Tag Archives: kabita

कविता : प्रिय गुलाफ

~नवीन अनुपम रावत~ तिम्रो र मेरो भेट नभएको पनि बर्षौं बितेछ । आजकै दिन पोहोर सालको भ्यालेन्टाइनमा हामी पहिलोपटक भेटेका थियौं हेर त म एक बर्ष पुरानो भएर फेरि तिमी समक्ष यी खाली हात लिएर हाजिर भएको छु । हुन … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : गोविन्द केसी तिमी याद आउनेछौ

~अनुप जोशी~ गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं तर एकदिन यस्तो त दिन आउनेछ जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन् जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आँशु

~राजेन्द्र शलभ~ जब अचानक तिमी मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं मैले केही सोच्नै सकिनँ । मैले केही गर्नै सकिनँ कुनै पुरानो घाऊ बल्झियो कि अतीतको कुनै पल याद आयो कि मेरै कुनै कुराले दुख्यो कि बुझ्नै सकिनँ मैले ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चित्रहरु बनाई रहंदा

~मञ्जुल~ मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले

Posted in कविता | Tagged , , , , | 1 Comment

कविता : युद्धको पक्षमा

~पुरुषोत्तम सुवेदी~ आँखामा जुन उन्माद छ सपनाको उज्यालो फ्रेममा त्यो निद्राबाट रूपान्तरित होइन जीवनबाट निःसृत जीवन नै हो जसका लागि लड्यौँ हामीहरू उज्यालो युद्धको निरन्तरता । कहिले घामपानी देखियो इन्द्रेनीसाथ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बिदेसिएका सन्तान हेर्दै

~मञ्जु काँचुली~ वृक्षले आफ्नो घाँटी तन्काएर आफ्ना सन्तान हाँगा र पातहरूलाई माथिमाथि हेरिरहेछ धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै बिदेसिँदै गएका आफ्नासन्तानलाई परपरसम्म हेरिरहेछ सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा

~तीर्थ श्रेष्ठ~ आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : एक युवतीको प्राप्ति

~गोविन्द वर्तमान~ सँगसँगै फेला परेका छन् नयाँ पुस्तक र नयाँ प्रेमी म दुवैसँग अनुरक्त छु। पुस्तकहरूको संसारमा करोडौँ पुस्तकहरूमध्ये एक मैले फेला पारेको पुस्तक मेरो जीवनमा कति सहायक हुनेछ मूर्खताको वरिपरि रहेको मलाई अहँ, पटक्कै अनुमान छैन ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : परम्परा

~डा. बेञ्जु शर्मा~ कैयौँ वर्षअघिदेखि मेरो कोठामा झुन्ड्याइएको थोत्रो तस्बिर कीरा–मुसाले खाइसकेको झम्पाट तस्बिर बानी परेको आँखाले मात्र ठम्याउन सक्ने एउटा थोत्रो आकार ठिङ्ग उभिइरहेको तस्बिर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : नाम सोध्दा थाहा छैन भन्छे

~अशेष मल्ल~ घाँसकोपहाड पिठ्यूँमा छ घाम अस्ताउन लागेको छ र उक्लिरहेकी छे उकालो नाम सोध्दा ‘थाहा छैन’ भन्छे परिचय हराएकी आफैदेखि टाढा बिनामूल्य जीवन बाँचेकी को होली ऊ ?

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बाइपङ्खी घोडा

~इन्दिरा प्रसाई~ ती टापका आवाजहरू सुदूर कतै हो कि होइन जस्तो फर्कन पनि सकेनन् अन्ततः हराए कि ? त्यस दिन पनि हजुरआमाले हालेको कथा सार्थक साँच्चिकै सार्थक भएझैँ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कमिलाहरुको मृत्यु

~बिमल गुरुङ~ रुख त्यस रुख रोगको प्रारम्भिक छडीले स्पर्श गरेको थियो जसलाई, त्यस बखतदेखि जुन बेला लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको टाउको भारी भएर हातमा-खुट्टामा-औंलाहरुमा र पाखुराहरुमा गोलीका दानाहरु हुत्याएर के हुन्छ !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सङ्गीतकार

~जीवन आचार्य~ धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु पर्दा उघ्रँदैन, पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बाटोखनी जाने सहिदहरू

~कृष्णभुषण बल~ बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : नीला फूल र पहेँला पातहरू

~कणाद महर्षि~ आकाश मन पर्छ, मलाई सागर मन पर्छ मन पर्छ मलाई किनभने मन–मन उड्न, मन–मन डुब्न पाइन्छ मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~ मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले

Posted in कविता | Tagged , , , , , | Leave a comment

कविता : देश र क्रसफायरिङ्ग

~टंक सम्वाहाम्फे~ उहिले उहिले पेन्सन पकाएर फर्किएको लाहुरेले आफ्नो स्मृति कथा सुनाउदा क्रसफायरिङ्गका कुरा गर्थे हामी केटाकेटी रोमाञ्चक भएर सुन्थ्यौ र सोध्थ्यौ क्रसफायरिङ्ग भनेको के हो ?

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अलबिदा महम्मद अली

~प्रकाश सुनुवार ‘निराकार’~ सद्भाव र सदाचारको खेलमा क्यासिस क्ले भएर खेल्यौ अनगिन्ती खेलहरुमा विजय हासिल ग¥यौ तर कट्टर रंगभेदीहरुको नजरमा क्यासिस क्लेलाई हेर्ने आँखामा परिवर्तन आएन शोषणको श्रृंखला यथावतै रहयो तिम्रो जीतले

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~ कोही घर र पहराहरुसँगै ढले कोही सडक र गराहरुजस्तै चिरिए कोही डरसँग साहस साटी उत्रे सुस्केरालाई सुसेलीमा बदल्न तिमीले चाही के गर्यौ? ए छाँया भन त तिमीले के गर्यौ? ए छाँया तिमीले सोच्यौ आँशु बगाइदिने हो अझै झुत्रे … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : तिमीले

~कुन्दन काफ्ले~ वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले । म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले । प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : मेरा कलम र युरोपका देशहरु

~मनीषा अवस्थी~ म भोकै छु हिजो र अस्ती देखि नै जानी जानी आफैलाई सास्ती दिने अनौठो रहर जागेको छ । हो म चिन्तनमा छु त्यो दिन देखि जुन दिन मैले थाहा पाएँ मेरा कलमहरु कमजोर भएको मेरो देशमा छरपष्ट मेरा … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : पित्कासन

~शरद पाैडेल~ अटेन्छेन (एटन्सन) ठन्डेईच (स्ट्यान्ड इजी) एक कदम अागे मारकस तरफ । दाे कदम अागे साेसलिष्ट तरफ । बट, नाे काेइसन्स । अाधा घुम् लेनिन तरफ । अाै पूरा घुम् ख्रुस्चेव तरफ ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : दोधार

~सिर्जन अविरल~ कमरेड ! आज तपाईँकै चुनाव चिह्न बोकेर अपरिचित झैँ उभिएको छु, आफ्नै द्वारमा खालि गोडा डुलिरहेको छु गाउँगाउँ बाँडिरहेछु तपाईँकै सपना र, लेखिरहेको छु तपाईंको नारा बोल्दै हिँडेको छु, तपाईंको भाषा तपाईंको गाडीले उडाउँदै आएको धूलोले

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~ धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ । म आज बस् घर छोडिदिन्छु , र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु । जब मोटरसाईकल किन्न सक्दैनन् … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बिलासी मन

~यशोदा अधिकारी~ वास्तविकता नबुझने मान्छ लाटोकोसेरो जस्त पीडाले छट्पटाउँछ समयलाई नबुझने मान्छ विना औचित्य झयाउँकिरीजस्तै चिच्याउछ अँध्यारोलाई उज्यालोमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : हिँड्नुअघि

~सुको साइबर~ घामले पोल्न सक्छ पानीले निथ्रुक्कै रुझाउन सक्छ बाटोमा धुलो उड्न सक्छ बाटो हिलो हुन सक्छ बाटो हो कसैले

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आँधी चलिरहयो

~लेखनाथ काफ्ले ‘राजन’~ आँधी चलिरहयो म पनि त्यही आँधीसगै लम्किये आँधीलाई रोक्ने बाधकहरुलाई तर्साये आँधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये आँधीले खरको छानोहरु उडायो मक्किएका खम्बाहरु भत्कायो

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कविताको मान्छे

~विनोदविक्रम के.सी.~ सडक किनारका खोरण्डा बिम्बहरूसँग ठोकिन्छ (ऊ आफैँ पनि त प्रताडित प्रतीक हो यौटा) त्यसो त कविताको मान्छे जेमा पनि, जोसँग पनि ठोकिन्छन् धेरैजसो चामल, पहाड र दाल पहरोसँग ठोकिन्छ र, झ्¥याम्म फुट्छ त्यसैले त अचेल अखबारहरू कविताको मान्छेका … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

गीति कविता : जती चुम्यो

~दिलिप योन्जन~ जती चुम्यो उती मिठो, पिपल पाते ओठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

कविता : गुलाब

~सत्यमोहन जोशी~ तीखा काँढा सब छ यसका, ‍चिर्न हर्दम् तयार । हावा चल्दा सिर सिर गरी, पातको हुन्छ मार ।। हाँगा नाच्छन् फर फर चली, कोपिला फेरि हाँस्छन् ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : परालको त्यान्द्रो

~केदारमान व्यथित~ गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको, परन्तु नटुवा हूँ म असीमित अकासको ! हुरीको नै इशारामा जीवनबाट नाचको प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : हाँसेको साहित्य सागर

~लेखनाथ पौडेल~ १ कोही वायुकुमार तुल्य बलिया गर्छन् ऊडी लङ्कन कोही बन्धन हाल्दछन् नभसरी ढुङ्गा मुढा लीकन । कोही अङ्गद नील झैं घुमी घुमी आलोचना गर्दछन् सीता निश्चय भेट्दछौं भनि कुनै आनन्दमा पर्दछन् ।।

Posted in कविता | Tagged , , , , | Leave a comment