Tag Archives: Mitramani Acharya

कविता : विषमता

~मित्रमणि आचार्य~ एक्लै सोच्दैछु/योजना कोर्दैछु कसरी बाँच्ने, कसरी रहने? हिजो मात्र/रमेश पक्डियो रे…। रोएको अपराधमा/आफ्नो छोरो मरेको शोकमा आफ्नो परिवारलाई साथ दिएकोमा। हिजो ऊ हाँस्नुपर्थ्यो रे ! किन भने, त्यस देशको शासकको छोरो जन्मिएको रे !

Posted in कविता | Tagged | Leave a comment