Tag Archives: मञ्जु काँचुली – Manju Kanchuli

कथा : च्यान्टीको अधिकार

~मञ्जु काँचुली~ फागुनको बेहद शीतल र शान्त रात थियो त्यो । पोखरा शहरको माझ बस्तीको एउटा आधुनिक बङ्गलामा उसकी स्वास्नी च्यान्टी मगर्नी गहिरो निद्रामा मस्त निदाइरहेकी थिई । यो बङ्गला उसको लोग्नेको हवल्दार काका (उमेरमा ऊभन्दा निक्कै कान्छो) ले किनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वामीजीको प्रवचन

~मञ्जु काँचुली~ मेरी विमात्री (सौतेनी) आमाले पहिले आफ्ना हातगोडा सफासँग धुनुभयो । अनि फेरि नुहाउनुभयो हात र गोडाका नङमा राता पालिस पनि लगाउनुभयो । त्यतिबेलाको चलन गोडाका कुर्कुच्चा र गोडाका वरिपरि माहुर (रातो रंग) पनि लगाउनुभयो । छिमेकीहरू कुरा काट्थे, … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

निबन्ध : भो मलाई शब्द चाहिएन !

~मञ्जु काँचुली~ शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : म कुमारी प्रजातन्त्र तेस्रो विश्वकी

~मञ्जु काँचुली~ भूभागहरूलाई देशदर्शन गर्दै-गर्दै यस भूमिभित्र भित्रिएकी छु मलाई रथमा मर्ूर्तिवत् पार्दै चारैतिरबाट झ्याइँकुटी पारेर नैवेद्य-भेटी थुपारिंदा म मेरै नामको हेत्वाभासले सताइरहेकी छु जुन चीज म दिइरहेकी छु त्यो तिमीले लिन सकेका छैनौ, चाहँदैनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मोनालिसाको चित्र

~मञ्जु काँचुली~ आधा आँखा हाँसेको छु त आधा आँखा रोएको छु आधा मन अघाएको छु त आधा मन भोकाएको छु यी झुत्रे आशाहरूलाई आँखाको आधा सुकेको पानीले टल्काएर यो मनलाई

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : बरफ र पानीको वार्तालाप

~मञ्जु काँचुली~ बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ? पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी सूर्य उदाउँछ र अस्ताउने गर्छ, त्यसको रसास्वादन गर्ने अवसर … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : ढुङ्गाको बोली

~मञ्जु काँचुली~ जब मनले त्याग्छ जीवन र वस्तुको आकर्षण तिमी मेरो वा म तिम्रो हुन्नँ भावनाको बन्धन, वासना र ध्येय हुन्न समतामयी बुद्धिले पीपलका हाँगा–हाँगामा भर्याङ चढ्दै बढ्छ सरल पाइलाले जब माटो र बाटोहरू छोड्दै–छोड्दै अघि बढ्छ जीवनमुक्तिको पदचिह्रनबाहेक

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रङ्गशाला

~मञ्जु काँचुली~ कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : चन्द्रमामा हनिमून

~मञ्जु काँचुली~ (रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।) प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

भलाकुसारी : लेख्नभन्दा छपाउन गाह्रो

वि.सं २००७ माघ १६ गते काठमाडांैको डिल्लीबजारमा पिता तथा साहित्यकार भीमनिधि तिवारी र माता भुवनेश्वरी तिवारीको सुपुत्रीको रूपमा जन्मनुभएकी सर्जक मञ्जु काँचुलीनेपाली साहित्यमा चिरपरिचित हुनुहुन्छ । साहित्य सिर्जना र लामो समय प्राध्यापन गर्नुभएकी काँचुलीका ‘किरणका छालहरू’, ‘मेरो जीवन मेरो जगत’ र … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कविता : बिदेसिएका सन्तान हेर्दै

~मञ्जु काँचुली~ वृक्षले आफ्नो घाँटी तन्काएर आफ्ना सन्तान हाँगा र पातहरूलाई माथिमाथि हेरिरहेछ धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै बिदेसिँदै गएका आफ्नासन्तानलाई परपरसम्म हेरिरहेछ सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी जङ्गल र रातको बाटो

~मञ्जु काँचुली~ नदीको बाटो मैले फेरि कहिले टेकिनँ त्यो नदीमा जहाँ जीवन्त मानिसलाई लास बनाएर किनासमा फ्याँकिन्थ्यौँ केवल गोडा चोपलेथेँ र त्यो केही दिन मात्र निर्जीव भएथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द पेटी

~मञ्जु काँचुली~ उसको सानो सीमा कसले भत्काएको छ र ? फोहोरको थुप्रो, सडकको पाटी खोलाकिनारको पेटी डेन्ड्राइटका ट्युब थोत्रा लुगा–कपडाका झोला साथ कहिले नछोड्ने भुतुल्ले कपाल नधोएका कत्ले लुगा, ननुहाएको बोक्रे शरीर

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : A Strange Temple

~Manju Kanchuli~ Translated by : Wayne Amtzis The idol behind the shut door of god must be arrayed with vermilion and rice That I don’t know Before meeting the deity I’ve seen nothing but naked figures on the struts above … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : बादलको कोषाणुमा सृष्टिको पुनरावृत्ति

~मञ्जु काँचुली~ फुलको रुप लिएर एक हुल बादल डाँडा माथि हाँसोको खित्का र लालसाको रोदन बोक्दै धरती माथि अविरल सङ्गीत बर्षामा आफ्नै यात्राभित्र जीवनगति प्रवाहित भइरहेको होला जीवनकै पाटापाटामा – नदीको तटमा, बगैंचाको किनारमा

Posted in कविता | Tagged | Leave a comment

कथा : भन्सारको जागिर

~मञ्जु काँचुली~ भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन। यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र। तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आगो

~मञ्जु काँचुली~ न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment