Tag Archives: Manu Lohorung Rai

गीत : एउटै मुटु थियो

~मनु लोहोरुङ राई~ माया गर्ने एउटै मुटु थियो साटें तिमीसँगै एउटै थियो सम्झिने मन त्यो नि साटें तिमीसँगै यो शरीर त मरेपछि आखिर माटो हुने नै हो बाँचुञ्जेल मैले माया गरी र’न्छु तिमीलाई

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : गधा जीवनको मुक्तिमार्ग

~मनु लोहरुङ राई~ रहरमा बाँच्नु पर्थ्यो जीवन- जिउनुलाई अल्झेको उझिन्डो बाध्यता- परान राख्न डाँडाल्नु भरी तरान छेस्को बोकेर “गधा”जीवन। अनमोल पसिनाका थोपाहरु बिनामोल बगेका छन्। आँशुका नहरहरु मिसिएर….. नियतीको चुटाईले “गधा”

Posted in कविता | Tagged , , , , | Leave a comment

मनु लोहोरुङ राईका छ हाइकुहरु

~मनु लोहोरुङ राई~ हिउँदे याम परदेशको घाम मनैमा शीत चिसो रातमा ओढेर यादहरु बिहानी कुर्दै

Posted in हाइकु | Tagged , , , | Leave a comment

कविता : फूल र मान्छे

~मनु लोहोरुङ राई~ अचेल मान्छेहरुले फूल मन पराउँदैनन् कि फूलले मान्छे मन पराउँदैनन् फूल र मान्छेबीचको वैमनश्यता बढेर अनगिन्ती मलामी विचारहरु जन्मिरहेछन्– एकोहोरो, त्यही एकोहोरो जन्मिएका विचारहरुको

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : मलाई बिर्सी गए पनि…

~मनु लोहोरुङ राई~ मलाई बिर्सी गए पनि तिमी टाढा भए पनि हरेक साँझ गोधूलीमा सम्झेकै छु तिमीलाई

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : लुङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर…

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : लुंङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर..

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अर्को हिटलरको जन्म

~मनु लोहोरुङ्~ भोक र शोकको सन्तापमा कहिले सम्म उभ्याउछौ ? उभ्याउ मलाई आकाश खस्दा सम्म उभ्याउ मलाई धर्ति फाट्दा सम्म किन कि, मेरा पुर्खाले हिम्मत हार्न जानेन, हरेसका धर्सा गनेन निधारमा नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच म बेत्ताल भएर यो … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अनन्त यात्राको शुरुवात

~मनु लोहोरुङ राई~ म दैव हुँ ! मूर्खहरुको भिडसंग डराउँछु, र लोचन उघारेर हतार हतार उक्लिन्छु हाँस्दै हाँस्दै म, आफ्नै घरको तलामाथि- किनकि मैले देख्नु छ | यो पृथ्वीको धरातल मैले नाप्नु छ, आकाशको आयतन- साँझ बिहान जीवन खेल्ने आँगन,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : रैकरी देखि रैथाने सम्म

~मनु लोहोरुङ राई~ बन्डलै बन्डल मायाको ठेली भित्र कतै एक पन्ना पहाडे कागजमा बाँसको कप्टेरोले लेखिएको ‘म’ऐलानी जग्गाको भरपाई हुँदो हुँ ! एक पुरानू खेस्रा, मेटिन लागेका रैकरी अक्षरहरुको अस्तित्व……’म’ An ancient ego. अब ! विस्तारै आधुनिक डिजिटल खबटाभित्र प्रवेश … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : मनको दह धमिलिंदा….

~मनु लोहोरुङ राई~ आङमाथि चर्को घाम, छातीभित्र छाँया मनको दह धमिलियो,सङ्लिएन माया थाहै नपाई दुईटा मुटु, जले कतिखेर ? धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर आफ्नै जीवन जलाउने, भयो आफ्नै छाँया

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : बेवारिसे भ्रुणको काव्यिक च्याँ-च्याँ

~मनु लोहोरुङ राई~ गुन्द्रुक जीवनको किनिमा दिमाग उत्तरआधुनिकताको तावामा भुटिएर अझै पनि परिस्थितिकै फ्राई म:म: वि/चिन्तनको विरुपक अहमताले रापिएको चिकनरोष्ट सभ्यताको नाममा कक्टेल विचारहरु लोकल ठर्रा र ह्विस्की रंगीला रम दर्शनको रेड लेवेल,ब्य्लाक लेवेल विमर्शमा ह्वास-ह्वास गनाई रहेछ।

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : काली भन्थ्यौ

~मनु लोहोरुङ राई~ मन खोली मेरो आँखा हेर काली भन्थ्यौ। तिमी फूल बगैँचाको म त माली भन्थ्यौ। मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : घाउ टाल्छु अब

~मनु लोहोरुङ राई~ आँशु रोकी वेदनाको, घाउ टाल्छु अब ! चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब ! अन्यायले थिचिएको,पसिनाको न्याय खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : मलाला युसुफजाइलाई अनुरोध

~मनु लोहोरुङ्~ ओ मलाला ! तिम्रो स्वाट भ्याल्ली भन्दा नि युगौं देखि स्वातन्त्र मेरो गाउँमा तिमी जन्मिऊ न एक पटक, तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा अझै बढी महत्वको हुने थियो त्यो, ओ मलाला !

Posted in कविता | Tagged , , , , | Leave a comment

मनु लोहोरुङ राईका ३ तङ्काहरु

~मनु लोहोरुङ राई~ आउछौ भने आऊ ! खेलौं हामी नि लाठी र मुंग्री मारे या मरे शहीद- देशकै लागि त हो | ——————————

Posted in तङ्का | Tagged , , , | Leave a comment

कविता : प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ प्रिय अनुराग ! अदृश्यबोध यो धरातलमा शून्य की अर्धचेतमा रुमलिंदा संसार चिन्ने तिम्रो आँखा दियौ। त्यसैले अचेल मैले संसार देख्दैछु। समताको इन्द्रेणी देख्दैछु। हो,तिम्रै मायाको सुगन्धले यो राज्य भरि समाबेशी- फूलहरुको कथा लेख्दैछु। जन्म र मृत्‍यु क्षणिक … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : भो अब म, प्रेमको कविता लेख्दिन

~मनु लोहोरुङ राई~ भो अब म, प्रेमको कविता लेख्दिन आफूसंगै हिड्ने छायाँ हेर्दा हेर्दै विलाए जस्तै भूमि छोडेर क्षितिज काटी उड्ने वायुयान जस्तै मिठो प्रेमराग मेरो हृदय नाघेर पअअर-पर पुगेछ | भो अब म, कुनै खुशीको गित गाउदिन

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : मेचीकाली जस्तो रैछ…..

~मनु लोहोरुङ राई~ मेची-काली जस्तै रै’छ, मानिसको जिवन पनि यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा खहरे झैं उर्लिएर, बग्दो रै’छ जीवन पनि

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गजल : तर बेग्लै परेको छु

~मनु लोहोरुङ राई~ घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु l छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु l सोचेको’थें मेरो लागि,तिमी जून उज्यालो हौ अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु l

Posted in गजल | Tagged , , , | Leave a comment

मनु लोहोरुङ राईका केही गेडीहरु

~मनु लोहोरुङ राई~ यो शहर छोडेर, फर्किदैछु गाँवैमा अभावको पिडा नि, पोख्छु आफ्नै ठाँवैमा जान्छु फर्केर पुरै वैंश एतै गो खेर ———————————– नेपालको नदीमा भारतको हैकम हाम्रै पानी खोसेर, छैनौ हामी के कम भन्छ मोराले

Posted in गेडी | Tagged , , , | Leave a comment

कविता : परिनिष्ठित मनको खोजी

~मनु लोहोरुङ राई~ अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो सिक्सिको जीवनको भित्रि-पत्रमा अड़ग मुटु फक्रिन्छ, रातम्य! मन-चरी उम्केर एकातिर भाग्दा विचरा ! खुट्टा चिप्लेर भाँडभैलो घुर्यानमा जाकिन्छ। सौम्य सभ्यताको खातिर हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर। आलिसान भवनको सिलिंगमुनि लेखिएका पहारा र छहराको … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : सँघारमा परेको दिन

~मनु लोहोरुङ राई~ घामको झुल्का पोखिएर सँघारमा परेको दिन । आमाको काख रित्याएर सडकैमा झरेको दिन । कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि, मनको आँखा तानी आमा मझेरीमा सरेको दिन ।

Posted in गजल | Tagged , , , | Leave a comment

मनु लोहोरुङ राईका १८ मुक्तकहरु

~मनु लोहोरुङ राई~ १ दु:खले खिपी छाएको, पाली राम्रो प्रेम भन्दा प्रेमले गरेको,गाली राम्रो कर्मशील र कर्मठ सबै बन्नै पर्छ साथी शुरुवाती हरबिहानको घाम-लाली राम्रो २ अल्पविराम भन्दा पनि पूर्णविराम धेरै भयो कामको खेती छोडी यहाँ आराम धेरै भयो इमान-धर्म … Continue reading

Posted in मुक्तक | Tagged , , , | Leave a comment

गीत : तिम्रो याद आउने बाटो…….

~मनु लोहोरुङ राई~ तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब कोरिएका बिगतहरु मेटी दिउँ कि अब । भेटिएर व्यर्थै रोग बल्झ्यो जिन्दगीमा सिङ्गो मुटु टुक्रिएर अल्झ्यो बन्दकीमा उकासेर लिलामीमा बेची दिउँ कि अब

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

मनु लोहोरुङ राईका ९ हाइकुहरु

~मनु लोहोरुङ राई~ १. अभागी फूल, भमरा बस्नु अघि भाँचियो हाँगा ! २. पूर्णेको जून खित्का छोडेर हाँस्दा अध्याँरो भाग्छ | ३. बैगुनी हावा उडायो पातहरु जंगलै नाङ्गो !

Posted in हाइकु | Tagged , , , | Leave a comment

गीत : सम्झनाको शीत खस्दा…………..

~मनु लोहोरुङ राई~ सम्झनाको शीत खस्दा, थापें मैले हात भरी। तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी। कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गजल : भन्दैछ देश बचाऊ

~मनु लोहोरुङ राई~ माग्दैछ एक अठोट,आफ्नै जगतले आज भन्दैछ देश बचाऊ, हाम्रै रगतले आज राष्ट्रको चिन्ह खुकुरी,आफ्नै गर्दनमा हेर ! थामेर राख्न सकेनौं,अन्धो मगजले आज

Posted in गजल | Tagged , , , | Leave a comment

मनु लोहोरुङ राईका हाइकुहरु

~मनु लोहोरुङ राई~ गोधूलि पर्दा आकृति तिम्रै हो साँझमा देखें |

Posted in हाइकु | Tagged , , , | Leave a comment

कविता : माटोको सम्झना

~मनु लोहोरुङ राई~ बुकी फूलेका ढिस्का र गुराँसे जंगलहरु स्मृतिबाट कसरी टाढा हुन्छन् र…? आधाउधी रहरका उच्छ्वांसहरु- जिन्दगी बाच्ने बहानामा सिमाना काटेर समुन्द्र छिचोलिंदैमा- सिमाना नाघ्नुभित्र अनेकमा एक र एकमा अनेक जीवन कथाहरु गाँसिदो छन् |

Posted in कविता | Tagged , , , , | Leave a comment

मनु लोहोरुङ राईका ३ मुक्तकहरु

~मनु लोहोरुङ राई~ १ मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ? छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ? जसो तसो जोगाएर राखेकै’थें सिङ्गै मुटु टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ? २ जिउने आधार एउटै मुटु, आधा लुटी … Continue reading

Posted in मुक्तक | Tagged , , , | Leave a comment

कविता : पुस्ता देखि पुस्ता सम्म

~मनु लोहोरुङ राई~ ‘मेरो च्याब्जुले फाँडेको खोरिया’लाई च्याब्जुकै छिमेकीले खेत बिराए पछि मेरो बाजेको अस्तित्व छेउ लागेको हो जब बाजेको अस्तित्व छेउकटुवा भएर बाँच्दै थियो, ‘जिन्दगी’हरु बर्मा भएर बाँचे/ बर्मा भएर मरे |

Posted in कविता | Tagged , , , , | Leave a comment