Tag Archives: Laxmi Prasad devkota

कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~ स्वतन्त्रता हो मानवता रे ! घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ? कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे ! सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !” धेरै बोल्छन्, थोरले बुझ्दछ, दासता हो मानव चिता रे ! स्वतन्त्रता हो मानवता रे ! युग युग कोटी मानव उडेथे लाउन यसको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छोक : मोहोडमा

~लक्ष्मी प्रसाद देवकोटा~ या अफीमको लठ बनाइद्यौ, या प्रणाम ली अब बिदाइ द्यौ, सुत्न खोज्छ जो मुद्छ लोचन, समय स्थानको दूर गैकन । या बनाइद्यौ अब सचेतन,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छोक | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : कुखुरो

~लक्ष्मी प्रसाद देवकोटा~ रातले रोइरहिथिन् लाखन जलदाना, मैले कनिका जस्ता मानी टिपी निलेँ ती नाना ! पुछेँ गगनको छाती— बालेँ दीप प्रभाती ! तारानलको अन्तर ज्वलनले म भएँ रातो—

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : एक सुन्दरी बेश्या

~लक्ष्मी प्रसाद देवकोटा~ छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव ! फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् ! सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी ! ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ? रसाल भार रेशमी विचित्र चित्र रेखिए ! बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे ! रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा ! उपास्दथें म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : एक सुन्दरी बेश्या

कविता : एक बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. उषा चढिन् रे सल्लो ! स्वर्ग भयो आकाश उपल्लो ! त्यसको मछाया, ताल धरामा, तल्लो ! सुन्दरताले झस्केको, वायुमण्डल हाल्यो ! प्रतिस्पर्शले क्या बादल बल्लीे , फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो ! ख. पन्छी–गाना उडाइन् तिनले । श्रवण भरीकन,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : एक बिहान

कविता : चराको भजन

~लक्ष्मी प्रसाद देवकोटा~ क. पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ! चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा, उक्लन्छौं कहिले, लच्कन्छौं कहिले पङ्खका प्रयासमा, गलाको शङ्ख चामेर पङ्ख ज्योतिको उकासमा ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : चराको भजन

कविता : आरोही

~लक्ष्मी प्रसाद देवकोटा~ क. चढ्, चढ् सेर्पा ! पर्वत बने चढ्नका नै चुनौति ! बढ् बढ् पठ्टा ! युवकहरुको हाँक माग्दो छ धर्ती ! पूरा मान्छे कसरि हुनु हो ? टाकाुरा यो नहाँके ! मानीसैमा प्रगति दिनको उच्चता बोलि डाके ! ख. थुप्रेका यी तुहिनहरुका स्वर्गचुम्बी उँचाइ ठाडो बाटो कठिनपथमा ‘आन’ भन्थे तँलाई लाखौं लाखौं बरस यिनकी मुस्किँदी श्री सुनौला

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : आरोही

कविता : भूतलाई झटारो

~लक्ष्मी प्रसाद देवकोटा~ प्रकृतिले जब व्यङ्ग्य रेखिन् चेहरा तिनका बने नेपालीको भान लेखिन् बान् भो हाम्रो भने । सब गधाले खुशले ऐंके भ्यागुताले गाए कें कें भो भुजङ्गजाति प्रसन्न मातृभूका पुष्प रोए धन्य तिनको जन्म धन्य (हुन त केवल शुक्र-कीरा!)

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : भूतलाई झटारो

कविता : गैंडोपासना

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्रभु गैँडा ! प्रभु गैँडा ! देऊ घिउ, चिनी, मैदा ! तातो हलुवा गर पैदा ! कर्कलोले पेट दुख्यो अति ! खल्लो भयो अब कैँडा ! अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन ! दुःख सागरमा सुख–वन्दरगाह खोजी चल्दा हामीहरुको पार लगाऊ बेडा ! ख. सङ्कट–युग छ ! सताइरहेछन्

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : गैंडोपासना

कविता : बिहानको आकाशलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो ! ए चोरीको ए रे अँध्यारो ! बिक्रीको, हुँडारहरुको उल्लूकहरुको षड्यन्त्रीको दुःस्वपनीको, निशाचरको, निर्भीकताको साम्राज्य ! ठुक्री, टुक्री, टुक्री जा फुस्री, धुस्री, बिलाई जा जा खण्डहरको बाटो !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : बिहानको आकाशलाई

कविता : वर्षा

~लक्ष्मी प्रसाद देवकोटा~ आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का, अचल मुख भो त्रासले नील गाढा, चूली नाघिन् प्रकृति कलिलिन्, देखिंदै दूर टाढा । बाफैको हो रथ त हलुका, शानले त्यो विशाल

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : वर्षा

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~ निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछ कहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी जलकण भनी फोटो निहारी निज उरको,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : तारा

कविता : फागुन फुल्छ संसारसारा

~लक्ष्मी प्रसाद देवकोटा~ क. फागुन फुल्छ संसार सारा अत्तर छिटी ऐशको । रङ्गमहल यो कसको होला ? परी–रानी बैंशको । ख. रुपको शरम लाल लाल हुन्छ फुस्केको छाती सँभाल्न । चुलबुल गुलाफ–कोपिलाले सकिन सप्को बसाल्न । ग. लुक्ने कोशिश मोहिनीको हावाले आधा तोडेर, मुजुरा सब उचालिदिन्छ बास्ना अबोला छोडेर ! घ. नाइँ नाइँ गर्छे थुँगा राम्री वृन्दावनलाई दोहराई । पुरुषले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : फागुन फुल्छ संसारसारा

कविता : किन मुस्कान

~लक्ष्मी प्रसाद देवकोटा~ क. किन ? वयसी ! भन यस जनपथमा, चोछर्यौ, चिनेझैं, मृदु मुसकान ? ख. पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ? दिनको मुटु पनि डुब्दछ जलमा, प्यार गरेझैं हिम–चूलीसँग, सुम्पी, जलेको प्राण ! मेरो पनि यो जगयात्रामा नहोस् रुधिरको प्रस्थान ! ग.

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : किन मुस्कान

कविता : माघको खुलेको बिहानको जप

~लक्ष्मी प्रसाद देवकोटा~ क. क्या खुल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! ख. वाल्मीकिको हृदयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो ! दिविमा जन्म ली दयाले ! करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : माघको खुलेको बिहानको जप

छोक : सङ्कल्प हाम्रो फलोस्

~लक्ष्मी प्रसाद देवकोटा~ संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ, लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ, आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छोक | Tagged , | Comments Off on छोक : सङ्कल्प हाम्रो फलोस्

कविता : सघन तमिस्रा प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. ए आलोक–विलोपिनी ! घन–कजली निशि ! लाश दिवसकी निस्पद ! रुप, रागका वैभव बहुविध अस्ताचलमा सल्काई, ध्वान्तजटा बाक्ला बिखरी, विश्वभस्मालेपा ? बाँध्यौ अचल समाधि, निस्तब्ध, विलीन हिमाली डाँडामा ? महामृत्युकी छाया सरि ए ! विशाल शून्य झैं साकार !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : सघन तमिस्रा प्रति

कविता : इन्द्रेणी

~लक्ष्मी प्रसाद देवकोटा~ क. पग्ले सृजन–घन, हे साउन रङ्ग–धनी लच्की ललित रे चुली चुली गाँसी, कलाकी इन्द्रेणी ! ख. वाष्पद्रवमा किरण–बुना यो धनुष नवीन ! हान्दछ, कुसुमशर दृग–दिलमा ! झन्कार्दछ क्या भाव नवीन !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : इन्द्रेणी

कविता : राजा, केवल एक कलम देऊ !

~लक्ष्मी प्रसाद देवकोटा~ राजा, केवल एक कलम देऊ ! सावनमा ! क¥याङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! राजा, केवल एक कलम देऊ !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : राजा, केवल एक कलम देऊ !

कविता : भूत स्वर

~लक्ष्मी प्रसाद देवकोटा~ क. थिए सिकन्दरका जुँघा क्या बाघका ! करमा कस्तो करवाल ! मुठी कस्ता ! लाख, लाखका ! ख. झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो, लहडी एक ! भाग्यो केही ?

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : भूत स्वर

पुस्तक समीक्षा : ‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

~प्रा.गोपीकृष्ण शर्मा~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र शाकुन्तल, वनकुसुम आदि महाकाव्यहरूमा कविले विभिन्न कोणबाट प्रकृतिको महिमागान गरेका छन् । शान्त-स्निग्ध प्रकृतिका साथै उग्र-क्रूर प्रकृतिको चित्रण पनि यिनका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , , | Comments Off on पुस्तक समीक्षा : ‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

कविता : रानी बन

~लक्ष्मी प्रसाद देवकोटा~ क. यिन गिरिमा, हो सभ्यताका नीला, गाढा, प्रकृत गढमा, फरफर पताका, शाखा ! बल्लीहरुको दरबाजामा, फूल छन् पहरा लाखाँ ! ख. शीतलताको दरवार बनाई वन–रानी, वायु–पङ्खी अख–परीसँग,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : रानी बन

कविता : धोबिनीले पगली बोली

~लक्ष्मी प्रसाद देवकोटा~ क. ओखरको त्यो हाँगामाथि कुखुराहरुले कनिका चोर्दा, ब्रह्मवेला झुकी सोहोर्दा, दोसाँध हुँदामा दिनको जाति, मारी एक चरीले गोली, मीठो, तीखो, भनूँ के ? साथी ! मीठो, तीखो, भनूँ के ? साथी ! धोबिनीले पगली बोली ! ख. डोली डोली जब त्यो बोली ! खुल्न नसक्ने दुनियाँ खोली !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : धोबिनीले पगली बोली

कविता : मातृभूमिको माटो रुन्छ !

~लक्ष्मी प्रसाद देवकोटा~ कसले सुन्छ ? कसले सुन्छ ? मातृभूमिको माटो रुन्छ ! तुहिनाचलले आफ्नो छाती, च्याती, च्याती, उर्वर साधन पारे छरवर ! स्वर्गका नव किरणहरुका फेर समाती, मन्त्रै साधी समाधि बाँधी— वर्षा, वज्र, विजुलीहरुका मन्त्रोच्चारणहरुले बाँधी, नटिनीहरुकन बोक्न लगाए, भारी लादी, छरछर भन्दै वरपर, वरपर, छालहरुका करले छरवर, भविष्यको एक लहलह स्वपना कल्पिरहेथे ती तुहिनाकर,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : मातृभूमिको माटो रुन्छ !

कविता : प्रलय वेदना

~लक्ष्मी प्रसाद देवकोटा~ यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब, दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव । विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी, तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : प्रलय वेदना

कविता : एशिया

~लक्ष्मी प्रसाद देवकोटा~ अमृत कलकल वाणी ! ज्वालामुखको तिम्रो माला, द्धीपपुञ्जको भूषण । “आमा” भन्दछ आधा मानव, लाख विहङ्गम वाणी ! अगणित तिम्रा राष्ट्र–अङ्गमा जागृतिको छ तरङ्ग, रङ्ग छ एक बिहानी ! जाग जाग हे ! शिखर लाग हे ! चिरनिद्रित दृग मिच ज्ञानी !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : एशिया

कविता : म

~लक्ष्मी प्रसाद देवकोटा~ स्वर्ग र भूको सूक्ष्म हुँ स्पन्दन– दाना तिलको, यति छु मसिनो ! सक्छ को सम्झन ? दिल झिल्को ? अलग सचेतन सागर चेतन कण जलको ! जति जति गिर्दछु उति उति उठ्दछु !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : म

कविता : नीलकण्ठको आवाज

~लक्ष्मी प्रसाद देवकोटा~ क. छीः छीः दूरदूर गरिएको हुँ ! सबले आँखा तरिएको हुँ ! आदिम मनुको बदमाशीले तर पृथिवीमा बरिएको हुँ ! दिव्य शल्यको दैनिक साधनमा स्रष्टाले दरिएको हुँ ! ख. बेकार सराप्छौ तिमी मलाई सुन रे मेरा शठ भाइ ! मुनिको मनको काँढा मै हुँ,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : नीलकण्ठको आवाज

कविता : आर्यघाट तिर

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्राची सुत अति प्रतिभ प्रतापी दिव्य दिवसको अब अवसान ! आलोक प्रवच्चित आशामुख छन् सविषाद गवाही गाढा ! किरण दृष्ण ती तुहिन महीधर मौन खडा छन् मुख म्लान ! रुदित वाग्मती–जल छटपटले विलपी बग्दछ टाढा ! ख. निशिचिर–शान्ति–पिपासा–पीडित थकित विहङ्गम उड्छ उदास ! दूरवर्ती अविदित घरतिर, भ्रमण बिसाउन व्योमपथी ! उड्डीन दिवाको अनुचर आत्मा, अहार्य नियमको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : आर्यघाट तिर

कविता : श्रीपेच

~लक्ष्मी प्रसाद देवकोटा~ क. यो राजा, जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक, हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक, जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी, खाल्डा, डाँडा, लेक ! यो हाम्रो हो सगरमाथा, आदि ज्योतिका वाचाल गाथा, नेपाली यो आकाशभरिका ताराहरुले गरिंदो किरणले अभिषेक ! ख. यो मुटु हाम्रो, चल्ला जबतक, चलुँला, चलुँला चलुँला निःशङ्क !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : श्रीपेच

कविता : एक तिमी

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘हुन्न’ भन्नु तिमीले केवल आफूलाई नचिन्नु हो आफूलाई नगन्नु हो ! स्रष्टाका ए प्रतीक अदर्पण परिस्थितिको स्रष्टालाई, धुस्नाहरुमा चट्ट सुताई, कैद गरीकन थुन्नु हो ! ख. किन हुन्न ? किन हुन्न ? यस माटोमा अङ्गुर स्याउ !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : एक तिमी

छोक : दशैं ताका

~लक्ष्मी प्रसाद देवकोटा~ त्यो बोकोले खाइरहेछ खास घाँस ! हामीहरुको आर्कै यहाँ छ अनाज, काँढा, काँढा !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छोक | Tagged | Comments Off on छोक : दशैं ताका