Tag Archives: Gazal

गजल : आफै लाज लाग्छ

~दिपक घर्ति मगर~ म आफु सेफ हु भन्न आफै लाज लाग्छ सबको छेउ आफुलाइ गन्न आफै लाज लाग्छ भन्ने गर्थे सबैले होटलको जागिर राम्रो हुँन्न बिना गल्ती को गाली सन्न आफै लाज लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फुलेको छ चैत !

~रवि प्राञ्जल~ धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत ! प्रिये तिमी फुल्ने भए म’नि फुल्छु है त । शिखरमा पुग्यौ अनि धरातलै बिरस्यौ, तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?

Posted in गजल | Tagged | Leave a comment

गजल : संघर्ष

~हेमराज आचार्य~ नरुनु है संघर्षको दियो बाल्दा मरे भने बंकरमा दुष्मनले संगीन दाब्दा मरें भने मेरो कर्म तरबारको धारै धारमा हिंड्नु पर्ने बीरताको मन्त्र जप्दै बम फाल्दा मरें भने

Posted in गजल | Tagged | Leave a comment

गजल : जानी–नजानी

~सुविद गुरागाई~ जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि ! … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : पाउन सकिन

~सार्थक सिम्खडा~ रोजेको त तिमी नै हो पाउन सकिन मायारुपी बहार बनी छाउन सकिन हरियाली बन पाखा लाली गुराँस फुल्दा कोइली जस्तै प्रितको गीत गाउँ सकिन

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्दैछ साँझ

~कृष्ण प्र. पाण्डे~ पर्दैछ साँझ दियो नबाली हुन्न ननिभ्दै ज्योति तेल नहाली हुन्न आकाशबेली रुखै ढाक्दछ भने त्यसलाई मार्न रुखै नढाली हुन्न

Posted in गजल | Tagged | Leave a comment

गजल : देख्या छैन अझै

~दिपक घर्ति मगर~ तिमी भन्दा अन्त राम्री देख्या छैन अझै तिमी बाहेक अन्त लगन लेख्या छैन अझै हास्यो बस्यो बोल्दा खेरि माया बसेछ हाम्रो मन को कुरा भनि हाल छेक्या छैन अझै

Posted in गजल | Tagged | Leave a comment

गजल : दास बनेको छु

~बिरही राज मगर~ म त हजुर परदेशमा दास बनेको छु ।| जिउँदै बेबारिसे लास बनेको छु ।| तेसैले त न आउनु भन्छु परदेश सबैलाई हेपिने र ठगिने मा खास बनेको छु ।|

Posted in गजल | Tagged | Leave a comment

गजल : उस्तै-उस्तै

~पुष्कल श्रेष्ठ~ भाषण जेसुकै होउन, ताली उस्तै-उस्तै नेताजी जोसुकै होउन, गाली उस्तै-उस्तै डाँडाको होस या सम्मको, डाली उस्तै-उस्तै जमिन्को होस या जीउको, नाली उस्तै-उस्तै

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँकी छ

~दिपक घर्ति मगर~ मनको कुरा छर्लङ्ग पार्न बाँकी छ । तिम्रो माया मेरो पास सार्न बाँकी छ ।। पहिले तिमी लजाउँदै हिड्ने गर्यौ । दैवको आँखाबाट बार्न बाँकी छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : याद आयो

~दिपक घर्ति मगर~ सुनसान बनमा गाई चराएको याद आयो मिठा मिठा कुरामा हराएको याद आयो अनगिन्ती माया गर्छिन उनि बयान गर्नु कसरी सानू भनी उन्लाइ बोलाएको याद आयो

Posted in गजल | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जाँदा–जाँदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का । नीलो–नीलो हुँदै थियो चाहना मेरो,

Posted in गजल | Tagged | Leave a comment

गजल : झेल लगायो

~सुविद गुरागाई~ समयले अनेक झेल लगायो । भुमरीमा मनको नाउ फसायो । मनको गुहार सुनेन कसैले ! रुँदै हिँड्न कायल हाल गरायो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीले बारे पछि

~तीर्थ संगम राई~ उदास तिम्रो मुहारमा खुसी तिमीले बारे पछि । आँशु झार्न हुदैनथ्यो मलाई माँया मारे पछि ॥ हिजो सम्म तिम्रा लागि कयौं रातहरु रोए मैले । आज माँया गर्छु भन्छौ अरुले माँया सारे पछि ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : यो साल पनि छा’को छैन

~राजेश नेपाली~ वषौं भयो चुइने छानो यो साल पनि छा’को छैन धेरै भयो विदेश पस्या छोरा अझै आको छैन उमेर ढल्न आँटी सक्यो साहुकोबारी धाउँदा धाउँदै आफ्नै पेट सधै भोको चुलो बोल्न पा’को छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : हजुर मुस्कुराईस्यो

~प्रकट पगेनी~ टाढैबाट मलाई हेरी हजुर मुस्कुराईस्यो, नजिक आई हेरी फेरि हजुर मुस्कुराईस्यो हजुरको नाम प्रकट भन्ने सुन्न पाउँदा म धन्य भएँ मेरो नाम मृदुला भन्दा हजुर मुस्कुराईस्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : हजुरलाई

~राम शरण श्रेष्ठ~ मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।। प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।। लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुख्याइँ त गर्छन् नै

~पुष्कल श्रेष्ठ~ मुर्खहरूले मुख्याइँ त गर्छन् नै लोभीहरूले आँखा त तर्छन् नै पापीहरूको जगजगी चलेपछि सञ्जनहरू जालमा पर्छन् नै

Posted in गजल | Tagged | Leave a comment

गजल : मज्जा बेग्लै थियो

~प्रकट पगेनी~ हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो वारिबाट पारिसम्म छोटो बाटो भएपनि आले टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

Posted in गजल | Tagged | 1 Comment

गजल : भरे राती

~प्रकट पगेनी~ किन अहिल्यै हतारिन्छौरु बसौला नि भरे राती दुबै ज्यानले दुबैलाई कसौला नि भरे राती साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा यी ओठले ती ओठलाई डसौला नि भरे राती

Posted in गजल | Tagged | Leave a comment

गजल : जस्तो लाग्यो कान्छी

~सन्तोष स्पन्दन~ सम्झनाको डेरा सरेजस्तो लाग्यो कान्छी बसन्तका पालुवा झरेजस्तो लाग्यो कान्छी दुवै मीली भाँडाकुटी सिमलिले बारेको त्यो टुसाएको ममता मरेजस्तो लाग्यो कान्छी

Posted in गजल | Tagged | Leave a comment

गजल : छिनमै शान्त हुन्छ

~सुविद गुरागाई~ छिनमै लहर उठेर आउंछ छिनमै शान्त हुन्छ । छिनमै मुटु दुखेर आउंछ छिनमै शान्त हुन्छ । कि लगिदेउ किनार पारि कि दोडिदेऊ एक्लै वारि, छिनमै बाढी उर्लेर आउंछ छिनमै शान्त हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पछि पर्‍यौं दलित

~राजेश नेपाली~ एक्काइसौं शताब्दीमा पनि पछि पर्‍यौं दलित शोषकको चेपटामा सधै तिमी मर्‍यौ दलित यिनले पुज्ने मन्दिरमा तिम्रो नाता गहिरो छ आज तिमी पस्न हुन्न हिजो बुट्टा भर्‍यौ दलित शोषकको चेपटामा सधै तिमी मर्‍यौ दलित

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगीको

~तारा ज्ञवाली~ कहाँबाट सुक्यो होला मूल जिन्दगीको फक्रिन्छ कि फक्रिंदैन फूल जिन्दगीको बिसाउंदा बिसाउँदै पोका अनि भारी तिर्नै बाँकी हुन्छ महसूल जिन्दगीको

Posted in गजल | Tagged | Leave a comment

गजल : खाए जस्तो भो

~पुष्कल श्रेष्ठ~ नखाएको विष आज खाए जस्तो भो नआएको जोस आज आए जस्तो भो जोस भन्नु के हो र फूर्तिफार्ति न हो नलाएको माला आज लाए जस्तो भो

Posted in गजल | Tagged | Leave a comment

गजल : मनभित्रकी रानी तिमी

~ध्रुव पन्थी~ मेरो विश्वासकी प्रतिमूर्ति मनभित्रकी रानी तिमी राराको दहजस्तै शान्त तर कञ्चन पानी तिमी हाँसो मात्रै कति मीठो ती अधरमा छचल्किएको एकनास हेरिरहुँजस्तो लाग्ने आँखाकी नानी तिमी

Posted in गजल | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~ लहर आयो गयो मनमा छोएर हल्का । जांदा–जांदै माफी माग्यो रोएर हल्का । किन आयो किन गयो ? भनेन केही, जिन्दगीमा अनुभूति भएर हल्का ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आजसम्म भुल्दै आयौं

~शुशिल एकीकृत~ व्यक्तिगत चाहाहरु आजसम्म भुल्दै आयौं देशभक्त खोज्दै हामी गाउँबस्ती डुल्दै आयौं संघीयता लाद्ने भए राष्ट्रलाई टुक्राउन देशलाई बचाउन काँडाबीच फुल्दै आयौं

Posted in गजल | Tagged | Leave a comment

गजल : जलाएर जानेलाई

~दीक्षा रिसाल ‘बुकी’~ मेरो मुटु आज फेरि जलाएर जानेलाई बिनामौसम हुरी बतास चलाएर जानेलाई कसले भन्ला यो मुटुको उथुल पुथुल उसैलाई मेरो मनमा प्रेम बनी पलाएर जानेलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : हातमा छुरी थिएन

~रवि प्राञ्जल~ फूल थियो यो हातमा छुरी थिएन स्वीकार गर्न कसैलाई मञ्जुरी थिएन आँखालेनै मनका कुरा सबै बोलिदियो मुख खोली रहनु जरुरी थिएन

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रै लागि त हो नि

~सुविद गुरागाई~ जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि ! रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ! हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ? डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि !

Posted in गजल | Tagged | Leave a comment

गजल : बारम्बार आँउछ

~पुष्प अधिकारी ‘अन्जली’~ यादहरू यसरी बारम्बार आँउछ , अँखाभरि सपना लगातार आँउछ । सस्तो सस्तो राहत बोकेर अचेल, जसको पनि घरमा सरकार आँउछ ।

Posted in गजल | Tagged | Leave a comment