Tag Archives: Manu Brajaki

गजल : हाँस्न पनि पाइएन

~मनु ब्राजाकी~ रुन पनि पाइएन, हाँस्न पनि पाइएन। रोई-रोई आँसुले मन धुन पनि पाइएन। तिमीलाई छोयो भने छोइछिटो लाग्नेहोला, फूलजस्तो आत्मीयता छुन पनि पाइएन।

Posted in गजल | Tagged | Leave a comment

कथा : भ्रष्ट भगवान

~मनु ब्राजाकी~ सामन्त शिरोमणि सिंहासनबाट गए । तर्साउनका लागि इतिहास भूत भयो । बल्ल अब सामन्ती प्रजातन्त्र आयो । गनवादी गनतन्त्र पनि आयो । विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो । जंगल सहरमा आयो, सहर जंगली भयो । राजनीतिले यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पानीले झन् पोल्छ

~मनु ब्राजाकी~ आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ । आफूलाई बेच्न खोज्यौ भने बुझिराख किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~ कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : होस गर

~मनु ब्राजाकी~ पानी खाँदा सर्किएला होस गर तीर्खा फेरि फर्किएला होस गर । बाँचेजस्तो मर्न कहाँ सजिलो छ, काल पनि झर्किएला होस गर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : गुन कस्तो हुन्छ !

~मनु ब्राजाकी~ थाहा भयो छिमेकीको गुन कस्तो हुन्छ ! थाहा भयो चामलसँग घुन कस्तो हुन्छ ! आफ्नै मित्रसँग पनि लड्नुपरेको छ थाहा भयो खा’को तिम्रो नुन कस्तो हुन्छ !

Posted in गजल | Tagged | Leave a comment

गजल : त्रि्रो हात रै’छ

~मनु ब्राजाकी~ गुन गरी फर्किजाने त्रि्रो हात रै’छ, फुलेपछि झरिजाने पारिजात रै’छ । हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो, काँढामाथि सजिएको फूलपात रै’छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुहार छ उसको सधैँ

~मनु ब्राजाकी~ मुहार छ उसको सधैँ फूलको डालीजस्तो छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो । महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यसैगरी खोच्याएर

~मनु ब्राजाकी~ कहाँसम्म पुगिएला यसैगरी खोच्याएर छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर । आवारा झैं भएपछि डुलुवा यो मन बोकी आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : उदास र मलिन अनुहारकी युवती

~मनु ब्राजाकी~ एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन । एउटी रुपवती युवतीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~ “तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !” “यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फूलको डालीजस्तो

~मनु ब्राजाकी~ मुहार छ उसको सधैँ फूलको डालीजस्तो छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो । महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

Posted in गजल | Tagged | 1 Comment

कथा : वेश्याको सपना र सुँगुरहरु

~मनु ब्राजाकी~ मध्यान्ह छ । सुँगुरहरु भुइँ खन्दै छन् । दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : जति धेरै आफुलाई केलाउँछन्

~मनु ब्राजाकी~ जति धेरै आफुलाई केलाउँछन् त्यति धेरै तिमीलाई खेलाउँछन् मरेपछि स्वर्ग जाने ढल जस्तो- बागमतिमा आफूलाई सेलाउँछन् ।

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : दास र मलिन अनुहारकी युवती

~मनु ब्राजाकी~ एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन । एउटी रुपवती युवतीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : A Small Fish Squats by the Dhobi Khola

~Manu Brajaki~ Translated by : Michael James Hutt Today he saw that the ugly iron Aligarh padlock was still hanging on the outside of the lavatory door. Its paint and polish had all washed away. He stared at the locked … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

गजल : जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ

~मनु ब्राजाकी~ जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँखाभरि खोलानाला ताल राख्याछु

~मनु ब्राजाकि~ आँखाभरि खोलानाला ताल राख्याछु हृदयमा समुद्रको छाल राख्याछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनु' बमभोला जस्तो लाग्छ

~मनु ब्राजाकि~ ‘मनु’ बमभोला जस्तो लाग्छ आज केही होला जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : ऐना हेरी कराउन थाले मान्छे

~मनु ब्राजाकि~ ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : माया भन्ने तिम्रो नासो

~मनु ब्राजाकि~ माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले

~मनु ब्राजाकि~ जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले त्यसैमाथि आफ्नो नाम लेखेँ मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : गएपछि आउँदैन कोही फर्केर

~मनु ब्राजाकि~ गएपछि आउँदैन कोही फर्केर नजानु है कसैसित पनि झर्केर

Posted in गजल | Tagged | Leave a comment

कथा : मेरो छोरो घूस खाँदैन

~मनु ब्रजाकी~ हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पछ्यौटे अग्रगमन

~मनु ब्राजाकी~ गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो । वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ । साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भैगो दिनुपर्दैन

~मनु ब्राजाकी~ एहे खर्दारनी बजै ! आउनुस् आउनुस् कताबाट ? आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ। मार्दैछ र आफ्नो नङ्लाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन- न आफ्नो अभाव, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment