Tag Archives: Gazal

गजल : बिकास भयो

~स्वामी सुभाष चन्द्र~ गणतन्त्रमा बन्द काम को बिकास भयो जनतामा व्यापारको आशा छैन मन्दको बिकास भयो जातियता बिभाजित बन्न जाँदा देश र जनमा गन्धको बिकास भयो

Posted in गजल | Tagged | Leave a comment

गजल : सजिएकी छिन् उनी !!

~दीपक पाण्डेय~ दिनहुँ बेहुली झै सजिएकी छिन् उनी !! मोलमोलाई भई बेचिएकी छिन् उनी !! रहर नहुदा नहुदै नि रातै पिच्छे ! खाडीमा पैसासँग साटिएकी छिन् उनी !!

Posted in गजल | Tagged | Leave a comment

गजल : यति गाह्रो किन ?

~इप्सुल मगर~ भूल मेरो के थियो र सजाय यति गाह्रो किन ? पार्यौ मलाई मर्नु भन्दा बाँच्नु यति साह्रो किन ? नयन भरि सजिएकी छ्यौ मात्र तिमी देख्छु भन्थ्यौ आज त्यहि नानी मान्यौ तिमीले यति छारो किन ?

Posted in गजल | Tagged | 1 Comment

गजल : बाल्दै छु म

~उमा गौतम~ विस्वासका दियाहरु हृदयमा बाल्दै छु म बिउँझी आदा रातमा उद्रेको नयन टाल्दै छु म कसैले दियो मलाई हिम्मतका साहसहरु लर्बराएका पाएलाहरु आघी बड्न चाल्दै छु म

Posted in गजल | Tagged | Leave a comment

गजल : टुक्रा-टुक्रा भयो देश

~तीर्थ संगम राई~ टुक्रा-टुक्रा भयो देश झिटी झ्याम्टा कसे अरे बुढा-खाडा सबै छाडी युवाहरू विदेश पसे अरे ॥ खोल्सा-खोल्सी छताछुल्ल रक्त कुण्ड बगेपछि भाग-बण्डा नपाउनेले पिठ्यूँमा छुरा धसे अरे ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले पाउँने कसरी

~बिष्णु नन्द चाम्लिंग~ साथ आयौ र पो नत्र मैले पाउँने कसरी । आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।। शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु । उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : भुलेको छैन

~मनोज काफ्ले ‘मनसुन’~ खाएका कसम भुलेको छैन बैरीको ऋणमा डुलेको छैन टुट्लाकी मायाँ नभन प्रिय अटुट छ नाता टुटेको छैन l

Posted in गजल | Tagged | Leave a comment

गजल : एकान्तमा टोलाई रा’ छु

~इप्सुल मगर~ सम्झना गर्दा तिम्रो एकान्तमा टोलाई रा’ छु कल्पना गर्दा तिम्रो विन्ति सुन वोलाई रा’ छु कहिले कहि भेट्दा पनि गाह्रो मान्छौ वोल्न किन सत्य तिम्लाई मायाँ गर्छु भन्न म डरार्इ रा’ छु

Posted in गजल | Tagged | Leave a comment

गजल : मित्रता तोडिदैछ अाज

~स्वामी सुभाष चन्द्र~ पुरानो मित्रता तोडिदैछ अाज सत्रुको नाता जोडिदैछ अाज । इतिहासको सिमा मिचिदै जादा राजनीतिको बाटो मोडिदैछ अाज ।

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : बगदैन पानी

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आँखा रसाई बगदैन पानी रोएर बस्ने अब छैन बानी ।१। उद्देश्य नौलो मनमा सजाई भन्ने छु आफ्नो हसिलो कहानी ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : जरैबाट गोडे पछी

~दिपक घर्ति मगर~ फुल्न लागेको फूललाइ जरैबाट गोडे पछी । जिउन एक्लै लाग्याछु उन्ले मलाई छोडे पछी। तिमि सधै फैली रहु मेरो चिन्ता नगर भो। सगै जिउने बाचा क्षण भरी मै तोडे पछि।

Posted in गजल | Tagged | Leave a comment

गजल : सुनाएछौ सबैलाई

~बिष्णु नन्द चाम्लिंग~ गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई ठान्थेँ म त तिमी मनकी सँसारमा एउटी ज्ञानी भनि ठानेको थेँ भूलाएछौ सबैलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : भाग्य मेरो

~मनोज काफ्ले ‘मनसुन’~ आँशुका धाराहरुले केरिएको भाग्य मेरो अलकत्रभै सडकमा रेलिएको भाग्य मेरो बनजंगल ढुंगामुनि खोलानदि डुंगामुनि बालुवाको कणसंग लेखिएको भाग्य मेरो

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो लागि साँचीराख

~तीर्थ संगम राई~ थोरै आँशु थोपा-थोपा मेरो लागि साँचीराख । पीर नगरी पल-पलमा मेरो लागि बाँचीराख ॥ सक्छौ यदि प्रतिक्षाको क्षण-क्षणलाई बाँधीराख । सम्झनाले पीरोल्छ भने तस्वीर चुम्दै हाँसीराख ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमि बिना….

~ज्ञानेन्द्र स्थापित~ तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो | संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो |

Posted in गजल | Tagged | Leave a comment

गजल : छेक्न पाए पनि हुन्थ्यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो । दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दियौ किन

~बिष्णु नन्द चाम्लिंग~ मुटु बस्ने छाती मेरो उधारी दियौ किन सजाएर राखेको थेँ बिगारी दियौ किन तिमीलाई मुटु भरिभरिको माया दिएँ आखिरिमा दिनु सम्म दिग्दारी दियौ किन

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो तश्विर भेटियो

~मनोज काफ्ले ‘मनसुन’~ घामको लालीमा तिम्रो तश्विर भेटियो फुलको डालीमा तिम्रो तश्विर भेटियो । शहरमा पर्चाभेटें तिम्रो मात्र चर्चाभेटें उनका तालीमा तिम्रो तश्विर भेटियो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी पानी नसम्झ

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ आँसु बहेको छ मेरो तिमी पानी नसम्झ मनको व्यथालाई भो तिमी कहानी नसम्झ । मैले पनि जुनजस्तै हाँस्न खोजेकै लिएं रुवायो नियतिले यसलाई बानी नसम्झ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : माया लायौ किन ?

~सञ्जय भट्टराई~ टुटाउनु नै थियो मेरो मुटु, त माया लायौ किन, सातै जुनि तिम्रै हुन्छु भन्थेउ छाडी आज गयौ किन ? जाली रहिछेउ तिमी, फसाएउ मायाजालमा, तोड्नुनै थियो वाचा सारा झुठा कसम खायौ किन ? सातै जुनि …

Posted in गजल | Tagged | Leave a comment

गजल : तर्किन सक्या छैन मन

~सूर्यविक्रम याक्खा~ मुहारमा हाँसो लिएर पनि तर्किन सक्या छैन मन , दुःखेसो पोख्दै रुयेको न्याउली फर्किन सक्या छैन मन ।१। आँखीभूर्इ गाँऊमा भिर-पाँखा भत्क्यो सुस्केरा सुसाऊदै , अस्मिले दिएको त्यो रुमाल चिनो विर्सिन सक्या छैन मन ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : साह्रै भुक्छन्

~बिष्णु नन्द चाम्लिंग~ नेताहरु साह्रै भुक्छन् एकलेअर्कोलाई थुक्छन् संविधानको स नजान्ने सभासद भई पुग्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : एक्लै हास्ने बानी पर्यो

~मनोज काफ्ले ‘मनसुन’~ एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी पर्यो झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु सफलताको आशैमात्र धेरै मलाइ हानि पर्यो झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : दौडि रहें

~दिपक घर्ति मगर~ सबैको मनमा खुशी दिन्छु भनी दौडि रहें । निस्वार्थ माया लिन्छु भनी दौडि रहें ।। भनेको जस्तो जीवनमा कहाँ हुदो रैछ र । हजारौं को भिड्मा चिन्छु भनी दौडि रहें ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : रात नै किन…

~शिव सस्मित~ रात नै किन आउनुपर्‍यो लुटिएपछि दिउँसै मान्छे अन्यत्र किन धाउनुपर्‍यो कुटिएपछि दिउँसै मान्छे बजारतिर उपहार लिन सँगसँगै निस्किएकाको जन्मोत्सव किन मनाउनुपर्‍यो, छुट्टएिपछि दिउँसै मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : रात छ बेइमान

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ उजेलीमै भेट हजूर रात छ बेइमान अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान । भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ अनर्थ होला बेहोसीमा मात छ बेइमान ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सपना बुन्थ्यौ होला

~मनोज काफ्ले ‘मनसुन’~ मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला न त केही पाई गयौ न त केही लिई गयौ जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

Posted in गजल | Tagged | Leave a comment

गजल : पारी पुगे पछि

~तारा ज्ञवाली~ हिंजो नजिक थिएं आज पारी पुगे पछि कसले बोक्छ थप बोझ भारी पुगे पछि हेर्दै थियौ नियाली मैले छोडेको बाटो खुशी भयौ कि त जिम्मेवारी पुगे पछि

Posted in गजल | Tagged | Leave a comment

गजल : रातो गुलाफ

~सुशिल ताम्राकार~ लुकाइ ल्याएको दिल लिएं अनि फर्काएं रातो गुलाफ, स्विकारोक्ती तिम्रो त्यही भनी अर्थ्याएं रातो गुलाफ। रेट्ने फूल भेट्ने धेरै हुन्छन् भन्छन् यो संसारमा, समेत्ने फूल त्यही हो भनी चोख्याएं रातो गुलाफ।

Posted in गजल | Tagged | Leave a comment

गजल : घरवार डुवे अरे

~यस बि खनाल~ तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे देश डुबे, भेष डुबे छदा खाँदाका दरबार डुवे अरे के गर्छौ हो त्यस्तो तिमी एकवार हैन दोवार हैन वारम्वार डुवे अरे तिम्रा एक नजरमा कतिका ति घरवार डुवे अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : भित्र भने चाँदि रहेछिन

~दिपक घर्ति मगर~ बाहिर हेर्दा सुन जस्ति भित्र भने चाँदि रहेछिन २ मायाँ गर्ने नाटक गर्दै भित्रि मुटु खाँदि रहेछिन २ कस्तो दिन मा लाएछु माया अहिले पछुतो लाग्यो २ आफू जाति हुनलाई मनको कुरा बाँदी रहेछिन २

Posted in गजल | Tagged | Leave a comment

गजल : एक तारा टुट्दैमा

~राजेश नेपाली~ नठान्नु आकाश शुन्य हुन्छ एक तारा टुट्दैमा हाम्रो यात्रा रोकिंदैन केही यात्री छुट्दैमा लाखौं फूलको बगैंचामा एउटा फुल झरे के भो थाल बनाउन रोकिंदैन टपरीहरू खुट्दैमा जुन रूखले हिजो ओत्यो आज त्यही काटे पनि

Posted in गजल | Tagged | Leave a comment