Tag Archives: लक्ष्मण अर्याल – Laxman Aryal

लघुकथा : सर्वोत्कृष्ट र सुन्दर !

~लक्ष्मण अर्याल~ भिन्न भिन्न पृष्ठभूमिका पाँच चित्रकार आपसमा मिलेर एक संयुक्त मानव चित्राकृति निर्माण गर्दै थिए | पूर्व महान् चित्रकार लिओनार्दो दा भिन्चीको ‘मोना लिसा’ भन्दा पनि उत्कृष्ट कलाकृति निर्माण गरेर अमर हुने लक्ष्यका साथ त्यो कार्य सम्पन्न हुँदै थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~ अनु : लक्ष्मण अर्याल ”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?” ”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?” ”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : लेखक

~रोहितकुमार ‘हैप्पी’~ अनु : लक्ष्मण अर्याल पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए |

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : लक्ष्मण अर्याल आकाशमा ताराहरू चमचमाइरहेका थिए | ”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो | ”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : नोट

~अवधेश कुमार~ अनु : लक्ष्मण अर्याल उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ | मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

लघुकथा : झूल बाहिरका लामखुट्टेहरू

~लक्ष्मण अर्याल~ केही स्वस्तिकहरू सत्ताबाहिर थिए | तिनले सत्ताभित्र रहेकाहरूका हर्कतहरूका बारेमा रौँचिरा विश्लेषण गरे | सत्तासीनहरूका सानाठुला कमजोरीहरूका बारेमा उछाले | सत्तासीनहरूले स्वस्तिकहरूलाई भने – ”झूल बाहिरका लामखुट्टेहरू !”

Posted in लघुकथा | Tagged | Leave a comment