Tag Archives: Mohanraj Sharma ‘MoRaSh’

यौनकथा : विराग

~मोहनराज शर्मा~ यो कथा मिश्रीलाल र चिनीमायाको हो । त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर टाँस्ने उर्दी

~मोहनराज शर्मा~ आखिरमा म पनि पुच्छर किन्न बजारतिर दौडिन्छु र आफ्ना लागि एकथान पुच्छर किनेर ढुक्क बन्छु । नकिनेर के गर्नु, कुरै त्यस्तो छ । अहिले देशमा पुच्छर नहुने मानिस दुच्छर कहलाउने र हदैसम्मको हन्डर खानु पर्ने खण्ड आएको छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : सफल निबन्ध लेख्दा हेक्का राख्नु पर्ने छवटा बुँदा

~मोहनराज शर्मा~ सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ : १) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव … Continue reading

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली उपन्यासमा नवीन प्रयोग

~हरि अधिकारी~ आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : लघुकथा लेख्दा हेक्का राख्नु पर्ने विशेष कुरा

~मोहनराज शर्मा~ साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : निबन्धको वर्गीकरण, प्रकार र भेदहरू

~मोहनराज शर्मा~ निबन्धको वर्गीकरण ‘साहित्यिक’ र ‘साहित्येतर’ गरी दुई वर्गमा गरिन्छ । साहित्यिक निबन्धको मुख्य पहिचान ‘निजात्मक, अनुभूतिपरक, कल्पनाप्रधान र विशिष्ट भाषिक प्रयोगयुक्त’ हुनु हो भने साहित्येतर निबन्धको प्रमुख पहिचान ‘वस्तुगत, ज्ञानमूलक, न्यून काल्पनिक र मानक/सामान्य भाषिक प्रयोगयुक्त’ हुनु हो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : हास्यव्यङ्ग्यको स्वादिलो ‘चड्कन’

~मोहनराज शर्मा~ हरिकला अड्बाङ्गे घोडा कुदाउने बिछट्टकी घोडचढी हुन् । यिनी कहिले पिठ्यूँमा गजक्क बसेर, कहिले कोखातिर लरक्क लर्केर, कहिले पेटमुनि लिपिस्सै टाँसिएर अनि कहिले पुच्छरमा तुर्लुङ्ग झुन्डिएर घोडा हाँक्ने काम गर्छिन् । ‘अड्बाङ्गे घोडा’ अमिल्दो र अप्ठ्यारो हुन्छ । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : द्वन्द्वको सफल चित्रण कसरी गर्ने : केही सूत्र

~मोहनराज शर्मा~ द्वन्द्व कहाँ हुन्छ ? द्वन्द्व कृतिको कथानकमा हुन्छ । कथानकको निर्माण घटनाहरूको विन्यासद्वारा गरिन्छ भने तिनै घटनाहरूमा द्वन्द्वको बीजारोपण गरी सङ्घर्षलाई पराकाष्ठासम्म पु-याइन्छ । घटना स्वयं होइन पात्रका माध्यमबाट घटित हुने हुँदा चरित्रमा पनि द्वन्द्व हुन्छ, तर विन्यस्त … Continue reading

Posted in लेख | Tagged | Leave a comment

लेख : सफल शीर्षक कसरी राख्ने : केही सूत्र

~मोहनराज शर्मा~ कुनै कृतिको नामलाई शीर्षक भनिन्छ । प्रत्येक कृतिका माथ वा शीर्षमा रहने यो अङ्ग ज्यादै महत्त्वपूर्ण हुन्छ । शीर्षकलाई आधा रचना नै मानिने हुँदा लेखकले शीर्षकद्वारा आफ्ना कृतिको नामकरण खुबै सोचविचारका साथ गर्नु पर्छ । शीर्षक आकर्षक हुनु … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : गिदी कीरा

~मोहनराज शर्मा~ बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका

~मोहनराज शर्मा~ १. विषयप्रवेश : सांस्कृतिक रूपान्तरणको आवश्यकता यस युगको वर्तमान समयमा पनि डरलाग्दो आतङ्कवादको बिगबिगी कायमै छ । जहींतहीं अवाञ्छित हमला, हिंसा र युद्धको कालो छाया फिंजिएको छ । वातावरणमा आणविक तथा जैविक शस्त्रास्त्रको सन्त्रास व्याप्त छ । उर्लदो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘इच्छुक–बकपत्र’लाई नियाल्दा

~मोहनराज शर्मा~ नन्दलाल आचार्य (२०३०) मोफसलमा साधनारत युवा साहित्यिक प्रतिभा हुन् । उनको जन्म उदयपुरमा भए पनि उनले राजविराजलाई कर्म थलो बनाएका छन् । उनी राजविराजमै रहेर शिक्षण र साहित्यलेखन दुवै गर्छन् । शिक्षण उनको पेसा हो भने साहित्यसिर्जना उनको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सात नम्बर बेन्च

~मोहनराज शर्मा~ घडीले दस बजाएपछि ऊ ढल्किँदैढल्किँदै आएर सात नम्बरको बेन्चमा बस्यो । सार्वजनिक थलो ‘खुला उद्यान’को त्यो बेन्च पनि सार्वजनिक नै थियो । त्यहाँ भुइँमा खुट्टो गाडेर अड्याइएका अरू पनि थुप्रै बेन्च थिए । खुला उद्यानको विशाल हातावरिपरि पसलैपसल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : वर्णविन्यासको एकरूपता

~मोहनराज शर्मा~ नेपाली वर्णविन्यासका क्षेत्रमा मैले देखेको सर्वप्रमुख समस्या एउटा मात्र छ । त्यो समस्या के हो भने वर्णविन्यासका सम्बन्धमा देखापरेका मतमतान्तरको समन्वय गर्ने र त्यसको कार्यान्वयन एवं अनुगमनमा लाग्ने उच्च भाषिक निकाय वा केन्द्रीय एकाइको अभाव छ । यहाँ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment