Tag Archives: Matrika Pokhrel

कविता : माटोको गन्ध

~मातृका पोखरेल~ यो माटोमा तिमी सँगसँगै मैले पनि भेटेको छु मेरा पुर्खाहरुको पसिनाको गन्ध । तिम्रै जिजुहरुले सुनाएका कथा हाम्रै हजुरबाले सुनाएको कथा हामीले सँगसँगै सुनेका थियौँ तिमीले बिर्सियौ कि के हो ? तिमीलाई याद हनु पर्छ अगेनाको डिलमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल्लीका मच्छरहरु

~मातृका पोखरेल~ उद्वेलित आगोका लप्काहरुको चेतना बोकेर हामी बारम्बार बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं तर प्रत्येक दिन मक्किएको सन्धीको ठूटोमा बास बसेर निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन् दिल्लीका मच्छरहरु । *** एक भाँडो उज्यालो बोकेर

Posted in कविता | Tagged | Leave a comment

कथा : कालो चश्मा

~मातृका पोखरेल~ बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुवाँ

~मातृका पोखरेल~ ‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो । ‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~ “म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई । “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म निदाएको छैन

~मातृका पोखरेल~ मोबाईलवाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुम्बासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँवाट प्राप्त भैसकेको थियो । “यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ ।” मैले सूचना पाउने वित्तिक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नक्कली हावा

~मातृका पोखरेल~ नक्कली हावाले किन पठाइरहेको छ आँधी आउने हल्ला र बगाइरहेको छ तातो हावा। कस्तै गर्मीमा पनि छालाले स्पर्श गर्दैन चिसो बतासको स्वाद नाकका पोराहरूमा

Posted in कविता | Tagged | Leave a comment

कथा : म यसरी फर्किएँ

~मातृका पोखरेल~ विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगें । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीे रातको एउटा कथा

~मातृका पोखरेल~ दसैंमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : घनश्याम ढकालको साँस्कृतिक उँचाईं

~मातृका पोखरेल~ नेपाली प्रगतिवादी साहित्य र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक योगदान दिइरहेकै बेलामा २०६८ साल फागुन १ गते मोटरसाइकल दुर्घटनामा परेर वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकालको असामायिक निधन भयो । संगठनमा उहाँको सक्रियता, साहित्य लेखनमा निरन्तरता, माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उहाँको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सपनाहरुको खोजी

~मातृका पोखरेल~ ‘ऊ त्यही ठाउँ हो पाल्सिङ र ऊ त्यो पूर्वतिरको डाँडो चाहिँ बड्डाँडा हो ।’ बेतिनीबाट ओरालो झर्दै गर्दा क. विकलले औंलाले देखायो । कमरेड सुदीपले यस ठाउँको बारेमा हिजो मात्रै बाटोमा कमरेड विकलबाट धेरै कुरा सुनेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड पाताल

~मातृका पोखरेल~ शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहासको चिहानमाथि उभिएर

~मातृका पोखरेल~ सदरमुकाम गाईघाटबाट केन्द्राध्यक्ष तोकिएको पत्र बुझेर उही दिन साँझमा म उदयपुरगढी आइपुगेको थिएँ । उदयपुरगढी मेरा लागि कुनै नौलो ठाउँ थिएन । उदयपुरको रूपाटारमा घर भएको हुनाले सानै उमेरमा नून बोक्न दुईचार पटक बाबुको पछि लागेर यही बाटो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडल

~मातृका पोखरेल~ ‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरु रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरुबाट काठमाडौं सहरतिर पसेर जागिर खाएका साथीहरुमध्ये केही साथीहरुले रामप्रसाद आचार्यको बाटो पछ््याए । अर्थात् उनीहरु पनि रामप्रसाद आचार्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किएको घरनेर

~मातृका पोखरेल~ आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता संग्रह : अनुहारहरू

~मातृका पोखरेल~   अनुहारहरू (कवितासङ्ग्रह) मातृका पोखरेल प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग २०६४ कृति अनुहारहरू (कविता सङ्ग्रह) संस्करण पहिलो प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग प्रकाशन २०६४ आवरण प्रोल्लास सिन्धुलीय मूल्य ५०/– मुद्रण जनसेवा अफसेट प्रेस, बागलुङ्ग फोन नं. ०६८–५२०२०१ ISBN … Continue reading

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता संग्रह : यात्राको एउटा दृश्य

~मातृका पोखरेल~ मातृका पोखरेल विवेक सिर्जनशील प्रकाशन प्रा.लि. कृति ः यात्राको एउटा दृश्य विधा ः कवितासङ्ग्रह लेखक ः मातृका पोखरेल प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि. अनामनगर, काठमाडौँ, फोन ४७७१७०४ प्रकाशित प्रति एघार सय प्रकाशन ः पुस, २०६० आवरण ः के.के. कर्माचार्य

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता संग्रह : सेतो दरबारको छेउबाट

~मातृका पोखरेल~ सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह) मातृका पोखरेल प्रकाशक

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

एउटा नयाँ यात्रा

~मातृका पोखरेल~ उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो झरेको रातो टाटोले पाथीभरा लेकको थुम्को छुन खोज्दैथियो । ऊ अघिअघि घर आएकी थिई, गाईबस्तुलाई पछाडि छाडेर । घाँसको भारी आँगनको डिलमा बिसाउन खोजी तर ठाउँ पाइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हरियो बत्ती

~मातृका पोख्रेल ~ आज विहानै रामनाथ आफ्नो पार्टी नेता क. अशोकको घरमा जरूरी पत्र पु¥याउन जाने तयारीमा छ । त्यसैले ऊ हरेक कामहरू चाँडै चाँडै सिध्याउँदै छ । आज अलि सबेरै उठ्यो । श्रीमती काममा गएकी छ, खाना आफैले बनायो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment