Tag Archives: Mira Prasai Sharma

लघुकथा : कथित समाजसेवी

~मीरा प्रसाईं~ ‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ?  धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कथा : लज्जा

~मीरा प्रसाईं~ अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए । ब्यस्तताको बाबजुद थकित र गलित भए पनि … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : माटोको चित्कार

~मिरा प्रसाई शर्मा~ रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले मात्रीवात्सल्य च्वास्स च्वास्स घोच्यो । विश्वाश दुर्घटित भएर मेरो देशको माटो आशुमा लपेटिएकोछ । शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर बगाई रहेकोछ मेरो देश् निरन्तर् म भित्रको मात्रीत्वको निर्मम … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : आमाको याद

~मिरा प्रसाई शर्मा~ यो साल गयो अर्को साल म त आउछु आमा तिम्रो च्यादर चोली टाल्न चाडै आउछु आमा | दोकाने बज्यै नयाँ साल फरिया चोली फेर्दिहुन तिमीलाई नि त्यसै गर्न लाग्ला नि रहर आमा

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : देश

~मिरा प्रसाई शर्मा~ जहाँ मेरो प्रण प्यारो नेपालको गोर्खाली स्वाभीमान खोसिएको छ त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ | जहाँ मेरो देस खोक्रो बनायिदै छ त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल: नारीहरु

~मिरा प्रसाई शर्मा~ ए!नारीहरु हो जुटौ अब अस्तित्वको खोजी गर्न सनातन बस्ती भित्र समानताको बिज छर्न | मादक योउबनलाई थुनौ आफ्नै मन पिन्जडा भित्र समानताको सँघर्समा हातेमालो गर्न |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : लाज लाग्छ मलाई

~मिरा प्रसाई शर्मा~ घुम्टो मेरो नउघार उत्सब लाज लाग्छ मलाई नछोउ सुस्तरी खै के के हुन्छ मलाई | प्रेममये चन्चलतमा मुटु सुस्तरी चल्दा नजुधाउ भो आँखा सरम लाग्छ मलाई |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : त्यसैले त रोएँ

~मिरा प्रसाई शर्मा~ दैबले नै घाऊ दियो त्यसैले त रोएँ नेपथ्य बाटै खुशी लुट्यो त्यसैले त रोएँ | बिना कसुर बिना उमेर लाग्यो मेरो जिन्दगी आँफै सामु आफ्नै सिर झुक्यो त्यसैले त रोएँ |

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : मेरो मृत्यु

~मिरा प्रसाई शर्मा~ तिमी पुन आयेउ भने मेरो इतिहासलाई पोत्न मनको दरबार खुल्लैछ स्वागतार्थ तिमीलाई हुनेछन रङ्ग उप्केका भित्ते आकृतिहरु तिम्रा लागि पोतेका भावनारुपी क्यानभासका स्केचहरु |

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : यौवन

~मिरा प्रसाई शर्मा~ नसालु यौवन बोकेर आएँ लज्जाको घुम्टो ओढेर आएँ | फक्रेको तिम्रो जवानी देखी यौवनको प्यास मेटाउन आएँ |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : पुग्छ मलाई

~मिरा प्रसाई शर्मा~ जुन सरि चम्की रहनु तिमि पुग्छ मलाई म खुसि दिउला तिमि हासी दिए पुग्छ मलाई | मा रोप्छु खुसि रुपसी तिमि मात्र फुलिदेउ बिहानीको आगतमा फक्रि दिए पुग्छ मलाई |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : कृष्ण

~मिरा प्रसाई शर्मा~ मेरालागि पबित्र तिर्थ स्थल भएउ प्रिय तिमि निजि मेरो मनमन्दिरको काले कृष्ण भएउ तिमि | तिम्लाई देखेपछी प्रिय पाउनै पर्ने भयो मैले मेरो मनमा क्यानभासको स्केच भएउ तिमि |

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : कोख

~मिरा प्रसाई शर्मा~ अध्यारो सन्नाटा भित्र सान्तिले पिरोलिरहेको समयसँग फगत मनले प्रस्न गर्‍यो आमा ! कहिले जन्मन्छ सपुत ? आमा स्तब्ध बनेर टोलाई रहिन टाढा क्षितिज सम्म कोखको आगतलाई पर्खि रहिन

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : कुमार कान्छा

~मिरा प्रसाई शर्मा~ स्वरका धनि कुमार कान्छा मरेर जादैनौ सम्झना फगत छोडेर तिमि बिलाई जादैनौ | ढुकढुकीमाझ सबैको प्रिय बनि रहनेछौ अमर हुनेछौ तिमि सांगीतिक फेवातालमा, बाध तोडेर जादैनौ |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : यथार्थ

~मिरा प्रसाई शर्मा~ कस्ले देखछ सडक छापको भोको पेटलाई अबेर भयो लुकाउन धन सम्पत्तिलाई | बलिया र धन वालाको राजायी अन्त्य भई चईन मिल्ने कहिले दरिद्र र निमुखलाई |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा | बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा रगतको खोलले धर्ती नै डुबाउने भो आमा |

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा | राम कृष्ण जन्म दिने यिनै मेरी आमा पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा |

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment