Tag Archives: Hussain Khan

गजल : छ मेरी धरा

~हुसैन खाँ~ दुखमा नै जिएकी छ मेरी धरा आँसु झारी पिएकी छ मेरी धरा बम् र गोला चलेका चल्यै छन् यहाँ शङ्ख साथै लिएकी छ मेरी धरा

Posted in गजल | Tagged , , , | Leave a comment

छन्द कविता : मेरी मृत्तिका

~हुसैन खाँ~ छन्द : पाचचामर मृत्तिका देशको चुम्न पाऊँ सधैँ राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ । मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी सम्झनामा रहून् यी पला औ घडी ॥ ओममा शान्तिकी छ्यौ किनारा तिमी सत्यमा जीतकी सत्य नारा तिमी ।

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : शहीदको आत्मालाप

~हुसैन खाँ~ छन्द : शार्दूलविक्रीडित भुल्छन् शासक मर्म-पिर जनको सत्ता चलाए पछि वाचा-वन्धन तोड्दछन् छिनछिनै नाच्छन् पताका सरी । रम्छन् शासक वर्ग स्वार्थ पथमा टेकेर अल्कापुरी उठ्छन् झुण्ड बनाइ शोषितहरू पड्कन्छ ज्वालामुखी ॥ आगो शोषणको बलेर कहिल्यै अन्याय मेटिन्न रे … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

बहरबद्ध गजल : चाँदनी रात झल्मलाएछ

~हुसैन खाँ~ चाँदनी रात झल्मलाएछ जिन्दगी सङ्ग मुस्कुराएछ आँगनीमा मिठो हवा चल्दा मख्मली फूल मग्मगाएछ

Posted in गजल | Tagged , , , | Leave a comment

बहरबद्ध गजल : रम्छ हाम्रो जिन्दगी

~हुसैन खाँ~ प्रेमको बाटो बनाए, रम्छ हाम्रो जिन्दगी देशको माटो रमाए, रम्छ हाम्रो जिन्दगी । हिन्दु- मुस्लिम्- बौद्ध-ईसाई बसेको बागमा धर्म मायाको चलाए, रम्छ हाम्रो जिन्दगी ।

Posted in गजल | Tagged , , , | Leave a comment

कविता : मेरो नेपाल

~हुसैन खाँ~ धरामा सुमेरू छ नेपाल मेरो यही नै दिलैको सुसञ्जाल मेरो तरार्इ-पहाडी-हिमाली स्वरूप मिलेरै बनेको छ मायालु रूप ।१। कहीँ देउराली कहीँ दून-डाँडा यहाँ भीरपाखा रहेछन् हजार कतै लेक-बेसी कतै खर्च-टार

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : धन्य हो लोकतन्त्र

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो (१) सभा भयो कठैबरा ! कराउने- तताउने बढ्यो स्वभाव दानवी दबाउने- सताउने

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : प्रणय अनुराग

~हुसैन खाँ~ रमाएछ आँखा नयाँ कल्पनामा रसाएछ छाती नयाँ भावनामा । सधैँ याद आयौ तिमी सम्झनामा दिलै यो लगाई बसेँ साधनामा ।। मनै भो विभोरै ऋतूराज आए र नाङ्गा रुखैले नयाँ वस्त्र पाए । हँसाई–नचाई गरे मारुनीझैँ

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : खेल्दै छ देश मेरो

~हुसैन खाँ~ सद्भावको जुहारी खेल्दै छ देश मेरो पीठो नमूछि रोटी बेल्दै छ देश मेरो । ईष्या र द्वेष घृणा, बढ्दै छ यो जुनीमा आफन्तको कुटाई झेल्दै छ देश मेरो ।

Posted in गजल | Tagged , , , | Leave a comment

बहरबद्ध गजल : प्रेमका आलीहरू

~हुसैन खाँ~ भत्किँदैछन् प्रेमका आलीहरू खेत खाए खेतका बालीहरू । यो जमाना पारि आफ्नो हातमा मख्ख पार्दैछन् यहाँ झयालीहरू ।

Posted in गजल | Tagged , , , | Leave a comment

हुसैन खाँका चार मुक्तकहरु

~हुसैन खाँ~ संगै हाँसौँ हामी मुसुमुसु गरी हास्य रसमा सधैँ नाचौँ हामी छमछम गरी प्रेमरसमा सधैं खेलौँ हामी वन -चउरमा जीवनभरी सधैं बाचौँ हामी यहि धरणिको चिन्तनगरी । ईर्ष्या – डाहा कलह सबको दाहको चाहना छ नौला -नौला प्रग तिपथका … Continue reading

Posted in मुक्तक | Tagged , , , | Leave a comment

कविता : शिक्षा

~हुसैन खाँ~ सधैँ बन्छ शिक्षा सुधा जिन्दगीको सफा स्वच्छ संसार हो जिन्दगीको यही ज्ञान भण्डार हो जिन्दगीको कलाकारकै हो कला जिन्दगीको ।।१।। न चोरी हुने हो न लाग्ने छ अंश कि ज्ञानै बढेमा सुधर्ने छ वंश

Posted in कविता | Tagged , , , , | Leave a comment

हुसैन खाँका चार छोकहरु

~हुसैन खाँ~ विकासका नै गहना लगाए नौली सुनौली वधुझैँ सजाए फेरिन्छ पक्कै रङ- रूप सारा हुन्थिन् धराकी त यिनी सितारा यो देशलाई दिलमा सजाऔँ यो प्रेमबारी रसिलो बनाऔँ आफन्त ठानीकन प्रीत लाऔँ

Posted in छोक | Tagged , , , , , | Leave a comment

कविता : राष्ट्र पीडा

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो अधर्मको बजार नै मनुष्य भैसक्यो यहाँ सिपालुको कटार नै मनुष्य भैसक्यो यहाँ रवाफले … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

हुसैन खाँका दुई रुबाईहरु

~हुसैन खाँ~ वासन्ती बाग मा चरा उस्तै छन झन काडे झारका गरा उस्तै छन पालो पालो मजा लिने नेता मा सामन्तीवाद का जरा उस्तै छन् आस्थाको बांध भद् किएको छ कतै

Posted in रुबाई | Tagged , , , | Leave a comment

गजल : यहाँ माटो बिरामी छ

~हुसैन खाँ~ नीलो आकाश भो रातो यहाँ माटो बिरामी छ हिमाली हिउँ भयो तातो यहाँ माटो बिरामी छ दिलैमा भा’छु बेचैनी बगेछ आँसुको धारा खुशीको भाँचियो पातो यहाँ माटो बिरामी छ

Posted in गजल | Tagged , , , | Leave a comment