Tag Archives: Gazal

गजल : धूँवा देखियो पाखामा

~दिलमान राई ‘चोट’~ कुइरोले आगो सल्काए छ धूँवा देखियो पाखामा। सम्झौतामा सिमल फुलेछ भुवा देखियो पाखामा।। जिन्दगी लथालिङ्गै छ जता हेर्यो उतै अन्धकार। रंगीन चस्माको दोष भो सपना देखियो आँखामा ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : बतासले चोट लाग्दा

~करूण थापा~ तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ । टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ । धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें यति कोमल मन छ कि कपासले चोट लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा नगरौं

~कृष्ण पौड्याल~ अनगिन्ती छन प्रेमका खातका कुरा नगरौं। जिन्दगिनै पछुताउने बातका कुरा नगरौ॥ मद्दत गर्न सक्दैनौ त दु:ख किन दिएको। जरो सँगै खोदेपछी पातका कुरा नगरौ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : सम्झन्छु तिमीलाई

~लिल बहादुर खत्री ‘ललित’~ आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई । पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भेटिन्छ ऊ

~स्वामी सुभाष चन्द्र~ तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : गाउँमा

~मुक्ति गौतम~ जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बाध्यतामा हाँसेको छु

~कृष्ण के.सी.~ खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : यो पापी जीवन

~भूपेन्द्र काफ्ले ‘नयन’~ सोचे जस्तो हुन्न रैछ यो पापी जीवन गंगाजलले धुन्न रैछ यो पापी जीवन चोटै चोटले सजीएका फुलबारीका फुल झै जाल नै मात्र बुन्न रैछ यो पापी जीवन

Posted in गजल | Tagged | Leave a comment

गजल : गुलावको फूल थियो

~कमल प्रकाश पौडेल ~ तिमीलाई नै साँचेको, गुलावको फूल थियो मृगतृष्णा पछि भेटी, बोल्ने बातको हूल थियो ।। सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झी

~दिव्य गिरी~ रातभर जून रोयो तिमीलाई सम्झी दिन पनि उदास रहृयो तिमीलाई सम्झी । फुलेका थे मखमली, बेली-चमेली गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आसुँ सुक्दा पनि

~इप्सुल मगर~ रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि बोक्नै नसक्ने ब्यथा रै’छ हेर्दा हृदयमा खनि पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव शायद मेरो भाग्यले गर्दा होला मनोमानी

Posted in गजल | Tagged | Leave a comment

गजल : जेल रैछ माया

~सुरेश पोखरेल~ एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया हेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें रुने अनि रुवाउने खेल रैछ माया

Posted in गजल | Tagged | Leave a comment

कविता : शंकालु त श्रीराम धेरै

~गणेश कार्की~ खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।। स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्कै तिर सरेउ अरे..!!

~हरी गौतम~ झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!! सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!! दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”- चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!!

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~ जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै । सोझा जनतालाई बलिको बोको बनाई घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मेरा रहरहरु ज्यूदा छन्

~गणेश कार्की~ म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन् बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् । अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कमाई गर्नेहरु…

~अज्ञात मित्र सागर~ सल्लाहको शुल्क माग्छन्, कमाई गर्नेहरु… सेवा नै हो धर्म भन्ने, भनाई गर्नेहरु… ज्यानै बाजी थाप्ने योद्धा, साहसी छन् भन्थेँ, मृत्युसँग भाग्दा रैछन्, लडाई गर्नेहरु…

Posted in गजल | Tagged | Leave a comment

गजल : गजलकार आज

~ईश्वर शाही~ त्यै भट्टी छिरेछ गजलकार आज ।। बैमानी भिरेछ इमानदार आज ।। के बयान गरौ र पत्याउनै गाह्रो , रावण भएछ मिलनसार आज ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : संसारनै जिते जस्तो लाग्छ

~ध्रुब कुमार थापा~ तिमी हास्दा संसारनै जिंते जस्तो लाग्छ रिसाउदा आकासनै खसे जस्तो लाग्छ मन्द मन्द मुस्कान छ मिठो बोलि साथ माया बसी मुटु बिच खिचे जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : हक लुटिएको छ

~दिनेश राज पुरी~ इज्जत लुटिएको छ अनि हक लुटिएको छ यो सब आफन्तै बाट भकाभक लुटिएको छ तरकारी वेचेर कसरी, चुलो धुवाउला उस्ले सडकमै उस्को तराजु र ढक लुटिएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फकाई दिन्थे सानु

~कृष्ण के.सी.~ बच्चा भए ललि पपमा, फकाई दिन्थे सानु तारा झार्ने गफ सुनाइ, थकाइ दिन्थे सानु नबुझेरै पण्डित बनी, वेद पढ्दै हिड्यौ सक्ने भए मन्को जेलमा, जकाइ दिन्थे सानु

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा बसाई सरेर बाँचे !

~जय सिंह महरा~ कालो धुँवामा गुम्सिएका सपना छरेर बाँचे, एक पल जीउनका लागि हरपल मरेर बाँचे ! यात्रा हो भन्थे जीन्दगी त उकाली र ओरालीको,

Posted in गजल | Tagged | Leave a comment

गजल : शहरियाहरु

~मदन मुस्कान खत्री~ मर्दा पर्दा आउदैनन शहरियाहरु कैलै फुर्सद पाउदैनन शहरियाहरु देश चलाउने तिनैले चाबी बोकेर, देशको गीत गाउदैनन शहरियाहरु!

Posted in गजल | Tagged | Leave a comment

गजल : खोटाङ्गे हुँ म

~दिपेन्द्र राई ‘अश्रुमाली’~ साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म । दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।। रावा सावा साप्सुसँगै लुकामारी खेल्दै । मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : झिनो रहरमा आज

~रश्मिला कवाङ~ जीन्दगी यो बिताउनु हुन्न झिनो रहरमा आज बेकार छ ठुस्किनु छालका लहरमा आज । समय बित्दैछ छ निरन्तर, मान्छे बदलेन परिवर्तनका कुरा नगर तिम्रो सहरमा आज

Posted in गजल | Tagged | Leave a comment

गजल : चोरी लग्यौ

~कृष्ण के.सी.~ गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ

Posted in गजल | Tagged | Leave a comment

गजल : कति माया गर्थें मैले

~सुरेन्द्र खौलराठी~ कति माया गर्थें मैले, शंकालाई प्रीत ठान्यौ ! मिल्नु अनि छुट्टीनुलाई संसारको रीत ठान्यौ ! अन्धकारमा डुबेकोछ निर्दोष जिन्दगि यो, तडपाउदै हिंड्नुलाई पिरतीमा जीत ठान्यौ !

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~ छन्दः मेची कल्पना मै हराएँ म । तर्कना मै रमाएँ म । मन्भरी तिर्सना बाेकी, पाउ चाल्नै डराएँ म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हलाल हुनेछ

~धिरेन थापा “अनुपम”~ खुलेआम भोलि हलाल हुनेछ रगतको सडकमा ताल हुनेछ जातीय द्वन्द चर्किदै गयो भने, समस्या झन विकराल हुनेछ। ए संघीयता लाद्यौ भने जबरजस्ती,

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नै भाग्य सँग

~इप्सुल मगर~ वाझ्न मन लाग्छ कहिले त आफ्नै भाग्य सँग नआउँदा कहिल्यै नी जीवनमा सफलताको उमाङ्ग गरे झैं लाग्छ प्रयास आखिर गरेको पनि त हो नी तर पोतीएकै छैन क्यार निधारमा खुशीको नै रङ्ग

Posted in गजल | Tagged | Leave a comment

गजल : कहाँ छ र ?

~नवराज बुढा ‘नवीन उदासी’~ बिश्वमा नेपाली नपुगेको कहाँ छ र ? सगरमाथा सिर झुकेको कहाँ छ र ? सेताम्य देखिन्छ मनैमोहक हुनेगरी, कमसल नराम्रो लुकेको कहाँ छ र ?

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : भनेको सुनिन्छ

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजंगप्रयात पिडाले सतायो भनेको सुनिन्छ मलाई रूहायो भनेको सुनिन्छ ।१। ति सन्तान मेरा बिदेशी हुनाले झनै अश्रु आयो भनेको सुनिन्छ ।२।

Posted in गजल | Tagged | Leave a comment