Tag Archives: जीवन शर्मा – Jiwan Sharma

कविता : अभियात्रा

~जीवन शर्मा~ व्यक्तिगत समृद्धिका आकाङ्क्षाभन्दा धेरै पर आफन्तहरूका अपेक्षाभन्दा पनि अझै पर मनभित्रको सुन्दर सपनाको संसार भेट्ने रहर बोकेको अनवरत अविश्रान्त र आनन्दमय मेरो यात्रा रक्तिम यात्रा । बचपनदेखिको एउटा सपना, उदात्त योजना

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला बिकेको छ

~जीवन शर्मा~ आज बलात्कारीहरूले चमत्कार गरे अरे काठमाडौँमा तष्करीको लस्कर बढ्यो अरे पल्लोघरकी बोक्सीलाई रामधुलाइ गरे अरे सुत्केरीले बच्चा जन्मनासाथ खोलामा बगाई अरे कोही बच्चा मार्न सुई पनि लगाइदिए अरे हो आज हल्ला बिकेको छ सबै समाचारमा यही लेखेको छ

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : यूरोप यात्राका केही सम्झना

~जीवन शर्मा~ अरू देशहरूमा जाँदा बैङ्क ब्यालेन्स देखाउनु पर्दैनथ्यो । तर युरोपतिर जाँदा यथेष्ट ब्यालेन्स देखाउनु पर्दो रहेछ । मेरो खातामा जम्मा हजार पन्द्र सय जति मात्र थियो । कहाँबाट देखाउनु उनीहरूले चाहे जति पैसा ? तैपनि साथीभाइहरूसँग भनसुन गरेर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : पूजा नाटकमा नारी शक्तिको महत्ता

~रामप्रकाश पुरी~ १. अदम्य नारी शक्ति : स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

निबन्ध : वर्षायामका गीतहरूमा सौन्दर्य

~जीवन शर्मा~ अरू विधालाई जस्तै बर्षा यामका गीतहरूलाई पनि सौन्दर्यशास्त्रीय आँखाले राम्रोसँग नियाँल्न सकिन्छ । यस्ता गीतहरूमा सौन्दर्य कसरी छिपेको हुन्छ भन्ने कुरा बुझ्न सौन्दर्यशास्त्रका आधारभूत मान्यता, सिद्धान्त र नियमको ज्ञान हुनु आवश्यक छ । यी गीतहरूको वर्गीय स्वरूपको ठीकसँग … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : उस्तै छ हामीलाई पिरलो

~जीवन शर्मा~ उस्तै छ हामीलाई पिरलो, उस्तै छ हाम्रो अवस्था उस्तै छ शासन जनतालाई, उस्तै छ फेरि व्यवस्था फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छेहरू फेरियो रङ्ग शोषकको फेरिए लुट्ने मान्छेहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आउ सबले हात मिलाउँ

~जीवन शर्मा~ आउ सबले हात मिलाउँ भूकम्पका यी पीडा बिसाउँ जानेहरू त गैहाले बाँच्नेले फेरि संसार सजाउँ कहीँ फुट्छ ज्वालामुखी

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : “पूजा” नाटकमा शहीद गाथा

~रामप्रकाश पुरी~ १. शहीदको शान “शहीद” भनेको देश र लोकको हितका लागि आफ्नो प्राणको आहुति गर्ने मानिस हो । यो मानिसको शक्ति, तागत र विवेक सामान्य मानिसको धरातलबाट उठेर भिन्न ढङ्गको उचाइमा कायम भएको हुन्छ । सामान्य मानिसले नै सङ्घर्षको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : उसको हाँसो

~जीवन शर्मा~ मेरो कपाल फूल्न थालेको देखेर उ हर्षित भएको होला ? मैले चपाउने धारिला दाँतहरू फुस्केको देखेर अझ खुशी भएको होला अनि मैले टेक्दै हिंड्ने वैशाखी भाँचिन थालेको देखेर दुईचार फन्का नाँचेको पनि होला ?

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : गीतको सौन्दर्य

~जीवन शर्मा~ सानै उमेरमा मैले एउटा गीत लेखेको थिए“ । त्यो गीत अझैसम्म कतै प्रकाशित भएको छैन । उमेर नपुग्दै लेखिएको हुनाले होला, त्यो त्यत्तिकै थिचिएर बसेको छ । सम्भवतः त्यो गीत मैले १६ वर्षको उमेरमा लेखेको थिए“ । मैले … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment