Tag Archives: म. बि. बि. शाह – Ma. B. B. Shah

गीत : पलक झारी जमिन कोरी घुम्टोमा लुकेर

~म. बि. बि. शाह~ केटा- पलक झारी जमिन कोरी घुम्टोमा लुकेर दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ? केटी- झुल्केको घाम परेको सुनी सुन्दर प्रभात दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ । केटा- उषाको बेला शीतको थोपा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गरौँला हामी सिर्जना अर्को

~म. बि. बि. शाह~ गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा पुगौँला हामी सगरमाथा, ताराको छायामा सम्झनाको झझल्को लिई, जुनेली रातमा गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मिर्मिरे बिहानीमा झस्केर उठेँछु

~म. बि. बि. शाह~ मिर्मिरे बिहानीमा झस्केर उठेँछु गएर ति सपनीमा यो गीत गाएछु । हामी दुई मिलेर हिमाल चुली पुगौँला हातेमालो गरेर सँगै बसी खेलौंला स्वर्गको टुक्रा धर्तीमा झरेर सँगै बसौँला चन्द्रमाको जूनले गोरेटोलाई पोतौँला मिर्मिरे बिहानीमा ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चोट दिलमा रातदिन

~म. बि. बि. शाह~ चोट दिल में रात दिन लुकाई आँसु झार्दछु जिन्दगी भर आफ्नो तकदीर तौलंदै म जान्दछु रात दिन लुकाई आँसु झार्दछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : भन लौ तिमी नढाँटी

~म. बि. बि. शाह~ भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

Posted in गजल | Tagged | Leave a comment

गीत : किन किन तिम्रो तस्बीर

~म. बि. बि. शाह~ किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। …2 नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ। अध्यारोमा रात बीच तर बिचै घुम्छ। जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तारा म गन्न सक्तिनँ

~म. बि. बि. शाह~ आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिती गयो नि रात

~म. बि. बि. शाह~ छटपट गरेर नै सधैँ बिती गयो नि रात छटपट गरेर नै सधैँ… दिनमा पनि कहाँ म पाउँछु र चैन तसबीर उनकै सामने आएर दिनरात

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : जुन माटोमा मेरो

~म वि. वि. शाह~ हाssss जुन माटोमा मेरो जन्म लिने सौभाग्य भयो जस्को स्पर्शले मेरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : सन्तान थरीथरीका

~म. बि. बि. शाह~ गर्छिन् पुकार आमा रोई कराई जोडले हैन मेरो भन्छिन् सन्तान थरीथरीका कोही धनी असाध्य कोही गरीब माग्ने सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका

Posted in स्वदेश गान | Tagged , | Leave a comment

स्वदेश गान : बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर

~म. बि. बि. शाह~ बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर त्यो घरको मान्छे हातमा लौरो हल्लाई ओर्लेर फुकाई दाम्ली आउन थाल्यो पनेरो ताकेर हिमाल ढाक्यो मुसुक्क हाँसी सुनौला परेर

Posted in नेपाली गीत, स्वदेश गान | Tagged , | Leave a comment

गीत : के छ र दिऊँ तिमीलाई मैले

~म. बि. बि. शाह~ के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर के छ र अरु मसँग दिऊँ कविता छोडेर कोरेको थिएँ त्यही दिऊँ भनी मेटियो झस्केर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लोलाएका ती ठूला

~म. बि. बि. शाह~ लोलाएका ती ठूला तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अर्को केही सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै स्पर्शमात्र पाए चाहिन्न अर्को केही

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कसरी बुझाऊँ यो दिल

~म. बि. बि. शाह~ भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

Posted in गजल | Tagged | Leave a comment

गीत : गाजलु ती ठूला ठूला आँखा

~म. बि. बि. शाह~ गाजलु ती ठूला ठूला आँखा तीर बनी बसे यो दिलैमा कालो लामो परेली केश छाल परे कलिलो मायामा निधारको त्यो रातो टीका

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सम्झनाको धारले

~म. बि. बि. शाह~ सम्झनाको धारले कल्पनाको छातिमा पार्यो छिया मायाले सपनी जूनीमा पूर्णिमाको रातमा गर्मीको याममा बादलुले पोखेको सिमसिमे पानीमा त्यो नीलो नभमा बादलुको आडमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाले मेरो मायाले

~म. बि. बि. शाह~ मायाले मेरो मायाले टाढै बसे पनि नसम्झेरै पनि रुवाऊँछ किन यो मायाले । ओठको हाँसो खोसेर लग्यो पापीले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सेंको भए बितेका कुरा

~म. बि. बि. शाह~ बिर्सेंको भए बितेका कुरा पापीको मनले सम्झायो पुरानो माया त्यो चिसो हावाले लेकाली फूल सितका थोपा फूलका मुनाले ब्युँझायो होला सुतेको माया बिहानी पखले । त्यो मुटु बिच गडेको याद जमेको हिउँले सम्झायो होला पुरानो माया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment