Tag Archives: ज्योति जङ्गल – Jyoti Jungle

कविता : बाटोमा एउटी स्त्री

~ज्योति जंगल~ अघिअघि कोरेकी हुँदी हो त्यसले कपाल या गाजलले आँखै छोपेर मुस्काउँथी होली ऐनासँग तमाम सुन्दरीका जस्तै नछोपिएका स्तनहरु छन् वर्षौं ननुहाएको उसको गन्धले यो कविता सजाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : वेपत्ता मौसम

~ज्योति जङ्गल~ यो साझमा यादको हावा बोकेर वेपत्ता मौसम आइपुग्यो । युद्धको कुहिरोमा भविता खोज्दै हिंडेको एउटा सन्तान बेखवर कहां पुग्यो ? कहां पुगे बेपत्ताको छाती टेकेर समयलाई शासन गर्नेहरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँस काटिरहेकी ऊ

~ज्योति जंगल~ निहुरिएर उमेर काटिरहेकी छे र, हात लागेको छ एकमुठ्ठी हरियो घाँस । बेखबर छे, आफ्नो रूप आधा शिर उचालेर बाहिर आउन खोज्छन् छातीहरू निधारको पसिना तप्प–तप्त खसिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी पर्खिरहेकी लाहुरेनी

ज्योति जङगल~ केही दिन अँगालेर जवान वसन्तलाई त्यो लाहुरे आँधीजस्तै परदेसियो, मनभरि शरीरभरि प्रतिक्षा लिएर ऊ उभिइरही । आँसु बोकेका ओसिला रुमालहरु प्रत्येक झरीमा कुहिएर माटो भए,

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक भएर प्रेममा बोल्न देऊ !

ज्योति जङगल~ चुम्बनका हजार जुलुश बोकेर हिँडिरहेको इन्टरनेटमा कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् ! ढुकढुकी, हदय, कलेजो वा मुटु जून, समुद्र, पृथ्वी वा घाम कुनै कृति उत्कृष्ट छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथ्बी ! ए पृथ्बी !

~ज्योति जंगल~ पृथ्बी ! यसरी मात्र हल्लिनू झरुन् मुनामा अल्झिएका शीतका थोपा उक्लियोस बतासको ताप उँभोतिर चलोस चिसो छोएर बतास । तर होस् यसरी मान्छेकै सार्वभौम शक्ति हल्लाएर पटकपटक विध्वंशको अवतार ननाँच्नू,

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वरहीन

~~ज्योति जंगल~ कहिल्यै प्रेम भएन इश्वर र मेरो, भक्तिको नाममा न मैले इश्वरको प्रगीत बोलें सपनाको थप एउटा चगां उडाएं, मनकै भयको कसिंगर डडाएं, भजनको लयमा मनोरञ्जन मिसाएर मेरै खुशी गाएं । र मन्दिरमा सम्पूर्णतः मैले इश्वरलाई विर्सिएं ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देशविना

~ज्योति जंगल~ अनावश्यक छौ नआओ सपना मेरा आँखामा दृष्टिहरू मेरो देशको क्षितिजमा छोडिएका छन् यहाँ विनादृश्यको म बेठेगाना मात्र हुँ । चँुडिएको छु म हुर्केको बोट त्यतै छाडेर, पातमाथि राखेर मेरो सत्व खसें कहाँ त्यसरी एउटा बूढो पात जस्तो

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Refugee

~Jyoti Jungle~ Trans : Manu Manjil You are unwanted, dreams! don’t come looking for my eyes. I’ve left my vision in the horizons of my nation. here I’m without eyes here I’m without address. I’m a leaf in the wind

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : अस्तित्व

~ज्योति जङ्गल~ अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टिने गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नसम्झेको कहाँ छ र ?

~ज्योति जंगल~ देखेकी छौ के नबगेको नदी ? छामेकी छौ के नउडेको बतास ? पलपल नबिसाइकन बोकीहिँड्छ मुटुले ढुकढुक त्यसैसँग चल्दैछ जिन्दगीको पाइला र तिम्रो सम्झना समानान्तर मैले तिमीलाई नसम्झिरहेको कहाँ छ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यो रात

~ज्योति जंगल~ अध्यारोको साङ्लोमा लमतन्न बेहोस छ, र निशब्द निदाएको बहाना गर्छ यो रात हज्जारौं सपनाहरु हज्जारौं तलाका महल उक्लन्छन् बन्द आँखामा, कोशौं टाढाको मित्र सेकेण्डभर छेवैमा आइपुग्छ टाउकाको क्षितिजमा उडेर । खै देवताहरु के गर्छन् ?

Posted in कविता | Tagged | Leave a comment

भयवाद लेख : भयमा आदिवासी

~ज्योति जंगल~ देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेर पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु अलिपछि वेहोसीबाट … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : ताजमहलबाट फर्कदा

~ज्योति जंगल~ भन्नेहरु सबै साचो कहा भन्दा रहेछन् ? गाउनेहरुले गीतमा पनि झुटो संवेदनको धून भर्दारहेछन् । प्रेमको मन्दिर भनेर चिनेथें ताजमहललाई समर्पणको इतिहास भनेर सुनेथें ताजका गीतहरुकौतुहलको उत्ताउलो वेग छातीले थिचेर प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर म सुन्न गएथें प्रेमका … Continue reading

Posted in कविता | Tagged | Leave a comment