Tag Archives: Nabin Bibhas

पुस्तक अंश : रोल्पा सुइना: युद्धको ऐना

~नवीन विभास~ प्रोलग कमरेडहरू, मलाई माफ गर्नू है ! गरिबका दिन नल्याई फर्किन्नँ भनेर छड्केधुरीमा ढुंगा मन्साएर जनयुद्धमा हिँडेकी थिएँ, गरिखाम्ला कि मरिजाम्ला भन्ने कसम खाएर ।  तर अहिले ? आफ्नै वाचाको मलामी बनी गाउँ फर्केर कसरी मुख देखाम्ला ? … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : ‘रात पनि ऐंठन परेको रातमा’ नियाल्दा

~गणेश ओली~ नेपाली प्रगतिवादी साहित्यका फाँटमा नवीन विभाष नौलो नाम होइन । नेपालमा रुकुम–रोल्पाका सर्वहारा जनताले जनयुद्धको नेतृत्व गरेर मुक्तियुद्ध लडिरहेका बेला युवा रोल्पाली ठीटो नवीन विभाष तिनै जनताको दुःखसुख, रोदन, पीडा संकलन गरेर कलमका माध्यमबाट जनयुद्धको एउटा मोर्चा समालिरहेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

कथा : खुशमान थारु

~नवीन विभास~ न भत्कन सकेको, न सप्रन सकेको एउटा छाप्रो । नुन बोक्न हिडेका हटारु अभरमा बस्ने ‘हाट’को बासजस्तो । जिन्दगी कमैयामै बिताए उनले । कति वर्ष ? उनीसँग हिसाबकिताब छैन । आफू कमैया बसेका जिम्दारका नाउँसमेत सम्झना छैन । जति जिम्दार फेरिए, उति फेरिएका उनका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : गुगल सर्च गर्दै

~नवीन विभास~ बारी पनि बाझा छन् । बाझा छन्, आलु लाउने खोर्रे पनि । मनबारीका के कुरा । गाउँमा अचेल यस्ता समाचारचाहिं सुनिन्छ: फलानो हिजो मात्र अरबबाट आइपुगे गाउँमा वा आइपुगे बाकसमा । सुनिन्छ, फलानोको अरब उड्ने पखेटा पलाएछ । फलानो तीन बर्ष बढाएर नागरिकता … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~ ‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : काँडा

~नवीन विभास~ सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : अफलाइनमा कमरेड

~नवीन विभास~ फेसबुक लग इन गरेँ । हत्त न पत्त खोजेँ, अनलाइनमा छन् कि भनेर । रहेनछन् । अफलाइन म्यासेज आएको छ कि भनेर इनबक्स खोलेँ । थिएन । उनको फ्रेन्डलिस्टमा भएजतिलाई मेसेज गरेँ । कतैबाट रिप्लाई आएन । जहाँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्