Tag Archives: Kalpana Tumrok

कविता : तिम्रै सम्झना

~कल्पना तुम्रोक~ तिमी आउछौ भन्ने आशमा चौतारीमा एक्लै कुर्न सकिन नयाँ बाटो रोजेर चौतारिलाई छोड्न पनि सकिन । छल्किएका नयनहरु, भिजेका परेलीहरु एक्लै एक्लै हिडि रछु बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमानका घाउहरु

~कल्पना तुम्रोक~ मनका दुखाईहरु दुखेर पनी पुगेन मलाई, चाहनाका पहाडहरु भत्किएर पनि, बर्तमान दुखेन, म वर्तमानलाई दु:खाउनु चाहन्न। मेरो अतित लाई धेरै दुख्यो, निर्दोस नयनलाई पनि रुवाउनु चाहन्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिबनका केही अबसेषहरु

~कल्पना तुम्रोक~ समयको गति सँगै, भेटिनु अनी छुट्टीनु बिधीको बिधान नै रहेछ मानब जन्मदै मृत्युलाई अङ्गालेको हुन्छ अपरिचित थियौ, परीचितको रेखामा भावनाको साइनोले हाँसी बोली स्वछ अटल हाम्रो पवित्र माया थियो

Posted in कविता | Tagged | Leave a comment