Tag Archives: kabita

कविता : दिन्नौ मर्न क्रान्तिका सपनाहरु

~हस्तबहादुर के.सी.~ दिन्नौ मर्न हामी क्रान्तिका सपनाहरु क्रान्ति हाम्रो आस्था हो क्रान्ति हाम्रो विश्वास हो क्रान्ति हाम्रो लक्ष्य हो क्रान्ति हाम्रो जीवन हो त्यसैले हामी मर्न दिन्नौ क्रान्तिका सपनाहरु जनता मुक्ति चाहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : दामले किनिएकाहरु

~उमेश राई~ दामले किनिएकाहरु भुकम्पले चर्केका छातीहरु देख्दैनन् अभाव र महँगीले दाम्रीएका पेटहरु देख्दैनन् भ्रष्ट र कालाबजारीको राज चलेको नि देख्दैन् दामले किनिएकाहरु.. टनकपुर कस्ले बेच्यो ? त्यो बुझ्ने कोसिस् गर्दैनन कर्णाली के हुँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाहरूको नाममा

~जीवन क्षेत्री~ युवती विधवाको बाँझो सिउँदो कमिला हिँडेको खहरेको बगर कोराले बेरिएको विधवाको शरीर नभत्केको घरको भग्नावशेष पुस्तौंदेखिका अपराधीहरू धर्मका तथाकथित ठेकेदारहरू तिम्रो अपराधशास्त्रको कुरुप न्यायालयमा नैतिकताका विभत्स दृष्यहरू ती निमुखा आमाहरू, जो तिमीलाई जन्म दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मकथा

~भिम बहादुर थापा~ कन्दरा संझेर विगतलाई जोख्दिन, सहारा खोजेर शिखर म चढ्दीन, सयपत्री छटाको म एक थुँगा फूल। ** जवानीले मदहोश

Posted in कविता | Tagged | Leave a comment

कविता : अपिल

~कोइँचबु काःतिच ‘उत्तम’~ एकताका मलाई पनि मन लाग्थ्यो सहकार्य र समावेशी ओकल्न यदाकदा मलाई पनि मन लाग्थ्यो सहभागिता र समता डुक्रन कुनै समय मलाई पनि मन लाग्थ्यो पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छापामार योद्धाको डायरी

~तीर्थ संगम राई~ स्काफफोल्डिङको पच्चिसौं तल्लामा झुण्डिएर जीवनको युद्ध लडिरह“दा प्रिय कमरेड ! म मृत्युसँग हारिसकेको छु । हारेको छु— आफन्तहरुका निर्दोष अनुहार छोराछोरीहरुका रहरलाग्दो सपना र, हारेको छु— आफ्नै जीवनसंगिनीको आशालाग्दो घाम झैं मुस्कान र जूनझै रहर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्यतामा

~उषा गिरी~ आजकाल किन दोबाटोमा अत्रिप्त प्यास र गुम्सेको भावनाले मानबता बिछ्याइ रहेकाछौ, पूर्णबिरामलाई बिर्सिएर अन्तरिक्षको सपना मात्र सुन्यतामा? बर्तमानको सिढीलाई जीवनको मात लागेकोछ आजको यान्त्रिक मनुष्य

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई पर्खेको होला

~पुरुशोतम सुबेदी~ पाखा बारीको ऐसेलु र मौवाको टपरीले मलाई पर्खेको होला अर्ध कांचो हाडे काफलगेडी अझै पनि म तर्फै फर्केको होला जनक दाईको बारीको पाकेको आलुबखडाले मेरै बाटो कुरेको होला पारी बनको कालनिउरी टिप्दा हराएको बाख्री अझै फेला परेन

Posted in कविता | Tagged | Leave a comment

कविता : भोर्लेटार

~शक्तिशाली घिमिरे~ अन्नपूर्ण माछापुच्छ्रे शिरमा सजाउँने छातीभरी ढकमक्क गुराँस फुलाउने । पाउँ पखालिरहने गंगाजीको पवित्र जलहरु प्रणब गुन्जाई रहने ती तीथस्थल ।। स्मृतिपटलको गाढा प्रतिच्छाया मेरो संसार, मेरो मातृभूमि, मेरो भोर्लेटार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दोषी नजर

~यमूना घिमिरे~ बेहोषी भै जल्दोरहेछ दिल यहा थिएन खरानी भएछ अन्जान मै जुधेर वनेको मायालु थाहै थिएन पर्राई भएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : ए बुनिया ! कहा छे रे मोर लाठी ?

~गोचा थारू~ युद्ध, जो शुरू भई नै सक्यो अब घुंगी टिपेर के बस्नु ! मछली पक्रेर के रहनु ! बुनिया ! कहा छे मोर लाठी ? युद्ध हो, म नफर्किन पनि सक्छु तर रोक्नसक्ने छैन अब तिम्रो आँधीजस्तो मायाले मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे वुद्ध अव त व्यूउँत

~केवल गंगा गुरुङ~ तिम्रो घरको वलियो खम्वाहरु हेर आज खोक्र्याई सके तिमी खेल्ने आँगन केहि पड्कीएको थर्कनाले भ्वाङ परिसक्यो न त गनि साध्य छन् यहाँ मुर्दाहरु न त गनि साध्य छन् यहाँ अपाङ्गहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह कैदी

~आचार्य प्रभा~ मायाको कठ्घरामा थुनियौ कि या त आकर्षणको नेलले बाँधियौ ? मैले त देख्न थालेँ तिमीलाई एउटा निरीह कैदी, जो मेरो आँखामा सदा कैद भयौ न त म तिमीलाई मायाको चोरीको अभियोगमा माफि दिन नै सक्छु, न त तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल देख्छु

~निरज भट्टराई ‘मनोरोगी’ ~ जहाँ देख्छु , जसो देख्छु म नेपाल देख्छु दुर दुर छन् हजार देश जहाँ बसेर म एउटै नेपाल देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : नानुको यादमा

~गणेश पुर्बछाने मगर~ खै कस्तो हो यो मेरो जीवनको कथा ? कहा बाट सुरु गरौ मेरो मनको ब्यथा? जहा कहिले हाँसो छ त कहिले रोदन अनी कही मिलन छ त संगै बिछोड

Posted in कविता | Tagged | Leave a comment

कविता : जिब्रो

~सरिता तिवारी~ उहिले थिएन यति लामो जिब्रो कसरी भयो यो यति लामो पातलो र तिखो ? छुराजस्तो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : किनभने उनी त खाँट्टी राष्ट्रवादी

~शिवराम सुलु~ मधेशी र थारुलाई आँप हो, झार्दा केही फरक पर्दैन भन्ने उनी जनजातिलाई बाँदर हौ, अधिकार नमाग भनी हपार्ने उनी, आदिवासीलाई हीनताबोध गराउने कटु बचनबोली हेप्ने उनी, तर पनि, जातीय विद्वेष फैलाउने, राष्ट्रिय एकतामा खलल पुर्‍याउने अरु नै हुन्छन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~बाबुराम पन्थी ‘गुल्मेली’~ सानै देखिए पनी मानचित्रमा प्रकृतिको छ यो धनी गर्वले फुल्दछ छाती यो मेरो नेपाली हुँ म भनी पुर्वमा बग्दछ मेची कल कल पश्चिम माहाकाली उत्तरमा गगन चुम्बी हिम शैल अनी दक्षिण उर्वर भूमी

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदज्यू हजुर पनि एक प्याग तान्ने कि ?

~अज्ञात कवी~ अधिकार ल्याउँछु भनी हिंडेका बा फर्कदै फर्केनन कहिल्यै आमा पनि हिँडिन खै कता अलिकती भएको श्रीसम्पती साहुले खोस्यो, किन कसरी पत्तै भएन । आईपुगे म पनि तिम्रै छिँडिमा अब म पनि तिमी जस्तै घाम खाँदै, झरी खाँदै दुई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नु छ साथी जिल्लाउनु छ साथी

~लक्ष्मी प्रसाद देवकोटा~ क. भूतकालका भूलहरु छन् ! शूलहरु छन् ! क्षेत्र खराब छ ! कष्टहरुको घुइँचो छ ! स्थितिमा थिचो र मिचो छ ! छाती ठोक ! तर, दम रोक ! ‘जित्नु छ’ यत्ति घोक ! तिम्रा मुखमा बादल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मोना

~राजेन्द्र ओझा ‘नयन’~ समयको यो कस्तो खेल, पहिले के थिएन मोना सँग ! क्षमता थियो, उल्लास थियो, सकारात्मक भाव थियो , र इर्ष्या पनि थियो । दु:ख थिएन उसँग तर त्यसलाई ग्रहण गर्ने, त्यसलाई अनुभव गर्ने र त्यसको भाव बुझ्ने, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल युवती

~ज्ञानशाली घिमिरे~ बसेर रुन्छिन डाँडाको माथी नेपाली युवती भिजाउछिन सधै बहाई आँसु पाखा र धरती गण्डकी कोशी कर्णाली संग संगै बहेर जाउकी स्वधित धर्ती टेकेर सधै पुकार गरौकी बसन्तलाई कुर्दा कुर्दै गृष्मले छाएछ प्रितिको फूल नफूर्ल्र्दै, पैरोले लगेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको घर…

~अनुभव मञ्जरी~ बालुवाको घर बनाई मन भुलाई रहेँ तिम्रो साथ नपाउँदा नि माया गरी रहेँ यो मनले तिमीलाई नै खै किन रोजेको ? दुःख पीडा बिसाउनलाई न्यानो पोल्टा खोजेको !

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : तिमीलाई रोज्ने मन

~कृष्ण वस्ती~ छोऊँभने वैलाउने लाजवन्ती बाला । नछोऊँ त मग्मगाउने वैजयन्ती माला ।। हिर्दयको पीपलका हल्लाउँदै पात । तिम्लाई छुने बतासले लायो मलाई मात ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जीतको झ्याली

~रश्मिला कवाङ~ सन्धयाकालिन पर्यावरणभित्र शून्यता बाटा खालीखाली पथिक खाली लुरुलुरु हिडिरहेकी म लाग्यो आज मेरै रैछ बाटो कुन देशकी महारानीझै अदम्य साहसले आदिर नेपालकी विरगाना छोरी न परे आफ्नो राष्टको निम्ति मरिमेट्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय नबोल्नू हो बेमानी

~युद्धप्रसाद मिश्र~ पुरुषको इज्जत फाली न्याय नबोल्नू हो बेमानी त्यस्तालाई दूर धकेल्दै बढ्दै जाऊ स्वाभिमानी न्याय नबोल्नू……….. घरको फोहर मैला फाल घोर विरोधी किल्ला ढाल व्यापक छौ तिमी विजय छ तिम्रो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सम्झना

~डा. हेमनाथ घिमिरे~ स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो । सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।। ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा । आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।। बिहान उठी पियारी मेरी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अधुरै रहन गयो

~योगेन्द्र गिरी ‘संघर्श’~ उकाली र ओराली अनि डाडा र सीतल चौतारीहरुमा तिमी आउने बाटो हेर्दै कुर्दै बसी रहे बिबसताले सताएरै भए पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : विफलताको मेरो साथी न्याउली

~रामचन्द्र कार्की~ फुल्यो फुल हावा आई उडाई लग्यो हुरीले, यो मनचाहि छिया छिया, बचन रुपी छुरीले । बिश्वास गरि आँट गरेँ चढाउनलाई ताँदो, तित्रा जस्ती तिमी सामु, अन्जान म त आँदो । जत्रो रुख छ उत्रै छायाँ, पीपल र पाती, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निशा र सपना

~शिरिष लामिछाने~ हिजो राती एउटा सपना देखेँ एक मीठो सपना; म अमेरिकामा मेरो घरमात्र नेपालमा नेपाल जलिरहेछ आर्यघाटको चितासरी तर अमेरिका त चम्किरहेछ अनेकन् बिजुली-बत्तीसरी सपनामै झसँग भएँ सपनामै आफुलाई छामेँ र वरपर नियालेँ पछी आफ्नो बेवकुफीमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बुढी कहाँ भयौ र ?

~जय अधिकारी~ तिमी बुढी कहाँ भयौ र, त्यस्सै चिन्ता नगर न तिमी नातिले आमा भन्यो भन्दैमा बुढी भइन्छ र ? के भनेर बोलाओस त त्यसले पनि बहिनी भन्दिन जुँगाको रेखि आको छैन छोरी भन्दिन विहे भाको छैन छाला चाहीँ अलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ बौलाएको छ

~शङ्कर भण्डारी~ उसले गाली गर्‍यो म चुप बसें उसले हात उठायो तैपनि म चुप लागें। तर्सायो/धम्कायो

Posted in कविता | Tagged | Leave a comment