुर्भाग्य भनौं वा सौभाग्य, जहाँ म कैद भएको छु त्यहाँ न झ्याल छ न ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्चलाइट

~कृति अधिकारी~ मस्त निदाएको बेला कसैले उचालेरै पछारे पनि पत्तो नपाउने देवी त्यस दिन आफ्नो कोठामा कसैले ‘खासखुस’ गरेको आभासले ब्यूँझी । खुट्टापट्टिको सिरकमुनिबाट चिसो पस्नुको साथै अब मुटुको वेग पनि थामिनै नसकिने गरी ढुकढुक गरिरहेको थियो । जस्तै गर्मीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

भोजपुरी पौराणिक कथा : बसन्त पञ्चमी

~वीरेन्द्र कानु~ माघ शुक्ल पञ्चमीके दिनके बसन्त पञ्चमी कहलजाला । इ दिनके वाणीपूजा, वागीश्वरी पूजा तथा सरस्वती पूजनोत्सवके रूपमे मनावलजाला । इहे दिन रतिकाम महोत्सव, आम्रमञ्जरी भक्षण महोत्सव तथा लेखनी पूजन महोत्सव भि विभिन्न जगहमे मनावल गइल मिलेला । हमनीके … Continue reading

Posted in भोजपुरी कथा | Tagged , , | Leave a comment

कविता : बिझाउने आशा

~ममता मृगतृष्णा~ हाँस्दा हाँस्दै मुख छोपेर रुन मन लाग्छ | लाग्छ रोएर सारा चोट बगाई दिउँ| तर जति रुन्छु चोट माथी लागेका खिया मेटिदै जान्छन्, अनि

Posted in कविता | Tagged | Leave a comment

शोधपत्र : मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन

~नीलकण्ठ पोखरेल~ मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समितिको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र शोधार्थी नीलकण्ठ पोखरेल रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, काठमाडौँ २०६७ मन्तब्य त्रिभुवन विश्वविद्यालय … Continue reading

Posted in Misc | Tagged , | Leave a comment

कविता : मेरो अनुहार

~प्रकाश सायमी~ मेरो अनुहार मेरो भएर पनि मेरो होइन यो रगतको प्रतिविम्ब मात्र हो । मेरो गीत मेरो भएर पनि मेरो हुन सकेन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : माया गयो झन पर पर

~रवीन्द्र शाह~ माया गयो झन पर पर नौ डाँडा काटेर कुन घर नौ डाँडा काटेर कुन घर माया गयो झन पर पर ृजाने गयो परदेश तिर माया साथै लिएर गएने…२ बाँचु भने खातिर कसको अब उनको भरोसै रहेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

भेरी अञ्चलको लोककथा : भालु आइमाई

~संकलन: करुणाकर वैद्य~ एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे । त्यसै गाउँमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

गीत : मागेर पाइन्न माया खोसेर पाइँदैन

~भीम विराग~ मागेर पाइन्न माया खोसेर पाइँदैन व्यापार हैन माया किनेर पाइँदैन छ मिल्ने प्रयत्न जारी उज्यालो अँध्यारोको अनायास पाइन्छ माया प्रयासले पाइँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हृदयभरिको मेरो शुभकामना तिमीलाई

~किरण खरेल~ हृदयभरिको मेरो हृदयभरिको मेरो शुभकामना तिमीलाई मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच म तिम्रो आँशु लिन्छु तिमी सुखसँग हाँस हृदयभरिको मेरो हिजोको दिन बितिसक्यो हिजो त एक कहाँनी हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रूख माथि माथि जाँदा जाँदा

~वासु शशी~ रूख माथि माथि जाँदा जाँदा निहुरन्छ ! माथि गएर सब थोक हेर्ने उसको इच्छाका पातहरू फतफति मर्छन् ! जाँदा जाँदा ऊ जान्दछ कि जान सकिन्न !

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख एकपल्ट निस्कन्छ धरतीबाट

~वासु शशी~ रूख एक पल्ट निस्कन्छ धरतीबाट र सदाका लागि बाहिर पर्छ ! पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ बाहिर के भइरहेछ हेर्न ! सँगसँगै आफूलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : भुलक्कड परिवेश

~कणाद महर्षि~ आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ। सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment