Tag Archives: Kartikeya Ghimire

बाल कथा : दसैँ

~कार्तिकेय घिमिरे ~ “हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?” आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । बहिनीको त्यो अबोध अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ । ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ – “नानू हाम्रो बाबा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल कथा : ताली

~कार्तिकेय घिमिरे~ रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्‍यो । “म किन लङ्गडो भएँ हुँला, मलाई भगवान्ले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~ स्थान – एउटा घरको बैठक कोठा समय – दिउँसो पात्रहरु आमा : ३५ वर्षकी अधबैंसे । छोरी : ११ वर्षकी । (पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा आमा पुराना लुगा बोराको थुप्रो छेउमा बसेर ती लुगा पट्याउँदै बोरामा हालिरहेकी हुन्छिन् । त्यसैबेला एउटी ११ वर्षकी छोरीको आगमन पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल एकाङ्की | Tagged , , | Comments Off on बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~ रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे । ‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो । श्याम झापड पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

लेख : बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू

~कार्तिकेय घिमिरे~ बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ । एउटा बालक, आजको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : लेख | Tagged , , | Comments Off on लेख : बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू

बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

~कार्तिकेय घिमिरे~ “गे रामजनम” – रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार-हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउँदै घरतिर दौडिए। रामजनम डराउँदै-डराउँदै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै डरलाग्दी थिई। ठूला ठूला आँखा, मोटा-मोटा हात। रामजनमको हात च्याप्प समात्दै जुरूक्क उचालेर उसकी आमाले उसलाई भान्सामा लगेर पछारी। रामजनम पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

कथा : उनको ओठमा नफापेको मुस्कान

~कार्तिकेय घिमिरे~ मेरो उपस्थितिले न उनलाई गलायो न हँसायो नै । हुन त मेरो हैसियत नै के छ र जसले उनलाई हँसाओस् या गलाओस् । म किन आएँ यहाँ थाहा छैन । म किन यहाँबाट जाँदैछु, त्यो पनि थाहा छैन । चारैतिर ‘थाहा छैन’ मडारिएको छ । सब थोक छ यहाँ जुन प्राप्तिको लागि म लहसिएको थिएँ । तर आज पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | Comments Off on कथा : उनको ओठमा नफापेको मुस्कान

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~ जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’ उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं के भयो ?’ अबचाहिँ उनी केही बोल्न खोज्दै थिए, तर बाबाले बोलाइहाल्नुभो, ‘ल राम दाइ, छिटो गाडी निकाल, धुलिखेलतिर जानुपर्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : मेरी सानी बहिनी

कथा : भोक

~कार्तिकेय घिमिरे~ गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्छ । ग्राहकहरू अम्बालाई कम फूलजस्ती रीतबालाई बढी हेर्छन् । रीतबा अम्बा बेच्न बसेकी छ । रामजनम पीपलको छहारीमा लम्पसार परेर सुतेको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली कथा | Tagged | Comments Off on कथा : भोक

बाल कथा : यस्तो सँधै किन हुन्छ ?

~कार्तिकेय घिमिरे ~ नमस्ते म आशा हुँ । अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु पनि सबै मिलनसार छन् । तर मलाई सँधै मेरो विद्यालयको गेटमा नपुगुन्जेलसम्म दिक्क लाग्छ । डर पनि लाग्छ । विद्यालय पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : यस्तो सँधै किन हुन्छ ?

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~ आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक अर्काको मुख हेरेर मुसुमुसु हास्न थाले । साच्चै धरहरा घुम्न जाने कुराले सबैमा खुसी छाएको थियो । खै ! यमुना पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : धरहरा चढ्दाको मज्जा

बाल कथा : डस्टर उड्यो

~कार्तिकेय घिमिरे ~ मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो । कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए । ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र छिर्नु भयो । सबै विद्यार्थी गुड आफ्टरनुन सर भनेर एकैसाथ उभिए । उहाले ल ल ठीक छ बस बस भन्नु पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : डस्टर उड्यो

बाल कथा : हनुमानले सूर्य निले

~कार्तिकेय घिमिरे~ एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रन्थ्यो । ठूलाठूला रूखका हाँगा एउटै हातले भाँच्थ्यो । त्यो सानो बालकको शक्ति देखेर गाउँलेहरू अचम्म मानेर हेर्थे, उनीहरू बालकदेखि निकै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : हनुमानले सूर्य निले