Tag Archives: Kamal Kumar

कविता : बूढो माउते र हात्ती

~कमल कुमार~ अजङ्गको हात्तीको गर्धनमा टाँसिएर दिनभरि घुमिरहन्छ र घुमाइरहन्छ एउटा लुरे ज्यानको बुढो माउते चहार्छ जङ्गल

Posted in कविता | Tagged | Leave a comment

कथा : म गणितमा कमजोर छु

~कमल कुमार~ “तिमीलाई के गर्न मन लाग्छ ?” “मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।” “तिमीले नेपालको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर कब आओगे?

~कमल कुमार~ लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Poem of You

~Kamal Kumar~ I collected the most beautiful moments of life, I gathered the color of joys. With a brush of happiness, on the canvas of dream, I sketched all the emotions I had, and I got the Picture of you.

Posted in Poem | Tagged | Leave a comment

Poem : I Forget

~Kamal Kumar~ I am happy happier than I look you see, I am sad Sadder than I look I forgive more than I do I forget

Posted in Poem | Tagged | Leave a comment

कविता : सुन्दर, अति सुन्दर

~कमल कुमार~ तिमी सँगै हुनु कति सुन्दर तिमी नहुनु झनै सुन्दर तिम्रो याद अति सुन्दर सम्झिनु कति सुन्दर सम्झिँदै हराउनु झनै सुन्दर हराउँदै सम्झिनु त अझै सुन्दर बिर्सिएको सम्झना अति सुन्दर

Posted in कविता | Tagged | Leave a comment

कविता : आउनेछ त्यो दिन

~कमल कुमार~ आउनेछ त्यो दिन जहाँ पड्किनेछन् ट्वीटहरु बहिराको नक्कल गर्नेका फुट्नेछन् कानका जालीहरु आउनेछ त्यो दिन जहाँ भित्ताभरि पोतिनेछन् अन्धाले पनि देख्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : कुकुरहरु

~कमल कुमार~ किन भुक्छन् कुकुरहरु ? तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई किन झम्टिँदैनन्? मालिकहरुलाई देख्दैनन् किन कुनै आतंक? रगत लत्पतिएका कम्ब्याट पोशाकमा कम्मरमा लुकाइएका

Posted in कविता | Tagged | Leave a comment

कविता : भन पण्डित्

~कमल कुमार~ भन पण्डित् फलाकेर क्लिष्ट मन्त्रहरु कति बालिकालाई पढ्न सिकायौ? घिउमा मुछेका अन्नका दानाहरु होमेर अग्नी देवतालाई कति भोकलाई शान्त पार्यौ?

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ – शहर

~कमल कुमार~ गाउँदेखि शहरसम्म एउटा बाटो छ कहिँ हिलो कहिँ धुलो माटो छ एका विहानैदेखि गाउँ ट्याङ्करका ट्याङ्कर ‘शुद्ध खाने पानी’ दिन्छ शहरलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कवि मरेर गयो

~कमल कुमार~ कवितामै भए पनि एउटा सुन्दर फूल फूल्दथ्यो सपना उदाउँथ्यो हरेक विहान अन्धकार झर्दथ्यो शीत भएर हिमाल रातै रंगिन्थ्यो बालक हाँस्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : असार

~कमल कुमार~ चुमेर सुस्तरि गालाभरि फलेका आलुबोखराहरु वसन्त, हिउँद र गृष्म बाँचेको गुलमोहरको रुख जस्तै वयोवृद्ध सम्झनाका पत्रहरुलाई नचाउँदै मन्द मन्द

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

~कमल कुमार~ पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र प्यारो म मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । … Continue reading

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : रित्तो बस‍

~कमल कुमार~ बस छुटिसकेको बसपार्कमा मलाई लिएर जाने बस फेरि फर्केर आए जस्तो नसोचेको आयौ तिमी एक बस खचाखच सम्झना बिउँताइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र सडक

~कमल कुमार~ पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ, बाउ र छोराहरु

~कमल कुमार~ रातो सूर्यास्तका बेला गाउँ एक्लो छ बाउ एक्लो छ दिनभरि कामबाट फर्केर ढोका उघार्न आइपुग्दैन कुनै छोरो । नजिकै छिमेकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जयपुर जाने हो सान्नानी?

~कमल कुमार~ जयपुर जाने हो सान्नानी? मैले सान्नानीलाई सोधेँ भनेँ सान्नानी लामो रेल चढौंला हेरौंला उडेका चराहरु र बगेका नदीहरु लामा लामा पुलहरु मान्छेहरु बजारहरु बस्तिहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : किम्बुको बोटमुनि

~कमल कुमार~ हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कति पटक १२ बज्यो होला जिन्दगीमा?

~कमल कुमार~ १२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर र मट्टीतेल

~कमल कुमार~ मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बा, मकै र शान्ति

~कमल कुमार~ ४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए ‘बहुदल आयो’ सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले ‘माले’ बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा पुरानो कविता

~कमल कुमार~ एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना दिदी र नेपाल बन्द

~कमल कुमार~ थानकोटमाथिको तामाङ बस्तीबाट एकाविहानै सम्झना दिदी मुल सडकतिर फटाफट झरिरहँदा आमाको सुकेको छाती अघाउन्जेल चुस्न नपाएको काखे छोरोको अतृप्त रुवाइ बाक्लो हुस्सुबीच पातलिँदै जान्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : रातोमाटे, रिसोर्ट र सपनाहरु

~कमल कुमार~ म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहाउँदैछु पसीना तप्प तप्प सम्झिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौली जाने बसमा

~कमल कुमार~ खै के खै के जिन्दगीबाट विरक्तिएर खै कता खै कता जान हिँडेका दुई युवती टोलाउँदैछन् ड्राइभर पछाडिको सिटमा सडक जस्तै पुरानो

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना टुटेर के भो

~कमल कुमार~ सपना टुटेर के भो म फेरि पनि निदाइदिन्छु म दोबाटोमा छुटेर के भो म अर्कै गोरेटो भेटाइदिन्छु मलाई छैन चाहत

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कठै जुम्ला

~कमल कुमार~ डाँफे लेकमा उड्दथ्यो, फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दा नाच्दथे बेसीँमा धानका बालाहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो बाटो कुन होला?

~कमल कुमार~ हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला? फेरी हाम्लाई भेटाउने दोबाटो कुन होला? न गन्ध छ, न दुर्गन्ध छ, निर्जन यो एकान्तमा हाम्रो आफ्नै सुगन्ध थ्यो, त्यो माटो कुन होला? हिँड्न खोज्दा अल्मल्लेको त्यो बाटो कुन होला?

Posted in गजल | Tagged | Leave a comment

कविता : पर पर क्षितीजमा

~कमल कुमार~ पर पर क्षितीजमा अस्ताउँदो सूर्यको लालीमा बादलका रङ्गीचङ्गी धर्काहरु आकाशको छाती नाप्थे, बादलका अमूर्त ढिक्काहरुमा रुमानी कथाहरु बुनिन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~कमल कुमार~ मेरो गाउँ टाढा छ मन बोक्छु डोकाभरि सपना गाढा छ । बादलपारी शहर छ उडी जाने रहर छ म हिँड्ने बाटोमा पहिरोको डर छ

Posted in कविता | Tagged | Leave a comment

कथा : लाले, सरस्वती पुजा र पुरी

~कमल कुमार~ हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : The butterfly dream

~Kamal Kumar~ Long long time ago he was following a thread of way made by the colorful butterflies, and he was paused at a beautiful theater of flowers. Then he followed the height of dad’s shoulder, warmth of mom’s lap, … Continue reading

Posted in Poem | Tagged | Leave a comment