Tag Archives: Manoj Neupane

अनूदित कविता : नाजायज सन्तान

~हुल्लड मुरादाबादी~ अनु : मनोज न्यौपाने चिन्तित बाउले जनताको अस्पतालमा फोन ग¥यो ‘डाक्टर साहब मेरो सम्पूर्ण परिवार बिरामी भए जेठो छोरो ‘आन्दोलन’लाई रुघा

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : जहाँ हरियो हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने जहाँ हरियो हुन्छ त्यहाँ पहेंलो पनि हुन्छ गुलाबी पनि हुन्छ त्यसमा गन्ध पनि हुन्छ

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

गजल : पराई सम्झ

~मनोज न्यौपाने~ कि आफ्नो सम्झ कि पराई सम्झ केही न केही त मलाई सम्झ । हलचल कस्तो होला दिलमा एकपल्ट दिलमा सजाई सम्झ ।

Posted in गजल | Tagged , , , | Leave a comment

अनूदित लघुकथा : बहुमत

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने ‘चित्तलाई एकाग्र गर्नका लागि एक प्रतीक चाहिन्छ, त्यसैले म मूर्ति–पूजाको पक्षधर हुँ ।’ एउटा धर्मले अरु दुइटा धर्मसँग आफ्नो श्रेष्ठता सिद्ध गर्ने उद्देश्यले भन्यो । ‘म त मूर्तिपूजाको विरुद्धमा छु, तर म लाशको … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , , , , | Leave a comment

भलाकुसारी : केही पात्रहरूमाथि अन्याय भएजस्तो लाग्छ – डा.ध्रुवचन्द्र गौतम

~मनोज न्यौपाने~ वि.सं. २००० सालमा वीरगञ्जमा जन्मनुभएका ध्रुवचन्द्र गौतमको कविता विधामार्फत् साहित्यमा प्रवेश वि.सं. २०२० मा रुपरेखामा प्रकाशित ‘तथस्टता ः असफलता’ शीर्षकको कविताबाट भए पनि उपन्यासमा प्रवेश चाहिँ २०२४ सालमा रुपरेखामै प्रकाशित ‘अन्त्यपछि’ उपन्यासबाट भएको हो । मधुपर्क मासिकको पहिलो … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

अनूदित लघुकथा : अँध्यारो नगरी

~खालिल जीब्रान~ अनु : मनोज न्यौपाने राजमहलमा रात्रिभोज थियो । एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो । राजाले उसलाई … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , , , , | Leave a comment

गजल : प्रभात हुन्छ

~मनोज न्यौपाने~ रात छिप्पिंदै गई प्रभात हुन्छ, अन्तिम पछि फेरि सुरुवात हुन्छ । फेरि सुने तिमीलाई मनपर्ने गीत, फेरि यी आँखाबाट वर्षात् हुन्छ ।

Posted in गजल | Tagged , , , | Leave a comment

भलाकुसारी : म ‘सम्राट’ नभएर ‘विद्यार्थी’ हुँ : ज्ञानुवाकर

~मनोज न्यौपाने~ ज्ञानुवाकर पौडेलवि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो । यस ‘मधुपर्क’ मासिकमा … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

अनूदित कविता : ढुङ्गाको पनि मन हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने कसले भन्छ, ढुङ्गाको मन हुँदैन ? हुन्छ, मैले त यस्तो मन पनि देखेको छु जसको हार्ट सर्जरीसमेत गरिएको छ । घाम र छाया

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

गजल : गुलाफको फूल

~मनोज न्यौपाने~ रातमा पनि फुलिरहेछ गुलाफको फूल चँद्रमालाई हेरिरहेछ गुलाफको फूल रिसाएकी प्रेमिकालाई फकाउनलाई कोही छानीछानी चुँडिरहेछ गुलाफको फूल

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : जङ्गल जीवित छ

~मनोज न्यौपाने~ मान्छेभित्र अझै जङ्गल जीवित छ र त पाइलैपिच्छे ऊ विभाजित छ । दुनियाँ बदलियो भन्नु मात्र हो पुरानै दुःखले जो कोही आजित छ ।

Posted in गजल | Tagged , , , | Leave a comment

अनूदित कविता : मेरो ठेगाना

~अमृता प्रीतम~ अनु : मनोज न्यौपाने आज मैले आफ्नो घरको नंबर मेटिदिएँ र, गल्लीको शिरमा लगाएको गल्लीको नाम हटाइदिए र, हरेक सडकको दिशाको नाम पुछिदिएँ तर यदि तपाईं मलाई भेट्नै चाहनुहुन्छ भने

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

भलाकुसारी : ध्वंस गर्नुछ भने जरै उत्तानो पार्नुस्ः भूमिकाकार डा. भट्टराई

~मनोज न्यौपाने~ वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो । उहाँको पहिलो समालोचना मधुपर्कमा तीसको दशकमा (महाकवि माथि) प्रकाशित भएको थियो । त्यस्तै उहाँको पहिलो प्रकाशित … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

अनूदित लघुकथा : परिचय

~आलोक कुमार सातपुते~ अनु : मनोज न्यौपाने म हिन्दू हुँ…, सरी, म हिन्दू थिएँ भन्नुपर्ला किनकि हिन्दुत्वको खराबीलाई देखेर मेरा पूर्खाले बौद्ध धर्म स्वीकार गरेका थिए । म बुद्धिष्ट हुँ…तर यहाँ पनि समस्या छ । भारतमा अम्बेडकरवादी बौद्ध प्रचलित छ… … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , , , , | Leave a comment

भलाकुसारी : स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ – हरिगोविन्द लुइँटेल

~मनोज न्यौपाने~ (वि.सं. २०१५ साल फागुन महिना २८ गते काठमाडौंँको ढुङ्गाअड्डामा जन्मनु भएका हरिगोविन्द लुइँटेलको साहित्यिक यात्रा वि.सं. २०३१ सालमा “परोपकार”पत्रिकामा प्रकाशित ‘मान्छेको म’ शीर्षकको निबन्धबाट प्रारम्भ भएको हो । वि.सं. २०४३-४४ मा “उत्साह” साहित्यिक मासिकको कार्यकारी सम्पादकको रूपमा काम … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

भलाकुसारी : आधुनिकोत्तर जीवन र जगत्लाई चार आयामबाट हेर्ने सोचमा चौथो आयामको आविर्भाव भयो

~मनोज न्यौपाने~ सन् १९६३ अगस्ट झापामा जन्मनुभएका दुबसु क्षेत्रीको साहित्यमा प्रवेश २०३६ साल साउनको सङ्क्रान्ति पत्रिकामा प्रकाशित ‘आगोको गीत’ शीर्षक कवितामार्फत भएको हो । मधुपर्कमा उहाँको रचना सर्वप्रथम २०४० सालको लेखनाथ विशेषाङ्कमा (श्रद्धाञ्जलि) शीर्षक कविता प्रकाशित भएको हो । वि.सं. … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , , | Leave a comment

गजल : निन्द्रा लाग्दैन

~मनोज न्यौपाने~ साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन मेरै घरमा हो धमिरा लागेको जग र दलिन सम्झन्छु, निन्द्रा लाग्दैन

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : हाम्रा प्रेमगीतहरु

~मनोज न्यौपाने~ वर्षौवर्ष अघि मैले मनलाई मैन बनाएँ र, लेखेँ त्यसमाथि तिम्रो नाम मैन न हो, पग्लियो र, मेटियो तिम्रो नाम । त्यसपछि मैले मनलाई पत्थर बनाएँ

Posted in कविता | Tagged , , , , | Leave a comment