Tag Archives: Kishor Dahal

कविता : मुक्ति

~किशोर दहाल~ मिस्टर माइन्ड मेनेजर ! मलाई मुक्त गर- माकुरे जालोहरूबाट म तिम्रा भ्रमको खेतीबाट छुट्कारा चाहन्छु ! म पढ्न चाहन्छु- तिमीले जस्तै ठूल्ठूला पुस्तकहरू आइएनजीओका रिपोर्टहरू नयाँ अनुसन्धानका निष्कर्षहरू विदेशी दुतावासका ‘क्लु प्वाइन्ट’हरू

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदो मान्छे

~किशोर दहाल~ अधुरो प्रेमपत्र शैली नमिलको कबिता रक्सीको ह्याङओभर नागरिकताको फोटोकपी यस्तै–यस्तै केहि हो– जिउँदो मान्छे भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सम्झनामा बैशाख १२

~किशोर दहाल~ २०७२ बैशाख १२ गते शनिबार ! खाना खाईसकेर कपडा धुँदा बिहानको एघारजति बजिसकेको थियो । म कोठामा बसिरहेको थिएँ । १० कक्षामा ‘समूह’ भन्ने पाठ पढाइसकेकाले म साे पाठकाे परीक्षा लिने योजनामा थिएँ । त्यसकै निम्ति एसएलसी र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बेसीशहरमा बरालिँदा

~किशोर दहाल~ मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेसवादी तथा जनजाति केन्द्रित दलहरूले गरेको दुइदिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । त्यसको सदुपयोग गर्न कतै घुम्न जाने कुरा भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो । अन्तत: गाउँशहर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : पैसा भेट्टाउने तरिका

~किशोर दहाल~ आज घर छेउमै एउटा छेपारोलाई ढुङ्गा हानेर मारिदिएँ । मरिसकेको छेपारो जब उत्तानो पल्टियो । मेरो स्मृति पनि त्यसैगरि पल्टियो । छेपारोको सेतो काया जस्तै ‘ब्ल्याक एण्ड ह्वाइट’ भएर । * * * एउटा साथीले भन्यो– आज पैसा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : चाचा : निरन्तर संघर्षशील, निरन्तर क्रान्तिकारी

~किशोर दहाल~ माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन् । शान्तिप्रक्रियामा उसको अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए । अनेक कोणबाट अनेक तथ्यहरु खोतलिए । तर, जनयुद्ध कालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मयुर टायम्स पढेपछि…

~किशोर दहाल~ मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल बिषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखे–मयुर टाईम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको बिषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादब मयुर … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : विजयकुमारको ‘खुसी’: बडप्पनको बकपत्र

~किशोर दहाल~ अध्ययन र अनुभवले खारिएका पत्रकार विजय कुमारबारे ‘कामना सिने मासिक’ले२०४५ सालतिरै यस्तो लेख्योः “नेपाल टेलिभिजनका सुपर स्टार विजय कुमार,जसका आँखाहरु कुनै अर्कै दुनियाको सपना देखिरहेझैं प्रतीत हुन्छ ।” (पेज न. ११०) विजय कुमारलाई विनोद चौधरीले भन्थेः “चानचुने मानिस हो र तपाईं ? विनोदचौधरीले बान्ता सोहोरेको मानिस पो हो त ?” (पेज न. १४०) र, विजय कुमार त्यो हो, जसले आफ्नै बारेमा यस्तो लेखेः “टाउकोमा गोली खानेसम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तोहुने थिइनँ,जस्तो भएँ । (पेज न. २६८) यी सन्दर्भले विजय कुमार को हुन्, कस्ता व्यक्तिसँग संगत गरे र कस्ता व्यक्तिकोस्कुलिङले आफुलाई खरो बनाउँदै लगे भनेर बुझ्न सकिन्छ । यद्यपी यो बुझाईपर्याप्त भने हुने छैन, केबल झल्को पाउन सकिन्छ ।

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कूटनीतिक अनुभवको दस्तावेज

~किशोर दहाल~ रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तिब्‍बती शरणार्थीका सकस

~किशोर दहाल~ नेपालमा शरणार्थी शब्दले मूलतः भुटानी शरणार्थीलाई प्रतिबिम्बित गर्छ । तिनका सुखदुःख, विवशता, संघर्षका धेरै कथा छन् । तर, यो मुलुकमा उस्तै घटना, उस्तै संघर्ष (भाषा, धर्म, रहनसहन, भेषभुषा र परम्पराको फरकपनले अझै बढी) ले भरिएका तिब्बती शरणार्थी पनि थिए र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment