Tag Archives: गोपालप्रसाद रिमाल – Gopal Prasad Rimal

कविता : फूल र क्षण

~गोपालप्रसाद रिमाल~ “फूल झर्दछ, फुल्दछ फुल्दछ, झर्दछ” तर त्यो फूल जसले छाती थापी फक्रेथ्यो त्यो थोपालाई तृप्ति दिने जब जगमा अमृत झरेथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि-हृदयमा

~गोपालप्रसाद रिमाल~ मनव-वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर-सुन्दर यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रेमको कथा

~गोपालप्रसाद रिमाल~ एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन् मेरो रवाफ सहनै सकिनन्। म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन् ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन्। तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ, म मानिसको अगिल्तिर के टिक्थिन्?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~गोपालप्रसाद रिमाल~ भैगो भन्या” भैगो, तिम्रो दया मलाई चाहिन्न, बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला तर तिम्रो दयाकोर् क थोपा पनि मलाई ताहिन्न। जब संसारबाट उप्केर मेरा आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~गोपालप्रसाद रिमाल~ “नारी के हो?” सोध्ने, “लौ विचार गर, म भरेतिर आउँला” भनेर हिँडिहाले, जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकी- नारीलाई लुकेर हेरेको सम्झेँ, ऊ सिँगार गर्न लागेकी छ, ऐनामा प्रतिबिम्बित आपनो हरेक अङ्गलाई ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : म भन्न सक्तिनँ

~गोपालप्रसाद रिमाल~ सवैले टड्कारै सुन्ने गरी टाढैबाट उसले भनेका कुराहरु त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ उसले मेरो कानमा खुसुक्क भनेका कुराहरु कति मीठा होलान् ! म भन्न सक्तिनँ। उसले टाढैबाट मतिर आँखा उठाउँदाखेरि त म आनन्दका टाकुराहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~गोपालप्रसाद रिमाल~ नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण यही मेरो युगयुगको सञ्चित धन होइनन् यी प्रिय ! विवशताका चिह्न नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न १ म मानव, मानवताको छ सीमा ममाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा

~गोपालप्रसाद रिमाल~ मेरो हरघडीमा जपना, तिमी आज सपनामा आए ! यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु बत्ती हुरीमा निभ्ला, म अललिउँला,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~गोपालप्रसाद रिमाल~ नेपाली तिमी यहाँ किन आयौ? गो-रखाली हौ, गो-रक्षाको भार लिई बढ्दैबढ्दै आयौ? नेपाली… तिम्रै गुफा कन्दराहरुमा देखेथ्यो जगले पहिलो सपना,

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~गोपालप्रसाद रिमाल~ हिजोसम्म रोईरोई बाँचिरहेका थिए। आज तिनै हाँसीहाँसी मर्न तयार छन्। हिजोसम्म जसको बोलीमा केही थिएन, मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोलेजस्तै थिएन,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रति

~गोपालप्रसाद रिमाल~ ओ युवती, ओ रूपवती, तिमीसित मेरो घामपानीजस्तो मिलन भयो, तिमीलाई सम्झना होला- हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ त्यो बादलमा इन्द्रधनु पर्‍यो, झरी लाग्यो, हुरी आयो, अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ, तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सुन्दरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : यो के?

~गोपालप्रसाद रिमाल~ मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन जे म तिम्रो काखमा पाउँछु, यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के? तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो अथवा रगतमा बाढी आएजस्तो मलाई जे हुन्छ, यो के?

Posted in कविता | Tagged | Leave a comment

कविता : “………” प्रति

~गोपालप्रसाद रिमाल~ कुन्नि (कुन अल्लारेपनमा) कुन जून लिपेको सरमा, कुन सूर्य फुलेको नभमा, कुन चरीको बोली फुटेको,

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Mother’s Dream

~Gopal Prasad Rimal~ Mummy ! Will he come ? “Yes, my child, he will come. He will come pouring light like the morning sun. You will see a weapon, shining like dew Suspended from his waist, With that will he … Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

गीत : नजर उघारी हेरिदेऊ

~गोपालप्रसाद रिमाल~ बखत भयो यही हो बेला नजर उघारी हेरिदेऊ त्यो दिलबाट तमस हटाई उज्यालो हावा फैलाइदेऊ जो देख्छौ हालत भित्री तहको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : होश

~गोपालप्रसाद रिमाल~ म मानिस आफ्नो खुशीले जन्मेको होइन, आफ्नो खुशीले मर्ने पनि होइन। यो ज्ञान कसलाई भएको हो साथी? यो संसार सपना हो, जीवन पानीको फोका हो, यहाँ कोही पनि आफ्ना छैनन्, जो छन् तिमीजस्तै नै जन्मेका हुन्।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Meeting

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma Why are you waiting for the full moon? It’s her you are to meet, right? See her in her own light, Meet her this very day on this new moon … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : A Fairy Tale

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma A princes and a poor youth ! How like two falling stars the slanting lids of her round eyes Moved to kindle the divine flame On the poor young breast? … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Consolation

~Gopal Prasad Rimal~ Translated By : Dr Tara Nath Sharma Don’t cry, just wait for a little while, Your warrior who is moving ahead driving the whole world before him Will come to your little room later in the day, … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Song of the Slaves

~Gopal Prasad Rimal~ Translated by Yuyutsu Sharma Our ponds of inertia are dear to us. Our pride in preserving the ponds is dear to us. Who are you to tarnish glorious pinpoints of our pride? In here we love the … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : The Story of my Love

~Gopal Prasad Rimal~ Translated by Yuyutsu Sharma I had a dark one then, the one who couldn’t dare to face the magnificent daggers of my awesome presence. I was her King but she couldn’t be my Queen.

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मृत्यु

~गोपालप्रसाद रिमाल~ पानीको छलबलमा छरिइरहेको घामझैँ हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा । तिनीहरुको चञ्चल छाया मृत्युको कालो हाँसोजस्तो थियो— त्यो दृश्य नै यही भन्दथ्यो । दुई दिनपछि घाममा हाँसिरहेका ती फूलहरु छायामा निदाउरिँदै सुक्दै गए ।

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : जङ्गी निशान

~गोपालप्रसाद रिमाल~ रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो हिमाल झैँ अटल यो झुकेन यो कहिले लत्रेन यो कहिले जंगी निशान हाम्रो

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : गुनासो

~गोपालप्रसाद रिमाल~ म अहिल्यै त नमरुँ, नमरुँ ! मेरो यही एउटा इच्छा, यही एउट पुकार एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो एउटै पीर- म नमरुँ, अहिल्यै नमरुँ ! मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ- मेरा यी पाखुरामा कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन एकचोटि आउँछ

~गोपालप्रसाद रिमाल~ एक जुगमा एक दिन एकचोटि आउँछ उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ लाटा-सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्की-फर्की आउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रजत जयन्ती

~गोपालप्रसाद रिमाल~ आज रजत जयन्ती । आँखा, तँ बन्द हो- तेरो नक्कलझक्कलको आज के काम ? कान तँ टालिई- तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ? दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग । तिमीहरूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोपालप्रसाद रिमालले बोलिरहेको खसकुरा

~गोपालप्रसाद रिमाल~ हाम्रो छाती कत्रो? हिमालजत्रो हाम्रो बारीको नाउँ के? नेपाल हाम्रो गाउँको नाउँ के? नयाँ नेपाल त्यसको सेरोफेरो कति? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि हाम्रो देशको नाउँ के? खसमीर, खुशी, खसियाशैल।

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट

~गोपालप्रसाद रिमाल~   पूर्नेको जूनलाई किन पर्खेको ? भेट्ने उनैलाई हो क्यारे, तिमी उनैलाई उनकै प्रकाशमा देख, तिमी उनलाई आजै यो औंँसीको रातमा भेट । आउने त्यो वसन्तलाई किन कुरेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को ?

~गोपालप्रसाद रिमाल~   यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ ! त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ? यहाँ हामीलाई यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ;

Posted in कविता | Tagged | Leave a comment

कविता : दन्त्यकथा

~गोपालप्रसाद रिमाल~   दन्त्यकथाकी राजकुमारी र एक गरीब कसरी तिनका ठूला लाम्चिला आँखाहरु एक जोडी ताराझैं माथिबाट तल झरे र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ? फेरि कसरी हिलोको कमलमा परेका

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्त्वना

~गोपालप्रसाद रिमाल~  तिमी नरोऊ, बस केही बेर पर्ख मात्र संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा भरे तिम्रो सानो कोठामा आइपुग्नेछ, तिम्रै अङालोमा अटाउन आइपुगनेछ, उसको त्यो धप्प बलेको अनुहार भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ, तिमी नरेऊ, बस केही बेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको सपना

~गोपालप्रसाद रिमाल~  आमा, त्यो आउँछ र ? “हो, बा, त्यो आउँछ । तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ !

Posted in कविता | Tagged | Leave a comment