Tag Archives: कनकधारा स्वामी स्वदेशानन्द – Kanakdhara Swami Swadeshanand

छन्द कविता : गाड़ी पुरानो भयो…

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी, गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि। पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो, तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01। फोटा हेर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी। टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।। तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण। टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म। तिम्रो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि। आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्। गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।। गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी। ‘गौरी’ प्रेम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भन्नेगरेकी छु म

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा। डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।। पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै। बारीमा हरिया भएर लहरा उर्लेर आए अझै। … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment