Tag Archives: Kshetra Pratap Adhikari

गीत : निष्ठुरी मायालु

~क्षेत्र प्रताप अधिकारी~ गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ निष्ठुरी मायालु…. बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : मेरो माया/ तिम्रो माया

~क्षेत्र प्रताप अधिकारी~ मेरो माया त्रिशूलीको पानी गैरो भएछ तिम्रो माया कृष्णभीरको माटो पैरो गएछ । त्यो पानीमा डुबिरहेछु त्यो माटोले पुरिरहेछु त्यतै कतै मलेखुमा

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : झरेर फुलेको छहराको पानी

~क्षेत्र प्रताप अधिकारी~ झरेर फुलेको छहराको पानी पढेर भुलेको म एउटा कहानी सहरतिर नौलो माया भेटिएर हो कि कुन्नि रोदीघरमा लाको माया मेटिएर हो कि कुन्नि हिजोआज चिठीपत्र आएको नि छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले त हैन तिम्रा भाकाहरुले

~क्षेत्र प्रताप अधिकारी~ तिमीले त हैन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् मैले पनि हैन मेरा अँखाहरुले तिम्रो लागि रोइसकेछन् त्यसै त्यसै कस्तो गाढा माया बसेको धुँदा पनि जाँदै नजाने माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नेपाल

~क्षेत्र प्रताप अधिकारी~ प्रिय सम्पादक ! तिमी सम्पादकीयमा नेपाल लेखिरहेछौ म, कवितामा नेपाल लेखिरहेछु विधा भिन्न भएर के भयो त हामी एउटै नेपाल लेखिरहेछौँ हाम्रो सौन्दर्य त्यही हो कहिलेकाहीँ तिम्रो पत्रिकामा मेरो कविता पनि छाप है !

Posted in कविता | Tagged | Leave a comment

गीत : लाको माया लाइन नभन

~क्षेत्र प्रताप अधिकारी~ लाको माया लाइन नभन थाहा पत्तो पाइन नभन बिपनी मा हासे पनि सपनीमा रुन्छु औंलाहरु चुमी हेर म त तेतै हुन्छु बैगुनीले मारी भन्यो रे दोधारैमा पारी भन्यो रे तिम्रो बारे कताकता कुनि के के सुन्छु औंलाहरु … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : यौटा तारा खस्यो

~क्षेत्र प्रताप अधिकारी~ धेरै ताराहरू थिए यौटा तारा खस्यो त्यही यौटा तारासित मेरो सारा खस्यो । आकाशभरि तारैतारा मेरै तारा किन खस्यो त्यै खसेको तारासित मेरो मुटु किन खस्यो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मेरो अपहरण

~क्षेत्र प्रताप अधिकारी~ कसैले मलाई दागा धर्यो र, मेरो अपहरण गर्यो दस लाख फिरौती माग्यो र, मैले दिन सकिनँ अब मेरो हालत के हुन्छ ! अचेल म- यस्तो सोचमा अल्झेको छु ! म किन अपहरण हुने ? आफैँलाई सोधिरहेँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कविता

~क्षेत्र प्रताप अधिकारी~ मलाई थाहा थियो तिमीलाई फूलको कविता मन पर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ ! अनि, मलाई थाहा थियो- तिमीलाई परेवा घुरेको प्रशान्त प्रेमको कविता मन पर्छ तर मलाई थाहा थिएन

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : भयभीत गीत

~क्षेत्र प्रताप अधिकारी~ कस्तो होला हिमालको हिउँ पग्लेपछि कस्तो होला समुद्रको पानी अग्लेपछि सुन्दा पनि डरै लाग्छ देख्नु परे के के होला नि ! हिउँबिनाको सगरमाथा

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : तिम्रो हाम्रो मनको दुरी

~क्षेत्र प्रताप अधिकारी~ धेरै देखेँ सपनीमा धेरै लेखें चिठी एउटा उत्तर पाए नि रिमै मायाबिना सित्ती दोधारेको पारा माथि चढेजस्तो छ तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ मैले पनि सपनीमा नदेखेको हैन बस्न पाउन प्रतिउत्तर नलेखेको हैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लिलाम बढाबढको सूचना

~क्षेत्रप्रताप अधिकारी~ माटो बिक्रीमा छ पानी बिक्रीमा छ राम्रो बलियो बहादुर बानी बिक्रीमा छ । जहाँ छ, जस्तो छ अवस्थामा ढुङ्गोमुढो, खोलानाला निरिक्षण गर्न सकिनेछ ढल बग्ने बागमतिदेखि जल बग्ने कर्णालीसम्म एक्मुस्ट सकार्नुपर्नेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : भरिया, ज्यामी, इत्यादि

~क्षेत्र प्रताप अधिकारी~ डोकोमा गाउँ बोकेर उकालो लागेको धनमान ठाँटी पाटीमा कतै एक बर्को शान्ति ओढेर निर्धक्क थकाइ निदाउँछु भन्छ भरियाले चाहेको त्यत्ति हो । डल्ला फर्काइफर्काई घाममा अधियाँ जोतिरहेको हर्षबहादुर सुस्केरा रोपेर टारीमा जीविका फलाउँछु भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : थारो कविता

~क्षेत्र प्रताप अधिकारी~ पटुकामा अनिकाल कसेर कर्णाली रोएको बेला म हुम्ला लेखिरहेछु मेरो कविता – समोसा भैदिएको भए अक्षरका डल्लाहरू केही त्यता पठाएर केही यता बेचेर कम्तीमा पनि समोसा साहू त भइँन्थ्यो त्यस्तो केही भएन म बाँझो कवि थारो कविता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु

~क्षेत्र प्रताप अधिकारी~ थुम्का मुन्तिर- सुरुङभित्र सानो तामाको टुसो । किशोरीबोट छातीमा मीठो चोट काचो बेलौती । कुरैकुरामा तामा खाने तिर्सना ओइलाएछ । सालीको भट्टी – तातेको तिनपाने

Posted in हाइकु | Tagged | Leave a comment

गीत : बिर्सुंभन्दा सम्झना पो

~क्षेत्र प्रताप अधिकारी~ बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ यो मन त्यसै परेलीमा अल्झे जस्तो छ रोदीघरको कुनातिर भुलेछ कि कुन्नि चौबन्दीको तुनातिर फुलेछ कि कुन्नि बहकिने मनको व्याथा साह्रो हुँदो रैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल गीत : के के खान हुन्न

~क्षेत्र प्रताप अधिकारी~ सुन सुन नानीहरू खानेकुरा सुन के के खानुहुन्छ अब के के खान हुन्न । दुःख खान हुन्छ बाबा हरेस खान हुन्न दुःख सुख जे परेनि चरेस खान हुन्न ।

Posted in बाल गीत | Tagged | Leave a comment

गजल : जून खोज दुखी

~क्षेत्र प्रताप अधिकारी~ अँधेरोमा एउटा जून खोज दुखी अलिनोमा थोरै नून खोज दुखी सामन्तहरू बैगुनी हुन्छन् बैगुनीमा कतै गुन खोज दुखी

Posted in गजल | Tagged | Leave a comment

कविता : विडम्बना

~क्षेत्र प्रताप अधिकारी~ धेरै नदीहरू जन्माएर तिर्खाएको देश खडेरीले हिर्काएको देश बाढीले तानेको पहिरोले हानेको अभागी देश संसारमा कतै छ भने त्यही विडम्बना हो मेरो देश । धेरै जलाधारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो अक्षता

~क्षेत्र प्रताप अधिकारी~ यसपालि पनि मान्छेको रगतमा मुछेर लगाउने हो कि क्या हो दशैंको रातो अक्षता? कस्तो नन्सेन्स प्रश्न! देशमा जुठो परेको बेला टीको लाउनेलगाउनेहरु काजकिरिया बसेको बेला रातो अक्षता सजाउने भाग्यमानी निधार खोइ?

Posted in कविता | Tagged | Leave a comment

कविता : बाजेको व्यथा

~क्षेत्र प्रताप अधिकारी~ जिन्दगी फुलेन भनूँ भनेँ कपाल पनि फुल्यो फुल्यो भनूँ भनेँ पेटभरि दुई छाक दाल भात पनि फुलेन सधैँ गुनासो सधैँ गनगन कति थुमथुम्याउने यो मन अब त आँत पनि सुकिसक्यो कान्छा अब त गाउँघर दुखिसक्यो कान्छा ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई छोडी मेरो छायाँ

~क्षेत्र प्रताप अधिकारी~ मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमि सम्म आई पुग्दा साँझै परेछ त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु तातो माया संगालेर, खोजि रहें साथीहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त लालीगुराँस

~क्षेत्र प्रताप अधिकारी~ म त लालीगुराँस भएछु मनै भरि फुली दिन्छु बनै भरि फुली दिन्छु म त लालीगुराँस भएछु फाँटहरुले कसलाइ पुग्छ, भिरमा पनि फुलिदिन्छु २

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीतकार तथा कवी क्षेत्रप्रताप अधिकारीमा श्रद्धान्जली

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । दुई दिनअघि ह्दयघात भएपछि उहाँलाई गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राती अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ । अधिकारीले लेखेका हेर आज सगरमाथा रोइरहेछ लगायतका … Continue reading

Posted in Misc | Tagged | Leave a comment

गीत : देशको गीत

~क्षेत्रप्रताप अधिकारी~ मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस् म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment