Tag Archives: Gazal

गजल : यो प्रणयमा

~दुर्गा रिमाल~ भए भरका गल्ति भुलि पुराना यो प्रणयमा तिमी बन भिर मौरी म त राना यो प्रणयामा लिएर गुलाफको फुल आउँने छु तिम्रैसामु किन गर्छौ यसरी आना काना यो प्रणयमा

Posted in गजल | Tagged | Leave a comment

कविता : निर्देशक हो मन

~आचार्य प्रभा~ बहकिन सक्छ मन कतै छट्पटिमा आत्तिएर टुक्रिन सक्छ मन कँही पीडामा बल्झिएर, हो, मन यस्तै छ कोमल बन्छ कहिले नचांहिदो तर्कमा बिनासित्तिमा, कठोर बन्छ कहिले डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म

Posted in कविता | Tagged | Leave a comment

गजल : आफैसँग आजकल….

~मनोज आचार्य “बादल”~ बोल्दिन म भनेको थे ऊनीसँग आजकल अनी लाटो भएछु, आफैसँग आजकल ** खुसि अनी रमाईलो आजकल कतै उडेजस्तो गुनासो छ अलीकति ,आफैसँग आजकल

Posted in गजल | Tagged | Leave a comment

गजल : पहेंला चुराहरु

~रश्मिला कवाङ~ हातैभरि हरिया र पहेंला चुराहरु साउनको महिना यो मेहेंदीका कुराहरू । जलबिनाको वर्त बस्छन् हिन्दु नारीहरू बदलामा पाउने गर्छन् तीता छुराहरु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उभिन मन छ

~डिएनके कुवँर~ मलाई पहाड जस्तो उभिन मन छ र यो देशलाई सुरुक्षा दिन मन छ ।। म तिमी बाट यहीँ सुन्न चाहान्थे यो जोवान हजुरलाई सुम्पिन मन छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : खास् माटो रहेछ !

~सुसन राई~ लाग्छ जन्मभुमिको माटो खास् माटो रहेछ ! मैले हिड्न सिकेको बाटो खास् बाटो रहेछ !! यो मुटुले आज एउटा निष्कर्ष निकाल्यो ! चोट अस्थाई पिडा, बल्झिने खाटो रहेछ !!

Posted in गजल | Tagged | Leave a comment

गजल : खेल रहेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ समय एउटा खेल रहेछ कहिले कहि पाउने तेल रहेछ थाहा हुनेले भने हुन्थ्यो यो त एउटा भेल रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : देशको हालत बुझिन्छ

~नमन अमृत ‘भु–वन’~ सानै हल्ला फैलाउनु देशको हालत बुझिन्छ एउटै चाल चलाउनु देशको हालत बुझिन्छ । ‘नेताहरू कस्ता छन् ?’ भन्ने प्रश्नको पिल्लर इन्टरनेटमा ढलाउनु देशको हालत बुझिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रा लागी

~अनु अर्पण~ चाह्यौ भने सिसा सरि चर्किदिन्छु तिम्रा लागी हेरी परैबाट फर्की दिन्छु तिम्रा लागि ज्यानै पनि दिन भने के नै अर्थ माया गर्या? बाहिर हासी आखाबाट दर्किदिन्छु तिम्रा लागि

Posted in गजल | Tagged | 1 Comment

गजल : अर्थ छैन अब।

~कृष्ण पौड्याल~ बिरहका गजल गाउनु अर्थ छैन अब। दोबाटो उन्का निम्ती धाउनु अर्थ छैन अब॥ झुठो रैछ बाचा कसम झुठै रैछ माया। प्रकटमा कसैको आउनु अर्थ छैन अब॥

Posted in गजल | Tagged | Leave a comment

गजल : च्याङ्ग्रा मारेका छन्

~असफल गौतम~ दसैँ तिहार मनाउन भनी च्याङ्ग्रा मारेका छन् कसरी खाउ कुन मिठो भन्दै तेलमा तारेका छन् खोई त यहाँ पशु अधिकार ? हनन् भएन हजुर ? मान्छेको जिब्रोलाई पशुको स्वादसँग नारेका छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : मीठो आश रैछ

~आचार्य प्रभा~ जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ निराशामै अल्झिदिने जिउँदो लाश रैछ । जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो माया मार्दै जानू

~कमल प्रकाश पौडेल ~ आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।। मैले हैन हतारमा, वल्छी थाप्ने तिमी नै हौ दुवोमाला लगाउने, उसैलाई तार्दै जानू ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : तारा रोएको कहानी लेख्छु

~दिलिप दोषी~ एकतमास तिमीलाई हेर्दा, तारा रोएको कहानी लेख्छु । सिरानीमा नयनले रातभर, जिन्दगीको बिहानी लेख्छु । तिमी त बिरानो भएर गयौ, मेटिएन खै ! ती यादहरु । तिमीसँग बिताएका पलहरु, सोच्दै एक जवानी लेख्छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानी नै कालो भयो

~कमल प्रकाश पौडेल ~ कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।। कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : होला जस्तो लाग्दैछ

~केशब आचार्य~ तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा नसुन्नु है तिमी !

~सजना गुरुङ~ कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

Posted in गजल | Tagged | Leave a comment

गजल : वास मेरो मरुभूमि

~रमेश केसी~ खाडिको ‘म लाहुरे हजुर’ वास मेरो मरुभूमि । साँझ, बिहान टाल्नु पर्ने ‘गाँस’ मेरो मरुभूमि ।। मरी मेट्छु भविष्यमा केही कुनै गर्छु भनी, अनिश्चत यो भुवँरीको ‘आश’ मेरो मरुभूमि ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै ढलाएर गयौ!

~श्रृजना क्षेत्री~ सजाएका सपना सबै ढलाएर गयौ! चितामाथी जिउदै आज जलाएर गयौ! जुन मुटु मा बसाएथे तिमी लाई मैले त्यही मुटु मा छुरा आज चलाएर गयौ!!

Posted in गजल | Tagged | 1 Comment

गजल : बाँचेकी छ भनिदिनु !

~राधा भट्टराई~ उनले सोधे मेरो बारे बाँचेकी छ भनिदिनु ! मनमुटुमा आशा धेरै साँचेकी छ भनिदिनु !! साँझपख मेरो यादमा उन्को आँखा रसाएमा ! बगरमा लाखौँ खुशी नासेकी छ भनिदिनु !!

Posted in गजल | Tagged | Leave a comment

गजल : मात्तिएको मन पर्छ

~आचार्य प्रभा~ कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ । मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

Posted in गजल | Tagged | 4 Comments

गजल : देशमा संकट पर्याछ रे

~लिल बहादुर खत्री ‘ललित’~ हिजो आज देशमा संकट पर्या छ रे भन्ने सुन्छु स्वाभिमानी नेपालिको मान झर्या छ रे भन्ने सुन्छु। एकै देशका दाजु भाई मारामारी किन गर्छौ दशगजा नि अलि वर सर्या छ रे भन्ने सुन्छु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मायाको बिउ छरे मैले !

~सुरेन्द्र खौलराठी~ बाँझो थियो दिल उनको मायाको बिउ छरे मैले ! साँचो माया गरि उनलाई के अपराध गरे मैले ! कहिले सम्म तड्पी बस्थें जवानीको मरुस्थलमा, कल्पनामा उनि संगै कयौं सागर तरे मैले !

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगिको बाटै मा त

~कृष्ण पौड्याल~ सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त । गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥ जिवन साथी बन्न सकिन शत्रु किन ठानेको । सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : लाज ढाक्नु त पर्छ नै

~कृष्ण के.सी.~ एउटा बाटो रोज्नै पर्छ, जिउन अँझ धेरै छ जिन्दगी नै सागर हो यो, खिउन अँझ धेरै छ फाटेको छ हाम्रो मन, लाज ढाक्नु त पर्छ नै टालटुल गरी के होला र, सिउन अँझ धेरै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट्न मन लाग्छ

~सूर्यविक्रम याक्खा~ तिमीबाट टाढा हुदा भेट्न मन लाग्छ , मिलनको मिठो माया देख्न मन लाग्छ । क्षितिज टोलाई हेर्छु तिमी छौ कि भनी , सम्झी तिम्रो आंगनीमा टेक्न मन लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कति तीखो काँडा देख्यौ

~कमल प्रकाश पौडेल ~ फूल भई फुलिराथें, कति तीखो काँडा देख्यौ मन, मुटुभित्रै हुँदा, पनि कति टाढा देख्यौ ?? यै चालाले कठीन छ, पिरतीको गाऊँ पुग्न सोझै सिधा बाटालाई, उकाला र ठाडा देख्यौ ??

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा यात्रा तय भयो

~कमल प्रकाश पौडेल ~ प्रीतिभित्र बाँध्नलाई, एउटा यात्रा तय भयो सुस्तै–सुस्तै दिनसँगै, छोटो परिचय भयो ।। नजिकियौं कति छिटो, मन खोल्ने चौतारीमा शितल ताप्दा दुनिँयाको, आँखा पर्ने भय भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जान्न पाए हुन्थ्यो..!!

~हरी गौतम~ कहाँ देखी लाग्छ माया, जान्न पाए हुन्थ्यो..!! त्यती ठाउँलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!! कती वेला वस्छ् माया थाहै हुन्न अरे….! मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो…!!

Posted in गजल | Tagged | Leave a comment

कविता : पैसा ठूलो हैन

~लिल बहादुर खत्री ‘ललित’~ भन्ने गर्छन् कतिले त पैसा ठुलो हैन मत भन्छु पैसा विना जिन्दगी नै छैन। चुलो देखी चौकोष सम्म पैसाकै छ काम धन नहुने मानिसलाई त स्थान नै भईन।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : भाग्य पथ

~जीवराज बुढाथोकी~ लाग्छ भित्रै भित्र बल्ने, अग्नि ज्वाला कै कथा छ । पाेल्छ जिब्राे भन्न खाेन्दा, मात्र सुन्दा पाे मजा छ। अाँसु पाेख्दा हुन्छ शीतल्, हास्न थाले पाेल्छ फेरि, जान्छु लैजा भाग्य बाटाे, अन्धकारै लाै जता छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : ऋतुमा फरक हुन्छ

~सुनिता सापकोटा~ किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ ।। अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ ।। आजकाल मैले आफै माथि प्रश्न उठाउछु किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment