Tag Archives: Mishra Baijayanti

कविता : आमा, सपना र म

~मिश्र वैजयन्ती ~ पल्लो कुइनेटोमा छिन् मेरी आमा थोरै देखिएको छ उनको अनुहार मैले पुग्नु छ आमासम्म । तिनै आमाको आधार पाएर मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ मेरा दुई पाइतालामा गौरव गर्छु, आमाको काखमै थिगिराउन सिकें जीउलाई मेरो शिरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~ नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : विष्णुमाया अर्थात् विष्णुमायाहरु

~मिश्र वैजयन्ती~ श्रम खेपेर पेटको विष मार्ने हँसमुख सावित्री हो विष्णुमाया साँझबिहानको अँध्यारोभित्रबाट जीवनको उज्यालो उद्घोष गर्ने गौरवको चुली हो विष्णुमाया काम गर्नुपर्छ उसले नै गर्नुपर्छ भान्सा , चोटा, कोठा र जुठेल्नासम्म उसैले उठ्नु र निहुरिनुपर्छ , निहुँरिँदा झुक्नुको अर्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अर्को घाम

~मिश्र वैजयन्ती~ ‘तैँले यही घेरोभित्र हिँड्नू’ विशिष्ट वस्त्र लगाएका मानवले भनेपछि तलवितल गरिरहेको मैले आफनो बाटो भेटेँ भन्ने भएको थियो । आजसम्म म साँच्चै नै गलत बाटोमा थिएँ अथवा जुनसुकै बाटोमा हिँड्दै थिएँ हूँला त्यसबेलासम्म । मेरा पाइताला मेरा यात्राका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनीहरु पात्र होइनन्

~मिश्र वैजयन्ती~ घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे । ‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनाहरूमा टेकेर

~मिश्र वैजयन्ती~ सम्पूर्ण इतिहासलाई तमसुकमा सहीछाप गरिदिएर एउटा मक्किएको छातीलाई लिएर पहेँलो उमेरमा उभिए उनी, उभिएका थिए जहाँ उनका पुर्खाहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी बगिरहेको छ

~मिश्र वैजयन्ती~ म्युजियम बोकेर उभिएको उज्यालो रोक्ने तक्मा नक्सा बिग्रेर उभिएको नाक र लुगा फ्याँकेर स्वतन्त्र भएको मेरो युग ! आशिर्वादजस्तो बाँचेको शोक र वरदानजस्तो बाँचेको समय ! को सक्छ सुस्ताउन आफ्नै चिताको आगो तापेर उपत्यका साँघुरिँदै गएको दसगजाभित्रको मानचित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~मिश्र वैजयन्ती~ फूल- बोटमै फुलिरहन दिनु कि, जीवनका उत्तापलाई छुन दिनु अर्थको बोध साँघुरो बासनाको ओतमा लत्रक्क नुहिएर घाममा भ्रममा उडेका उडनतस्तरी भएर

Posted in कविता | Tagged | Leave a comment