Tag Archives: Maniraj Singh

कविता : देश बोकेर आएँ म

~मणिराज सिंह~ गल्ली र चोकमा अलमलिएका उदास स्वर देउरालीको चौबाटो हिँड्दै बादलका नागवेली उकालीमा आँधी आउनुअघि लोलाएका आँखाहरूको नि:शब्दता ओढेर मनमा गुम्सिएका चञ्चल लहरका जीवन तरङ्ग पन्छाएर भिक्षुहरू ध्यानमग्न भएको बेला बलिदानीमा लेखिएका साँध सिमाना टेकेर फूलको लजालु सुगन्ध वरिपरि … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चेतनाका मुट्ठीहरू

~मणिराज सिंह~ निस्तब्ध अँध्यारो परिवेशभित्र जूनको कलिलो आभा सुसाइरहेकै थियो तर आफ्नै परिधिभित्र आगो सल्काएर क्षितिजभरि नाङ्गो आक्रोश छरेपछि कतै केही चर्केजस्तो

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : दसगजा

~मणिराज सिंह~ मेरो खेतको आली मुन्तिर मेरो स्वाभिमानको प्रतीक शिर ठाडो पारी निर्भिक उभिरहेको दसगजा हिजो मात्रै वर्षात्मा भिजेर हो कि शत्रुले खोस्रेर हो गर्ल्याम्म गुर्लुम ढलेको सपना देखेँ मैले ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सपना

~मणिराज सिंह~ विचार स्वतन्त्रता र समर्पण सपनामा पनि नाचिरहेको हुन्छ सपना नहुदो हो त मान्छेको धर्म, कर्म र वंश कसरी लहलहाइ रहन्थ्यो । विचारले,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : विश्वासघाती समय

~मणिराज सिंह~ चारैतिर उज्यालो छ र पनि किन केही देखिँदैन कतै पनि सून्य केबल सून्य फिँजिएझैँ सबैतिर एकनाश छाएको छ सन्नाटा भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी रेबजिग्रस्त बहुला कुकुरझैँ पानीसँग डराएर भीर–भीर ढुन्मुनिदै

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : प्यारो बसबिट्टी

~मणिराज सिंह~ कतैबाट नछेकिएको कसैले नबिटुल्याएको त्यो खुला आकाश अनि त्यो शान्त गल्ली र सडकमा परबाट आइरहेको धान कुट्ने मीलको मधुर आवाज साँझ, विहान गोरु जोतेर खेतमा गाईबाख्राको बथानसँग लुटपुटिएर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिम्रो सपना र म

~मणिराज सिंह~ आलुबारीमा गोडेको तिम्रो सपना र रातको अन्धकारमा भौतारिएको तिम्रो यौवनको लाली बाँसको झ्याङ्बाट बगेको बतासको गाढा सुसाई हत्केलामा नअटेको

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिम्रो आगमन

~मणिराज सिंह~ अनन्त उकाली ओराली गर्दैै एक–एक पाइला सार्दै तिमी आएका छौ तात्तातो घाम र एकमुठी आश बोकेर गलाभरि विषालु सर्पको माला लाएर विश्वासको बिहानी देखाउँदै सम्पूर्ण आरम्भहरू पोखेर अनुरागका विम्वहरूमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : टुँडिखेल

~मणिराज सिंह~ नचाहँदा नचाहँदै फुलेका तितेपानीको फूलझैँ सून्य हृदय र रित्तो आकाश छामेर गरीब बाबुको तरुनी छोरीले यौवनको उन्माद थाम्न नसकेर आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ चुपचाप निस्सासिरहेछ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : शहर

~मणिराज सिंह~ जताततै झिङ्गै झिङ्गा भन्किरहने भित्रभित्रै धमिराले खाएर आत्मग्लानीको ओढ्नेले मुख छोपेर अग्निदहमा जलिरहेको यो शहर कंक्रिटको महलै महलको थुप्रोमा कति समृद्ध कति सुन्दर र कति भव्य देखिन्छ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : साँढेको साम्राज्यमा भक्लु मुसहर

~मणिराज सिंह~ जीवनसित जोतेर खेत र बारीका पाटाहरू बाढीको चपेटामा परेर समयसितै खिइदै गए मनका हरियालीहरू हिलाम्य पारेर पानीले आफ्नै अनुहार लथालिङ्ग बनाएको देखेर भक्लु मुसहर इन्तु न चिन्तु भएको छ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

पुस्तक समीक्षा : राजधानी छिरेपछि राष्ट्रभक्तिपूर्ण सङ्ग्रह

~अरुणबहादुर खत्री ‘नदी’~ महोत्तरीमा जन्मिएर ललितपुर इमाडोल २ मा बसी निरन्तर आफ्नो कवि व्यक्तित्व विकास गर्ने प्रतिभा हुन् मणिराज सिंह । उनको राजधानी छिरेपछि नामुब कवितासङ्ग्रह दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ। यस कृतिभन्दा अगाडि उनले लेखेको अक्षर खुर्पा र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , | Leave a comment

कविता : सम्झना बेथानचोक यात्राको

~मणिराज सिंह~ बेथानचोक हाम्रा पाइलाहरू एकपछि अर्को गर्दै छापिएका छन् बादलको शिरकभित्र सिमसिमे वर्षात्ले रूझाएर नयाँ नयाँ आयाम उघार्दै ढुङ्गा–ढुङ्गामा कोरिएर बतासझैँ भूगोलको दुर्गम छातीमा घामजस्तै फुलेर चित्रमय कोरिँदै हर्षका चुचुराहरूमा पसिनामा धारा पुछ्ने शीतल, शान्त, स्वच्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : स्वतन्त्रता

~मणिराज सिंह~ जीवनको आरम्भ जसरी गर्दा पनि हुन्छ, क,ख,ग – ए, बी, सी –अथवा वन, टू, थ्री तर, यही आकाश, धर्ती र समुद्र नाघेर गन्तव्य पहिल्याउन सक्नुपर्छ जाँगरमा इन्द्रेणी उनेर । डाँडाहरु सम्याउँदै

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तेन्जिङ्गहरू सडकमा ओर्लेका छन्

~मणिराज सिंह~ पौरखी मन उचालेर स्वाभिमानी आस्था संगालेर घोडचढीहरू युद्धमा होमिएको बेला मुकुण्डो भिरेका जोकरहरू बाटो चौबाटो ढुकेर नौटङ्की गरिरहेको देखेर कुण्ठा र निराशाका चट्टानहरू खोपेर हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सतीले सरापेको देश

~मणिराज सिंह~ टेक्दै मसानका ढिस्काहरू खेल्दै रगतका फाल्साहरू सित झण्डा उचालेर वीरताको फर्कदै थिए जब भीम मल्ल आफ्नै आमाको काखमा साँगुरो सुरुङ्गभित्र कोलाहलका विक्षिप्ततामा रन्थनिएका प्रताप मल्लहरू पिचासझैँ भौँतारिएर घृणाका काँडाहरू उमारेर आँखामा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : लोकतन्त्रको अस्मिता

~मणिराज सिंह~ समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित

Posted in कविता | Tagged , , , , | Leave a comment