Tag Archives: Kiran Dahal

पुस्तक समीक्षा : राजमाया : होलोग्रामजस्ता कथा

~किरण दाहाल~ पछिल्लो समय नेपाली साहित्य संसारमा फरक–फरक शैलीका पुस्तकहरुले अबतरण गर्न थालेका छन् । त्यसै पङ्क्तिमा नयाँ पुस्तक थपिएको छ– राजमाया । दुर्गाबिनयको यस कथा सङ्ग्रहमा पाठकले परम्परागत भन्दा केहि भिन्न शैलीका कथाहरु पाउनेछन् । सङ्ग्रहका एकपछि अर्को कथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कल ब्रेक

~किरण दहाल~ फिँजाएर ओछ्यानभरी हेरिरहेछ ऊ– विश्वविद्यालयले दिएका प्रमाणपत्रहरु र, सम्झन्छ बाबाको अर्ती– धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ अनि आक्रोस पोख्छ– ‘पढिगुनी के काम हलोजोती खाए माम’ एउटा प्रचलीत नेपाली उखान

Posted in कविता | Tagged | Leave a comment

कविता : चुँडिएको चङ्गा

~किरण दहाल~ धेरै पहिले सोधेकी थिई उसले– पाईलटको अर्थ नर्सको जिन्दगी कसरी लेखिन्छ कबिता ? जतिबेला ऊ कोपिला नै थिई बेला–बेला सोधिरहन्थी ऊ ‘पजल गेम’जस्ता प्रश्नहरु अन्तिम पटक सोधेकी थिई उसले

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सिल्ली लभर : सिल्ली समयको कथा

~किरण दहाल~ बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कमरेडलाई प्रश्न

~किरण दहाल~ सपनामा आउँछन् माक्र्स र, सुनाउँछन् मलाई द्वन्द्ववादका सिद्धान्त सुनाउँछन् स्वप्न कथा– कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ? के–के हुन्छ त्यहाँभित्र ? जुन कथा तपाईले सुनाउनुहुन्थ्यो पहिले–पहिले कमरेड !

Posted in कविता | Tagged | Leave a comment

कविता : एक साँझ बसन्तपुरमा

~किरण दहाल~ अस्ताएको सूर्यसँगै उदाउँदै छन्, नयाँ प्रेमिल जोडीहरु मध्यस्तकर्ता बनेका छन् –पानीपुरी –चट्पटे –आईसक्रिमहरु अँध्यारोलाई पन्छाएर बलिरहेछन् ल्याम्पपोष्टहरु ठिङ्ग छन् मन्दिरहरु

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : तुइन – गुमाउनेका कथा

~किरण दाहाल~ बाँकी नेपालले कर्णालीलाई चिन्ने भनेको नुन र चामलको अभावले हो । झाडापखालाले त्यहि कर्णालीलाई सताउँछ, नुनको ढिक्का र ‘चावँल’को गेडाले त्यहि कर्णालीलाई सताउँछ । औषधीको गोली, खडेरी र अनिकालले पनि त्यहि कर्णालीलाई सताउँछ । समग्र राज्य ब्यबस्थाले पनि … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment