Tag Archives: मनोज बोगटी – Manoj Bogati

Translated Poem : Word can’t be composed

~Manoj Bogati~ Translation : Suraj Dhadkan Word doesn’t have wing it doesn’t need wing even to fly like a bird does it may fly wingless, though reaches elsewhere, it wants. A person who touch the word, touch the life there … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Yes, I’m Black. Or Black. Or, Acolored.

~Manoj Bogati~ Translation : Raja Puniani Yes, I’m Black. Or Black. Nobody becomes dirty If touched by some black. Like, nobody becomes clean If touched by some white. Alphabets are also black.

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : History

~Manoj Bogati~ Translation : Bhupendra Subba Ancestor bones are discovered Wherever dug This is Teeth. This has chewed down an age. It has bitten Time to dust and repaired a house-wall. This is Shin-bone. A monk in a village invokes … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : संकटमा प्रेम

~मनोज बोगटी~ कानमा आएर जोडजोडले प्रेमको कुरा गर्नुको के अर्थ हुन्छ? कुनै सुन्दर औंलाले बारम्बार आाखा घोच्छ र फैलाउाछ कााडेतारको अङ्गालो घाउमा गाड्छ कााडाको रुख ओठलाई सेता मिलेका दाातहरुले बेस्सरी टोक्छ कोमल अङ्गहरुमा राख्छ धारिलो छुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोज वोगटी

~मनोज बोगटी~ पाखुराबाट झरेको छ बलको बुढोे पात र टाउकोमा पलाएको छ विचारको हॉंगा। आँखाबाट उडेको छ अन्धो चील र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ। हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर? आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खड़ेरीको अक्षर

~मनोज बोगटी~ भिज्न दिनू आँखालाई आँखा भिज्दा मन मलिलो हुन्छ। जहॉं उम्रन्छ हॉंस्ने आकांक्षा।

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~मनोज बोगटी~ जतै खने पनि पुर्खाकै हड्डी निस्कन्छ। यो दॉंत हो यसले युग चपाएको छ। समय चपाएको छ र धुलो बनाएर घरको भित्ता टालेको छ। … यो नलीहड्डी अशान्ति हुँदा यो फुकेर शान्ति ल्याउँछ गाउँको लामा। यो बज्दैगर्दा जुलूस आउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सर र सरकार

~मनोज बोगटी~ अमलिसो सुकौरो लागेको छेक पारेर सरकारले हेपेरै मेरो नाम राख्यो सय दिने। उनीहरू एकदिने अथवा एक घण्टे। अथवा…। जीसीपीको पछिपछि कुद्दै पाक्छ हजिरा

Posted in कविता | Tagged | Leave a comment

कविता : रिङटोनको देश

~मनोज बोगटी~ हेल्लो… -क्याफेमा ? -ओके, ल ल… मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबीच मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई जीउ जोगाउन साह्रो यो रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र बिलाइरहेछ रायोको साग उम्रिने गाउँको सातो।

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी

~मनोज बोगटी~ आँखा डील कोइलाको धुलोलेे अध्यारो बनाउँछिन् र निधारमा टाँस्छिन् एउटा घाम। के रहर लागेको दिदीलाई केटी हुन। संसारको सबैभन्दा बलियो दिदी जसले दुइ दर्जन बाख्राको खोर एक्लै खोर्सिन सक्छिन् चार माऊ गाईलाई एक्लै सोत्तर दिन सक्छिन् भुटेको मकै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली दिमाग

~मनोज बोगटी~ त्यही पुरानो आँखा टोड्कामा हालेर उसले हेर्योव देख्यो त्यही झन्डा हल्लिरहेको छ पाखामा झन्डामा हल्लिरहेको छ त्यही च्यातिएको लुङ्गी लुङ्गीमा सुकेको रगतको टाटो हल्लिरहेछ समय। झन्डा हल्लिनु भनेको चिहानमाथि बिसाउने बुद्धले हाई काड्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : अरिबहादुरको आँखा

~मनोज बोगटी~ होटलबाहिर बारुदको हावा चल्दैछ। हिंसा हो कि गिद्ध हो बसेको छ बुद्धको काखमा। लाशको गन्ध बोक्ने हावाले बोकेको छ हर्कमान नेपालीको घर ठेगाना टायरको धुँवाले बोकेको छ चेम्जोङनी बोजुको बाह्रमुखे थैली

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~ बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : पुतलीको फखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’ ‘पक्का।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

~मनोज बोगटी~ कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : कुवाको स्वर

~मनोज बोगटी~ मलाई तिम्रो कुवा मनपर्यो तिमीले त्यहॉंबाट कराइरहेको पनि मन पर्यो। मैले मन पराएर तिम्रो कुवा संसार हुँदैन के गर्छौ मैले मन पराएर तिम्रो कुवा जीवन हुँदैन। तिम्रो स्वर पनि राम्रो छ संगीत पनि राम्रो छ लय पनि राम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आरोप

~मनोज बोगटी~ तिमीले समातेर मात्र मेरो हात बलियो भएको होइन किन भने हात समातिन्न। हात समातेर राख्न सकिन्न फुस्किन्छ समात्नु र फुस्कनुको घर्षणले जन्मिन्छ आरोप। आरोप पनि आफ्नै सृजना हुन्छ जसलाई कसैले स्वीकार्दैन।

Posted in कविता | Tagged | Leave a comment

कथा : उत्तरको गुफा

~मनोज बोगटी~ मलाई चिन्न तपाईंलाई मेरो नाम पठाइरहेको छु उसले सादा लुगा लगाएको छ अनुहार मङ्गोल र व्यवहार सोझो छ। तपाईंले हेप्दा हेपियो भने त्यो मेरो नाम भनेर चिन्नु होला। तपाईंले मिच्दा मिचियो भने त्यो मेरो नाम भनेर चिन्नु होला। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

~मनोज बोगटी~ जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा कसले हो मेरो टुप्पीमा बसेर मेरो आँखामा तीर राख्छ र हिँड़ भन्छ। मलाई मात्र के सबलाई भन्छ। आफ्नै शीरको खुइलिएको भरोसा छ्‌याप्पै भिज्छ कमारो पसीनाले। मेरो मात्र के सबको भिज्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समाचारको शिर्षक छैन अहिले

~मनोज बोगटी~ अलैंचीको बोटमा ल्यापल्याप टॉंस्सिन्छ बाजेको सड़िएको सपनाको छाला। छालारङ सर्छ दानातिर फूलको सुगन्ध गाउँले थाहा पाउँदैन शहरले थाहा पाउँछ। अलैंची टिप्ने हातमा, औंलामा लागेको काया पखाल्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : च्यातिएको छाया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोज बोगटीका दश छोटा कविताहरु : ढुङ्गा

~मनोज बोगटी~ ढुङ्गा-१ उसको कठोरता तिम्रै आँखाको दोष। ढुङ्गा कसैको घड़ेरी हो घर हो, मन्दिर हो, शहर हो ढुङ्गा कसरी कठोर हुन सक्छ? ढुङ्गा पनि फुट्छ तिम्रो मन जस्तै विचार जस्तै विश्वास जस्तै।

Posted in कविता | Tagged | Leave a comment

कथा : टाइल्समा नाङ्गो पशु

~मनोज बोगटी~ ‘आउ’ श्रीमती बुद्धले मलाई हातमा तानेर भित्र लगिन्‌। एकापट्टिको भित्तै ढाक्नेगरी झुण्डाइएको बुद्धको ल्यामिनेशन अघि पुगेपछि तिनले ठूलो सास लिइन्‌। यो कपिलबस्तु त होइन, तर त्यस्तै उजाड ठाउँ हो। यहॉं फूल देख्न पाइन्न। घॉंस देख्न पाइन्न। न जून … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कीराहरू र दैलो

~मनोज बोगटी~ विचारको रुख ठाड़ो हुनै दिँदैनन्‌ कीराहरू जरैबाट चड्छन्‌।पात खान्छन्‌। कोपिला खान्छन्‌। बोक्रा खान्छन्‌ तलबाट जरा टोक्नेहरूले त्यहीँ सन्तान काड्छन्‌ अनि सन्तानैले टोक्छन्‌। विचार लिङ्‌ठिङ्ग उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : पुतलीको पखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~ एउटा दह्रो रेखा छ त्यसलाई टेकेर निस्किएको छ उ रावनबाट ज्ञान थाप्नु शरीरमोह च्वाट्ट चुट्टिएको छ उसको जीवनको गुड्डीबाट। खेल्नु त हो जीवन खेलौं।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आदिवासी केटीहरूको बारेमा

~निर्मला पुतुल~ अनुवाद : मनोज बोगटी त्यसै त काली भित्रबाट चम्किने सेतो दाँतजस्तो मलिन हुन्छ उ। कोमल हुन्छ उ। जब हाँस्छ उ फिनाइल-दूध पोखेजस्तो निश्चल हाँसो झर झर गर्दै गर्छ पहाडबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : एउटा भाषा हुने गर्छ

~उदय प्रकाश~ अनुवाद: मनोज बोगटी एउटा भाषा हुने गर्छ जसमा म जतिपल्ट लेख्न चहान्छु `आँसू´ सित मिल्दोजुल्दो कुनै शब्द प्रत्येकपल्ट बग्ने गर्छ रगतको धारा एउटा भाषा छ जसमा बोल्न वैज्ञानिक , समाजविद अनि तेस्रो दर्जाको जोकर अनि हाम्रै समयका सम्मानित … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : ईश्वरले तेरोे नाम काडेर उसको पेट भर्छ

~मनोज बोगटी~ धुर्नु बराइक र ईश्वर घामको छायाँ र स्वर्ग एउटै हो पानीको अनुहार र सपना एउटै हो । हावाको हात र सरकारको भरोसा एउटै हो । आगोले तेरो भन्साघरमा पसेर के भन्छ ? पानीले तेरो खेतमा गएर कुन गीत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~ भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ । चौथो सपना थियो त्यो । ** पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : काफरे अमेरिका

~मनोज बोगटी~ डराउँछ अमेरिका।, बॉंसघारीमा लागेको आगोदेखि डराउँछ कुनै उत्सवमा आकाश च्यात्दै पड्किने रकेट पटेकादेखि डराउँछ। एक बटुको अँध्यारोदेखि डराउँछ अमेरिका। जब मजदूरको टिपिन खोेलिन्छ र निस्किन्छ डड़ेको रोटी अमेरिकाको सातो जान्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : साइला बाहुन

~मनोज बोगटी~ साइला बाहुनले बाजेलाई पछ्याएनन्‌ बाबुलाई पछ्याएनन्‌। उसले भने- म म भएर बॉंच्छु म आफै बनाउँछु बाटो। धेरै दाजुभाईबीच कुन्नि किन साइला मिल्नै सकेनन्‌ भने- बरू कोइलाखानी जान्छु पढ़्न जॉंदिनँ।

Posted in कविता | Tagged | Leave a comment