Tag Archives: कृष्णप्रसाद कोइराला – Krishna Prasad Koirala

समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र

~कृष्णप्रसाद कोइराला~ प्राज्ञिक जगत्मा नदीको जलप्रवाहको गति झैं निरन्तर चर्चा र सम्झना भइरहने नाम हो, विश्वेश्वरप्रसाद कोइराला (१९७१ : काशी, भारत – २०३९ : काठमाण्डौं ) । नेपाली साहित्य र राजनीति दुबै क्षेत्रमा समुज्वल नक्षत्र भएर चम्किरहने र राष्ट्रिय तथा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : मुनामदन खण्डकाव्य

~उपप्रा. कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’

~कृष्णप्रसाद कोइराला~ ‘साहित्य हो, सभ्यताको प्रतीक । मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुट्ठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो । आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्णसत्यता कसैमा पनि छैन । साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : उत्तर–आधुनिकताका सन्दर्भमा डा. ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास

~कृष्णप्रसाद कोइराला~ १. लेखक परिचय डा. ध्रुवचन्द्र गौतम (जन्म– २००० : रक्सौल, भारत) नेपाली साहित्यमा नौला–नौला बान्की र विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन् । यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रूपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा

~कृष्णप्रसाद कोइराला~ भवानी भिक्षुको परिचय माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा विक्रम संवत् १९६६ साल जेठ २१ बिहीबारका दिन लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका भवानी भिक्षु आधुनिक नेपाली कथाको फाँटमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मुनामदन खण्डकाव्य

~कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नाट्यतत्त्वका आधारमा अँध्यारामा बाँच्नेहरू एकाङ्की

~कृष्णप्रसाद कोइराला~ अँध्यारामा बाँच्नेहरू एकाङ्की एकाङ्कीकार मनबहादुर मुखिया (२००२) द्वारा रचना गरिएको नाट्यरचना हो । यो उनको अँध्यारामा बाँच्नेहरू नामबाट प्रकाशित एकाङ्कीसङ्ग्रहको सातौँ क्रममा रहेको सिर्जना हो । यस एकाङ्कीको शीर्षकले सङ्केत गरेबमोजिम नै यसमा चेतना र शिक्षाको आलोकबाट ओझेल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक

~कृष्णप्रसाद कोइराला~ १. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् … Continue reading

Posted in समीक्षा | Tagged | 2 Comments

समीक्षा : भिक्षुको ‘हारजित’ कथामा भाषिकप्रयोग र शब्दस्रोत प्रकाशित समय

~कृष्णप्रसाद कोइराला~ १.१. कथाकार भवानी भिक्षु आधुनिक नेपाली कथाका समुज्ज्वल नक्षत्र कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ मा नेपालको हालको कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा भएको हो । शारदा पत्रिकामा वि.सं. १९९५ मा प्रकाशित भएको ‘मानव कथा उनको प्रकाशित पहिलो … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment