Tag Archives: Gobinda Dev Bhatta

छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी हटे कालामैला अति मुदित वातावरण छ सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।। उठे सेता खास्टा तलतल बढाई नगहरू खुले चोखा बन्दै … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~ छन्द : शार्दूलविक्रीडित वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।। रोइन् धर्धर वस्त्रको हरणमा लज्जा … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : मेरो राष्ट्र

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित झुल्कोसाथ मुसुक्क उत्तर दिशा हाँस्छन् हिराका धुरी झुल्छन् स्वर्णसमान दक्षिण धरा भर्दै पहेँला मुरी मेची पूर्व खन्याउँछिन् मधुरिमा काली उता पश्चिम मेरो राष्ट्र अपूर्व यो प्रकृतिको सर्वोच्च हो हाकिम ।। बेसी-टार थचक्क आसन लिई बस्छन् पलेटी … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

बहरबद्ध गजल : पाइन्न नानी

~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात तपस्या गरी बैँस पाइन्न नानी गुफाभित्र तारा चियाइन्न नानी ।। तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया दुना-थाल हेरी अघाइन्न नानी ।।

Posted in गजल | Tagged , , , , | Leave a comment

छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ? स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ? के हो न्याय, समाज के समय के अन्याय के गर्व के ? केके हुन् वलिदानका गुणहरू, उत्सर्गको … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : व्यवहार

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी सुजन र मनकारी गाँस बाँडेर खान्छ कुटिल दमनकारी चैन भाँडेर जान्छ फगत सुखविलासी द्रव्यमै फुत्त बिक्छन् हिटलर अनुयायी अस्त्र हानेर टिक्छन् ।। “जहर बमन गर्ने” सर्पको दैनिकी हो “चरण नमन सेवा” चाकरीको छडी हो चसचस … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

बहरबद्ध गजल : नियालिन्छ छाला

~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात यहाँ कामभन्दा नियालिन्छ छाला निजी भक्तको नै मुसारिन्छ गाला उचाल्ने-थचार्ने कला सिक्छ मान्छे छुरा धस्छ बाँच्दा ! मरे पुष्प-माला

Posted in गजल | Tagged , , , | Leave a comment

बहरबद्ध गजल : विचार र दृष्टान्त

~गोविन्ददेव आचार्य~ छन्द : अनुष्टुप बढी दानी बनी मात्रै भलो हुन्न समाजको दानैबाट भयो अन्त्य महात्मा अङ्गराजको ।। रूप शृङ्गार वा सज्जा भलो हुन्नन् सधैँभरि लग्यो सौन्दर्यमा पग्ली सीता रावणले हरी ।।

Posted in गजल | Tagged , , , | Leave a comment

छन्द कविता : स्रष्टा, सृष्टि र दम्भ

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी हर किसिम बनाए व्यासले नै पुराण लगनसित बने ती सृष्टिका प्राण प्राण गहन लय तिनैमा झल्किए गाउँ-देश अब नव रचनामा लेख्नु नै के छ शेष ? परहित, शुभ वाणी, शास्त्रका मूल मर्म कपट र परपीडा … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : सपनाकी प्रियतमा

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू भए फिक्का बोली, अवयव निदाए शयनमा उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !! सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन् गलामा गीताका हरफसरि मीठा … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्दबद्ध मुक्तक : उत्कृष्ट लेखे

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा” केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी

Posted in मुक्तक | Tagged , , , | Leave a comment

छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी म नेपाली माटो मन-वचनले धारण गरूँ ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।। शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा दिऊन् विद्या अग्ला हिमगिरि “हिराका … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

छन्द कविता : भाषा, साहित्य र विकृति

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ । आफ्नैआफ्नै … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

बहरबद्ध गजल : हिँडे खाडी सयौँ काले

~गोविन्ददेव आचार्य~ बने एक्ला सयौँ काली हिँडे खाडी सयौँ काले रुँदै ढल्छन् कठै आमा बिदा गर्छन् रुँदै बाले ।। छ आँखामा यही माटो, हरे ! आत्मा छ नेपाली सकार्दै छन् उतै “कुस्ती” सुकेका रिक्त आन्द्राले ।।

Posted in गजल | Tagged , , , | Leave a comment

छन्द कविता : युग र वितृष्णा

~गोविन्ददेव आचार्य~ छन्द :- द्रुतविलम्बित चटक या “टक”को टक जिन्दगी ? किचक या-चक, रोचक जिन्दगी उदक, मादक या कि त ‘वादक” ? कि “धक” साधक वा चिर बन्धक ? प्रगतिका गति दुर्गतिमा पुगे विमतिले मति दुर्मतिमा पुगे सुजन- “दुर्जन, भाजन”ले … Continue reading

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

गोविन्ददेव आचार्यका केही छन्दबद्ध छोकहरु

~गोविन्ददेव आचार्य~ ■ छन्द :- स्रग्धरा १ जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन् नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन् राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र … Continue reading

Posted in छोक | Tagged , , , , , | Leave a comment

छन्दबद्ध गजल : दर दिन्छु आऊ

~गोविन्ददेव आचार्य~ छन्द : इन्द्रवज्रा प्यारी म मीठो दर दिन्छु आऊ त्यो जिन्दगीको भर दिन्छु आऊ ।। आफ्नै धराका अनमोल मोती कोदो, मकै, फापर दिन्छु आऊ ।।

Posted in गजल | Tagged , , , | Leave a comment

स्रष्टा परिचय : विद्वान् प्रगतिवादी समालोचक गोविन्ददेव भट्ट

~सन्त गाहा मगर~ हृदयघातबाट २५ असोज २०६८ मा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , , , | Leave a comment