Tag Archives: kabita

कविता : समस्यापूर्ति

~शम्भुप्रसाद ढुङ्गेल~ वचनका रचन्मा फसेको छु आज तिमीदेखि क्यै छैन मेरो इलाज । कडा इश्कका आँचले चित्त भूटयो तिमी तीमि भन्दा घरैबार छूटयो ।।१।। मुहार्को जुहार् चम्किलो देखि आयें

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो विन्ति छ कान्छा, दसैंमा चाँडै घर फिरी आउ

~स्वर्णिम गुरुङ~ पोहोर सालै किरिया हालेथ्यौ कान्छा, दसैंमा घर फिरि आउने चौबन्दी,चुरा र फुलबुट्टे फरिया, दसैंको कोशेली बोकी ल्याउने । डाँडा घरे जेठा तामाङ घर फिरि आका , गोडा दशेक दिन भई सक्यो क्यारे।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~ आँखा रसाउँदैन उसको कसैको दुःखमा अब अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा उखुबारीमा रक्ताम्य लाश देख्दा नि आफ्नै छोरीको । ऊ त उफ्रयो झन् उन्मत्त खुसीले घिसारेको देख्खा एउटा सहयोद्धालाई काँडाघारीमा पुलिसले ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश नेपाल

~बाबु रोकामगर~ कति लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र अब त देशको वारेमा पनि केही लेखांै न है मित्र के–के भईरहेको छ हाम्रो देशभित्र मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाईमा

~निशा कटवाल~ तिमी बिनाको जीवन कहिले पर्खाईमा बिते, कहिले आँशुमा डुबेर बिते,, एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते, कयौं रात कयौं दिन ओजलमै बिते कहिले कहालिँदो रातमा ब्युझेर

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी पो भैसकेछु

~सागर बोहरा~ नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हराई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभात

~सोमनाथ सिग्देल~ हटयो मलिन आसुरी स्थिति विभावरीको विभा, प्रभात अति शोभियो, लिइ अपूर्व दैवी प्रभा। – विवेक सब वस्तुको हुनगयो नवालोकमा, खुल्यो विमल विम्बको उदय भित्र प्राकाशमा ।।१॥ उड़े करुण-केशरी उद्य-शैलको शृङ्गमा, सदा फटफटाउंदै किरण-सङ्घको रङ्गमा ‘

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव–अधिकार

~गोपाल विरही~ (१) मानव–अधिकार कागतिजस्तो– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँका यथार्थहरु

~बि. कुलुङ्ग राई रंगबुले~ एकदिन यथार्थले भावनाको खाँबो अडाएर उत्तोलक भइदिने निधो गरे किनकि छुनु थियो उसलाई सान्त्वनाको आकाश । सान्त्वनामै भए पनि स्वतन्त्रतासित

Posted in कविता | Tagged , | Leave a comment

कविता : उपदेश-शतकबाट

~सोमनाथ सिग्देल~ लक्ष्मणखातिर बूटी खोज्नाको रामले दिदा काम । हनुमान् गएर ल्याए, ‘सक्नेलाई दिनू काम’ ॥ (१) जाली दानव वृकले शिवको सेवा गरी लिएर वर । गौरी नै लिन खोज्यो, ‘नगरे ठगमा पत्यार भर’ ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्योग के भन्छ ?

~चक्रपाणि चालिसे~ (१) अर्काकै भरमा छ बिल्कुल खुपो आफूमहाँ शून्य छ । इच्छा राख्छ करोडको जिउभने आलस्यको दास छ ॥ डिल्ली हाँक्तछ जोडिदिन्छ गफले आकाश पाताल नै । शूरो झै अघि सर्न खोज्छ रणमा ताऊ जुगामा दिदै ॥ (२) खूबै … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : समय र सम्बन्ध

~मनाेज ज्ञवाली~ सम्बन्ध र साथ एकनास रहदैन नि, के हुन्छ के, खै एक रङ्गमञ्च जस्तै। मुस्कुराहट सबै न फुल जस्तो हुन्छ, न त व्यवहार पारदर्शी पानी जस्तो । भनिन्छ सम्बन्ध निःस्वार्थ नि हुन्छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मर्मको रक्षार्थ

~सत्य पहाडी~ तिम्रो सम्झनालाई शक्ति बनाएर विरताको ईतिहास रक्षार्थ दृढ़ताका मुठि उचालेर न्याय र समानताको लागि लडिरहेकै छौं अहोरात्र तिम्रो प्रेरणाको पटुकि कसेर निरंकुशताको बिरुद्ध बन्दुक बोकेर तानाशाहलाई घोडाबाट खसालेकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय स्तम्भ

~अनुपम थामी ‘अनुपम’~ छातिको अनन्त गहिराईमा आमाको माया डुबाएर यात्रामा हिंड्दै गरेकी एक अथक छोरीलाई केही नरपशुहरूले जिउँदै चिथोरेर कोपरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नारी आधुनिक यूगको

~स्वर्निम गुरुङ~ उठ जाग ! हे नारी सबै त्यो भीषण अन्ध्यारो यूग बिति सक्यो। छोरीको जन्म हारेको कर्म उक्ति यो पुरानो भईसक्यो। सबल छौ, सक्षम छौ शिक्षाको ज्योति देखेकी छौ। पिल्सिएर ,गुम्सिएर अब बस्न होइन निडर बन् ,स्वनिर्भर बन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड नं. ३०४ बाट

~डा. जीवेन्द्रदेव गिरी~ छु म अहिले कोबिड वार्डमा बेड नं. ३०४ मा गङ्गालाल हृदय केन्द्रमा बिहानै आउँछिन् सफाइ गर्न प्रिय बहिनी आधुनिक कूचो बोकेर जिउ छोपेको पोसाकमा अनुहार चिन्दिन म

Posted in कविता | Tagged | Leave a comment

गजल : निष्ठुरी किन बानि सिकाएनौ

~ममता मृगतृष्णा~ आफ्नो जस्तै निष्ठुरी किन बानि सिकाएनौ ।। किन तिम्ले गरेजस्तै मलाई हानी सिकाएनौ ।। तिम्रो याद दिन रात आइरहन्छ, किन यहाँ लाग्छ यिनलाई तिमिले बैमानी सिकाएनौ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता सङ्ग्रह : च्याउको जंगल

~विप्लव ढकाल~ त्यो आइमाई

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

गजल : सिङ्गै एउटा रात थियो

~ममता मृगतृष्णा~ तिमी थियौ म थिंए, सिङ्गै एउटा रात थियो नशा होइन तर पनि कुन्नि के को मात थियो| त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा मेरो अंग अंग छुने केवल तिम्रो हात थियो |

Posted in गजल | Tagged | Leave a comment

कविता : जाँडको झोक

~विमला तुम्खेवा~ सबै सम्झिँदा झोक मात्र चलेर आउँछ र, मैले खाएँ आज रक्सी। घर मैले सम्हाल्नुपर्ने यो घुमाउरो डाडाँभन्दा ठूलो पिर बोकेर रातदिन मै जोतिनुपर्ने मै दबिनुपर्ने तिम्रो स्वर चाहिँ सधैं चर्को हुने।

Posted in कविता | Tagged | Leave a comment

कविता : किनाराहरूमा

~रवि प्राञ्जल~ वारि एउटा किनारा छ पारि एउटा किनारा छ म वीचमा छु किनाराहरुको एउटा किनारामा घाम छ एउटा किनारामा जून छ दुवै किनाराहरू स्थिर छन् म बीचमा छु र अस्थिर छु

Posted in कविता | Tagged | Leave a comment

कविता : काल-दृश्य

~डा.मधु माधुर्य~ …. कसले गर्छ आज-भोली परायाको हित ? भित्र-भित्रै लाए सबले स्वार्थसंग मित ! जता जाऊ, त्यता हेर पैसा कै छ जीत स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : संसद आक्रमण

~उज्ज्वल बमजन~ संविधानको सिरेटोले बेस्सरी हानेको छ उसको विपन्न नाङ्गो आङमाथि। सयदिने रोजगारले उड़ाएको गाउँले धूलोको तुवॉंलोभित्र रूमल्लिएर स्वजलधारा परियोजनाको गङ्गोत्री मरूभूमिमा बलबहादुर अनि बुधवाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनलाई मेरो स्वागत

~इश्वरवल्लभ~ त्यसदिन अलिकति गीत गाइरहन मन लागेको थियो वरिपरि सबै उल्लसित र हरियो भइरहेको थियो, मैले एउटा कलिलो हाँगा समाएर हावामा हल्लाएको पनि हुँ – कसैलाई स्वागत गरेझैं गरेर म क्षितिजबाट आउनेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यौद्धा

~मधुश्री~ बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछ फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ धोकाले मिच्या सिमाना खोज्दै उठ्दैछ बीर त्यो पसिना सँगै रगत छर्दै उठ्दैछ शीर त्यो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : विनयपत्र

~जोगवीरसिंह उदास~ हामी परेर अलपत्र यहाँ रहेका । केही नजानिकन मूढ अती भएका ।। उद्धार हामीहरुको गरी को छ लीने ? यै ठाउँमा असल स्वर्ग बनाई दिने ।।१।। केही छ भाग्य कि त छैन त यो नजानी । मानी नमानिकन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्यौलताभित्रको कविता

~स्वर्णिम गुरुङ~ कविता त लेखु भन्छु तर खै ! अन्यौलमा छु, कविता पो के बारे लेखुँ ! हर दिन महँगा रेस्तराँहरूमा विभिन्न परिकारहरू, जिब्रो पडकाउँदै खाएर अघाएका ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटु माझीको भाषण !

~बलराम तिमल्सिना~ सरकार ! मैले के त्यत्रो कुरा मागेको थिएँ र ? मैले दुवाली थुन्ने खोलामा मेरा बराजुदेखिको हक छ त्यो खोलामा दुवाली थुन्न गणतन्त्रमा पनि पाऊँ भनेको त हो त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~साँज घले~ ममताकी खानी, त्याग-समर्पणकी देवी यी सबै उपाधिले सुशोभित नारी बन्द ओठ, आँसुले लेख्दै कयौं अप्रकाशित पुस्तक झैं आफ्नो कहानी जोगाएर पुरुष वीर्य आफ्नो गर्भमा एउटा नवजीवलाई आकार प्रफान गर्ने क्षमतावान नारी

Posted in कविता | Tagged | Leave a comment

कविता : फूट्कर कविता

~शम्भुप्रसाद ढुङ्गेल~ म तिम्रो हरे ! आज दुश्मन भयेंछु अधम् नीच छोटो पनी भै रहेंछु । यसले यहाँ मुख तिमीले लुकायौ अघीदेखि खाली मलाई ढुकायौ ।।१।। ०००० प्रिये ! यता हेरन हेर- छू खडा

Posted in कविता | Tagged | Leave a comment

कविता : दम्पतिको प्रेमटक्कर

~सोमनाथ सिग्देल~ पति प्रेम गराई खुद्रा किन लिन्छयौ मानको मुद्रा ? देऊ दाग दवाई प्यारी १ मुखचन्द्र चाँदनी छाई ।।१।। दम् विधुविंव दिशाविदिशा उदाउँदा ! दिनसमान हुन्छ निशा । क्या हो सफाइ आज ! प्राप्त भयो तव त मानको ताज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गहना

~श्यामल~ तिम्रा कानहरूले रुचिपूर्वक सुन्दछन् मैले फुस्फुसाएको बडो तीब्र वेगमा मैले विस्तारै बोलेका प्रेमपूर्ण शब्दहरू प्रचण्ड गर्मीमा पनि शीतल महसुस हुने गरी पस्तछन् तिम्रो श्रवणयन्त्रमा तिनका लोतीमा झुण्डिने इयररिङभन्दा बढी टल्किने

Posted in कविता | Tagged | Leave a comment