Tag Archives: Hangyug Agyat

कविता : सुदूर गाउँको कथा

~हाङयुग अज्ञात~ गल्लीको अन्तिम कुनामा पुगेपछि यो शहरको विसर्जन हुँदो रहेछ र शुरु हुँदो रहेछ कुनै सुदूर गाउँको कथा ! पुतलीहरूसित खेल्दा(खेल्दै कतिबेला आवश्यकताहरूले उसका कोमल भावनाहरूमा जिन्दगीका ढुंगाहरू थुपारिदिएछन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आऊ सामुहिक आत्महत्या गरौँ

~हाङ्ग्युग अज्ञात~ हिनताबोधको ठर्रा सुँघेर प्रतेक साँझ मर्नु भन्दा राष्ट्रको उन्नतिको कामना गर्दै एक्लै कुनै कुनामा होइन खुलामन्चमा एकजुट भएर सिघ्र संविधान बनोस् भन्ने परम् प्रार्थना गर्दै यो भट्टी पसल जस्तो देशमा आऊ सामुहिक आत्महत्या गरौँ !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : रुख

~हाङ्ग्युग अज्ञात~ उभ्दा-उभ्दै चौकीदारको जिन्दगी १२-१२ घण्टा यो हाम्रो होङ्कोङ्मा पैतलाबाट जराहरू पलाएर हातबाट पातहरू पलाएर जीउबाट हाँगाहरू पलाएर म त रुख भइसकेछु ! चराहरू खेल्छन् मनको हाँगाहाँगा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मेरो जोकास्टा आमाको समर्थनमा

~हाङयुग अज्ञात~ महावाणी ओ मेरो जोकास्टा आमा अब म तिमीसित बिहे गर्छु, र टाइरासीयस बूढोको छाला काढेर एकजोर जुत्ता सिलाउँछु ! -श्री ५ हाङयुग अज्ञात ओ ! मेरो जोकास्टा आमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : राम भरोस मधेसमा छैन

~हाङयुग अज्ञात~ श्रवण मुकारुङको राम भरोस हिजोआज मधेसमा छैन यता अनुहार खोज्यो, भेटेन तेसैले जंगे पिलर नाघेर उत्तातिर गएको छ उत्ताबाट ढुङ्गा हान्न उसलाई खुबै सजिलो भएको छ हामी पहाडको डाँडाबाट

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : असोज ४ गते

~हाङयुग अज्ञात~ सोचेको थिएँ असोज ४ गते ब्युँझिदा मनमा खुशी र उमङ्ग छाउनेछ नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ तर फेरि उही निराशा, अशान्ति र हिंसाले एकाबिहानै स्वागत गर्‍यो कि दसौं हजार शहीदको बलिदानले एकाबिहानै सरापेर गयो सोचेको थिएँ

Posted in कविता | Tagged , , , , | Leave a comment

समालोचना : नयाँ लेखकको जन्म

~हाङयुग अज्ञात~ फान्सेली लेखक तथा चिन्तक रोलाँ बार्थ (१९१५-१९८०) ले लेखकको मृत्युको घोषणा सन् १९६७ मा गरेपछि लेखकको अस्तित्वप्रति जति संशय उठ्यो, तेत्ति नै लेखकको महत्ताले साहित्यिक समालोचना र सिद्घान्तमा स्थान पनि पायो । बार्थको लेखकको मृत्युमा हेगलको दर्शन कलाको … Continue reading

Posted in समालोचना | Tagged , , , , | Leave a comment

कविता : मलाई माफ गर यशोधरा

~हाङयुग अज्ञात~ आज यी शासक र उनीहरूले बनाको नीति नियम ऐन कानुन भन्दा अलिपर कुनै ठाममा गएर बाँच्नु खोज्दैछु यशोधरा ! मलाई माफ गर फेरि एक खेप

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म तपाइँको को हुँ ?

~हाङयुग अज्ञात~ म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : शहीदहरू रून थालेका छन्

~हाङयुग अज्ञात~ ओ ! माओ जे दोङ तिम्रा कविताका हरफहरूमा अचेल शहीदहरू रून थालेका छन् । रगत उमाल्ने तिम्रा विचारहरू बोक्दाबोक्दा बूढो भएको कुनै मजदुरजस्तो

Posted in कविता | Tagged , , , , | Leave a comment

लेख : नेपाली डायोस्पोराको सन्दर्भमा

~हाङयुग अज्ञात~ अज्ञातको अराजकता ———————————————————————— नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ … Continue reading

Posted in लेख | Tagged , , , | Leave a comment