Tag Archives: Kundan Kaphle

गीति कविता : पिताको स्तुति

~कुन्दन काफ्ले~ हे कूल रक्षक परोपकारी, पिता तिमी हौ सबका मदारी । तिमी हौ ज्ञान विज्ञान तिमी नै, तिमी हौ मान–महान तिमी नै । तिमी हौ सूर तान तिमी नै, तिमी हौ नुर नाम तिमी नैै । तिम्रो महिमा अपरम्पार, … Continue reading

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

कविता : दलदल भित्र राज्य

~कुन्दन काफ्ले~ अकूपाई वालुवाटार खवरदारी थियो राम्रो । हत्या–हिंसा बढेकोमा निन्दा विरोध थियो हाम्रो । यो मुद्धामा चासो हैन, सरकार थियो चिसो चाम्रो । हिंसा रुपी दलदल भित्र छ है राज्य रथको पाङ्ग्रो । टाउको र टाउके प्रति छैन मलाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : उल्लु बन्छ को ?

~कुन्दन काफ्ले~ निर्धालाई दुर्जनले सकेसम्म सताउँछ । डरपोक हो त्यो डर धम्की दिई सज्जन डराउँछ । कायरले नै मौका छोपी धाक आफ्नो जमाउँछ । भेदपाई पिठ्युँ पछी छुरी उसले चलाउँछ । नैतिकताको स्खलनमा पत्रु झनै रमाउँछ । लाचार बाघ हुँदा … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : तिमीले

~कुन्दन काफ्ले~ वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले । म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले । प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : जता–ततै दण्डहिनता

~कुन्दन काफ्ले~ दण्डहिनता जताततै फैलिएर गएको छ । राष्ट्रछवी दिनानुदिन मैलिएर गएको छ । आसंकाले नेपाली मन वैलिएर गएको छ । न्यायको चाहि केस कालो कैलिएर गएको छ । कहिले हुन्छ विकास र कसले दिन्छ निकास खै

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : जाग युवा

~कुन्दन काफ्ले~ बनाऔं देश युवा एकजुट भइकन मनाऔं उत्सव सँधै अफ्ठ्यारा सहिकन देशले रगत हैन,खुसहाली मागेको छ कलह होइन शान्तिको वाहाली मागेको छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आस्था पालेर बाँचौं

~कुन्दन काफ्ले~ सुक्न थाले हिउँ पनि हिमालयको शीरको । लुक्न थाले बनचरी कठै पहाडको भीरको । झुक्न थाले गौरवहरु गोर्खाली वीरको । चुक्न थाले विश्वास पनि आस्थारुपी तीरको । बचाऔं बच्छ हाम्रै सम्मान औ स्वाभिमान ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~ विकाश तिमी आऊ पानीको फोहरा बनेर सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर अनिकाल र अभावलाई थिच्ने पहरा बनेर तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : खै नेपाली ?

~कुन्दन काफ्ले~ जतपात भनी नेता गर्छन् हातपात यहाँ । लुक्ने छैन ठाउँ कुनै जाऔं कता कुन्नी कहाँ । मधेसमा मधेसीले अधिकार खोजेका छन् । जनजातिले बन्द नेपाल सदालाई रोजेका छन् । स्वाभिमान नेपालीको बचाउने गाउँ छैन । नेपालमा नेपालीकै कहिं … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिमी

~कुन्दन काफ्ले~ तिमी फूल बनेर फूल, तर वास्ना भर्न नभूल । तिमी जून बनेर खुल तर ज्योत्सना छर्न नभूल । तिमी दियो बनेर वल तर ज्योति फैलाई नगल ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बिधीको शासन फेल भो

~कुन्दन काफ्ले~ दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो । छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो । पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो । मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : वान्छित सल्यक्रिया

~कुन्दन काफ्ले~ प्रणली कमसल हुन्न कुनै पनि केही गरी, अंगको खराबी हो, पीर्छ जसले घरी–घरी, आँटेरै फाल्नु बेस उखलेर त्यसको जरी, नत्र लाग्ला क्यान्सर है, रह्यो भने कसैगरी । पाँचै औंला एकैनास छैन हातमा तर,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कोशिस हाम्रो छानो

~कुन्दन काफ्ले~ चिन्ता रोगी हामी सबै कोशिस हाम्रो छानो । सफल हुन्छौं गरे प्रयास छैनौं हामी सानो । जीवन भोगाई छुट्टै हाम्रो कहानी छ लामो । मिलिजुली समस्याको गर्छौं छिनो–फानो । कोशीस हाम्रो छहारी हो, हामी यसका खम्बा । अभियान … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : कसोरी….?

~कुन्दन काफ्ले~ पिरतीको गीत म गाउँ कसोरी ? हरपल,हरदम मन रुवाउँ कसोरी ? निष्ठूरीका तीर नजर भूलाउँ कसोरी ? मुमर्mाएका रहरहरु फूलाउँ कसोरी ? दिन पछिको रात कालो कटाउँ कसोरी ?

Posted in छोक | Tagged , , , , , | Leave a comment

छोक : जब रुन्छ ….

~कुन्दन काफ्ले~ प्यार जब रुन्छ , गीत बन्छ । हार जब रुन्छ , जीत बन्छ । खुशी जब रुन्छ , सीत बन्छ ।

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : निर्दोष तिमी…..

~कुन्दन काफ्ले~ फूल हेर्दा पनि किन पातमा नजर जान्छ ? जून हेर्दा पनि किन रातमा नजर जान्छ ? सुन हेर्दा पनि किन हातमा नजर जान्छ ? गुन हेर्दा पनि किन बातमा नजर जान्छ ? हेराईको दोष हो यो, दोष हो … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : नारी अब भन्न सक्छे……

~कुन्दन काफ्ले~ महिला हिंसाको अन्त्य गर्न अगाडि जो आउँछन् । मानवता र सुशासनका हकदार कहलाउँछन् । हिंसाले महिला–पुरुष भनेर त भन्दैन । तर महिला अधिकांस पीडा आफ्नो लुकाउँछन् । आधा आकाश ढाक्ने हे शक्तिका परिचायक, तिमीलाई समाजले कहिले सम्म कजाउँछ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अविस्मरणीय……

~कुन्दन काफ्ले~ प्रेम रस वहाउँदै हिडेकी हे सुन्दरी । मलाई हेरी छड्के नजर नलगाउन घरी–घरी । छन् धेरै आफ्ना तिम्रा शुभचिन्तक वरिपरी । भीड यो शहरमा हेर छन् मान्छे थरी–थरी । क्षमाशील, त्यागी तिमी दया की मिसाल हौ । स्वन्दर्य … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पगरी पागल

~कुन्दन काफ्ले~ रोगी भएँ मानसिक, हेला कति गर्दछौ । म पनि त मान्छे नै हुँँ, आँखा कति तर्दछौ । दृष्टि तिम्रो बुझाई हो, पागल भनी जो भन्दछ । भेदभाव र घृणाले, मान्छे पागल बन्दछ । कुण्ठाहरुले मन मेरो त भित्र … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : मिल्नु पर्छ मिलौन है…….

~कुन्दन काफ्ले~ लेखेर त्यो प्रेम पत्र, कति पटक काटें होला । देखेर ती निश्चल आँखा, कति पटक ढाँटे होला । नढाँट्नु ढाँटे मैले आफैंलाई पटक–पटक । मनलाई आश्वासन मीठो कति पटक बाँटें होला । सफलता मिल्नु पर्छ, तिमीलाई फेरी पनि … Continue reading

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : नेतालाई स्यालुट छ

~कुन्दन काफ्ले~ नेता ज्यूका लागि भने हरक्षण अप्रील फूल छ । भाषण उनको सुन्दा खेरी भोकाले भोक भूल छ । लठ्ठ पार्ने बोली उनको सुन्दै भाग्य खुल्छ । हिंसा फैलाउने बोली साँच्चै त्यो अतुल छ । खाँटी हैन ढाँटी हिड्ने, … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~कुन्दन काफ्ले~ आमा ममताकी खानी तिमी हौ । दिने यो जीवन, जवानी तिमी हौ । सुनौलो इतिहाँस कहानी तिमी हौ । काली, दूर्गा, माँ भवानी तिमी हौ । हे जीवन दाता, जननी हे माता । तिमी हौ विद्या, तिमी नै … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : किन…?

~कुन्दन काफ्ले~ म रुँदा खेरी तिमी हाँस्ने गर्छौ । अपुरो प्रिती किन गाँस्ने गर्छौ । कमजोर मन यो किन भाँच्ने गर्छौ । चबाई कुरा किन ढाँट्ने गर्छौ । रसाई आँखा किन ताक्ने गर्छौ । खसाई आँशू किन झाँक्ने गर्छौ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : तिमी नै …

~कुन्दन काफ्ले~ तिमी नै गीत हौ, संगीत मेरो तिमी नै । तिमी नै प्रीत हौ, मनमीत मेरो तिमी नै । तिमी नै जीत हौ, अर्जित मेरो तिमी नै । तिमी नै हित हौ, सृजित मेरो तिमी नै । तिमी नै … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment