Tag Archives: मोतिराम भट्ट – Motiram Bhatta

गजल : मन् हर्न लागे

~मोतिराम भट्ट~ इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे

Posted in गजल | Tagged | Leave a comment

कविता : मनोद्वेगप्रवाह

~मोतिराम भट्ट~ यसरि मकन तिम्ले बिर्सनू धन्य छाती । अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।। कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर । न त रहनु नजानू क्या पर्योर आज अक्कर ।। जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : हजार पटक कती समझाउनु

~मोतिराम भट्ट~ दिनको पचास त के हजार पटक कती समझाउनु । म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू ।। रिसमा थियौ कि खुशी थियौ मत केही जान्दिन के थियौ । कि यसो थियौ कि उसो थियौ मनमा कसोरि बुझाउनू … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : न यता भएँ न उता भएँ

~मोतिराम भट्ट~ यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ, नत मन् लियें नत दीदियें न यता भएँ न उता भएँ । नत होस् वासकि राखियो नत फूलको रस चाखियो, नत याद भो नत स्वाद भो, न … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जालमा फस्नु न हो

~मोतीराम भट्ट~ यस बखतमा प्रित गर्नु जालमा फस्नु न हो आशमा पर्नु त चोखो धारमा बस्नु न हो ।। हेर्दैमा मन पनि हजार टुक्रा भईदिने शान गर्नु कटारी छातीमा धस्नु न हो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरा नजर्मा राम प्यारा छन्

~मोतिराम भट्ट~ यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन् उता हेर्‍यो उतै मेरा नजर्मा राम प्यारा छन् । यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा जता हेर्‍यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लायक् कहाँ छू

~मोतिराम भट्ट~ म तिम्रा अघी पर्न लायक् कहाँ छू, यसैले अघी सर्न लायक् कहाँ छू ।।१।। हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू, बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।।२।।

Posted in गजल | Tagged | Leave a comment

कविता : सरकार पो किन चाहियो ?

~मोतीराम भट्ट~ दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ सम्म्को आँट

~मोतीराम भट्ट~ कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे

Posted in कविता | Tagged | Leave a comment