Tag Archives: Gazal

गजल : मुस्कानको रातमा

~सदानन्द अभागी~ छ पल्लवित सुन्दरता मुस्कानको रातमा जून थिए ढकमक्क हामी दुबै मातमा रस लाग्दो शरीरको श्वेत वर्ण छाती अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा

Posted in गजल | Tagged | Leave a comment

गजल : बुझ्ने भई सके म

~राई रमेश गाउँले~ नवोले नी धेरै वात, बुझ्ने भई सके म कस्तो हुँदो रै छ घात, बुझ्ने भई सके म नदेखाउ अव मलाई, दीवा स्वप्न तिमी धेरै स्वार्थ पूर्ण तिम्रो साथ, वुझ्ने भई सके म

Posted in गजल | Tagged | Leave a comment

गजल : लक्ष्य हाम्रो पारि थियो

~आशांक उपाध्याय~ यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियो प्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो

Posted in गजल | Tagged | Leave a comment

गजल : दाता खोजूँ कतातिर

~जीवनकुमार शाक्य~ माया प्रेम के हो कहाँ पाउ खोजूँ कतातिर तीर्खा छ आँखामा गहभरी मूल खोजूँ कतातिर फूल फुल्यो आँगनमा,मन रसायो मुटुभरि माहुरी मरेछ खोरमा बगैंचा खोजूँ कतातिर

Posted in गजल | Tagged | Leave a comment

गजल : रोगी भएछु

~प्रकाश लामिछाने~ छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु । राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥ ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले, असल नभइ ठुलो बन्दा, भोगी भएछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : एकछिन पर्ख घाम

~सदानन्द अभागी~ बिहानीको सङ्गम हो यो एकछिन पर्ख घाम सीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम जवानीमा हुँदो रैछ जोश अनि गतिशीलता गरेको छु विन्तीभाव नसुनेता चक्काजाम

Posted in गजल | Tagged | Leave a comment

गजल : टल्कीन्छ पुष्प डालीमा

~आशांक उपाध्याय~ पोखिंदा झुल्को लालीमा, टल्कीन्छ पुष्प डालीमा | लालित्य रुप गालीमा, देखियो हर्ष मालीमा || पखाल्दो बाग लौ हेर, शीतको थोपा झरेर | उडायो रात्री निशानी, मुस्कायो दिन पालीमा ||

Posted in गजल | Tagged | Leave a comment

गजल : खस्रा थिए छाला

~प्रकाश लामिछाने~ हिजोसम्म झुस्स थियौ, खस्रा थिए छाला । प्रधानमन्त्री भएपछि, चिल्ला भएछन गाला । देश हाम्ले हाँक्न पाए, के के गर्छौँ भन्थ्यौ, अ‍ैले चाबी अन्तै भन्छौ, कस्ले खोल्छ ताला?

Posted in गजल | Tagged | Leave a comment

गजल : जाँगर देऊ आमा

~प्रेम बिनोद नन्दन~ मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

Posted in गजल | Tagged | Leave a comment

गजल : गाह्रो भो

~राकेश कार्की~ आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो मुटु चल्यो नशा चल्यो जताततै असर गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै पछि देखे आज

~सागर साउद~ तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।। तिमीलाई देखे पछि उस्कै याद आयो मलाई वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिले पनि तिमी हजुर

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ नहिंड है मस्किएर कहिले पनि तिमी हजुर सम्हालेर मनलाई मुटुभरी फूल हजुर.. बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर अंगअंग नशा नशा माया छरी डुल हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : नेतालाई लड्न पाए भैगो

~कोमल भट्ट~ हाम्रो देशका नेतालाई लड्न पाए भैगो जसरी नि कुर्सी माथि अड्न पाए भैगो काग जति कराउंछ पिना सुक्दै जान्छ महँगा र राम्रा वाहन चड्न पाए भैगो

Posted in गजल | Tagged | Leave a comment

गजल ; लालित्य पोखेर आयौ

~सरुजी~ स्निग्ध चेहरामा भरोसाको लालित्य पोखेर आयौ उसले भन्दा बढी दिन्छु भनि माया जोखेर आयौ । हरा भरा उनको जिन्दगीको त्यो आंचलमा खेली हतारमा ममताको बिउ खोई किन रोपेर आयौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : देख्या होलाऊ तिम्ले

~नारायण तिवारी~ बसी-बसी खाने मान्छे, देख्या होलाऊ तिम्ले काम गरि खाने पनि, लेख्या होलाऊ तिम्ले सुति-सुति खानपाए गर्नुहुन्न काम ? मनैमन गुन्ने मान्छे छेक्या होलाऊ तिम्ले

Posted in गजल | Tagged | Leave a comment

गजल : उमेर ढल्के पछि

~सरोज फुयाल~ बा साच्चै नै बा जस्तै लाग्छ उमेर ढल्के पछि । जन्म दिनमा निकै मुठ्ठा मैन बत्ती सल्के पछि । आमा नहुँदा बा ले कहिलै काँचो खुवाउनु भएन बा आमा जस्तै लाग्छ पेटको खाना सक्के पछि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात्तिएर हिँड्छौ अरे

~हेम जङ्ग कार्की~ कोरोनाको नामले तिमी मात्तिएर हिँड्छौ अरे साना ठुला राष्ट्र नभनी बत्तिएर हिँड्छौ अरे रुप रंग कस्तो तिम्रो कसैले देख्न सकेन ओल्ले देखी पल्लो किनार पात्तिएर हिँड्छौ अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : इच्छाहरू मार्नु छ

~शीतल शर्मा~ मनका धेरै दर्द सहेर इच्छाहरू मार्नु छ तिमीलाई भट्ने सबै भाखाहरू सार्नु छ । मृत्युकाे आभाषलाई मनबाटै निकाल्न बाँच्नुकाे अनुभव संगाल्न धैर्यतालाई खार्नु छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लेखिदैछ सपना

~सुरेन्द्र थेगिम~ जो-जो जँहा भएपनि लेखिदैछ सपना आँखा खुल्लै राखेपनि देखिदैछ सपना सुक्खा मरुभूमिमा भेडा चराऊदै गर्दा पसिनाको थोपामा नि भेटिदैछ सपना

Posted in गजल | Tagged | Leave a comment

गजल : टाढा भयो भनेर

~राजेन्द्र चोथाले~ किन रोऊँ एउटा टाढा भयो भनेर संकोच छाडी देउता छाडा भयो भनेर रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो स्वधर्म छोडी तिखो काडा भयो भनेर |

Posted in गजल | Tagged | Leave a comment

गजल : टालें जिन्दगीलाई

~बिक्रम चेतनशील राई~ यतै फाटयो उतै फाटयो टालें जिन्दगीलाई गर्नसम्म माया गरें साले जिन्दगीलाई हत्केलाले बार हाली उज्यालोलाई जोगाइरहें सफलताको कामनामा दियो बालें जिन्दगीलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : मिठो गीत हुन्छ

~डा बच्चु कैलाश कैनी~ तिमीले केही लेखे मिठो गीत हुन्छ बोले झन् त्यो सुमधुर संगीत हुन्छ । मायामा समर्पण जोड्ने हो भने युगौंसम्म बाँच्ने अमर प्रित हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो गजब भयो

~सुषमा मानन्धर~ सोच्दै थिएँ अचानकै आउनु तिम्रो गजब भयो । न पठाउँदै समाचार पाउनु तिम्रो गजब भयो । पग्लिन्न भन्थें अब म जत्ति जे गरे पनि तिमीले मुस्काउँदै उफ् आँखासन्काउनु तिम्रो गजब भयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अब कहाँ झुक्लान ?

~युवराज नयाँघरे~ उठेका छन् हातहरु अब कहाँ झुक्लान ? जुटेका छन् मुठ्ठीहरु अब कहाँ फुक्लान ? तातो रगत बगेर मुटु पनि तातेको छ चारैतिर दन्केका राँकाहरु अब कहाँ निभ्लान् ?

Posted in गजल | Tagged | Leave a comment

गजल : गजलको लगाव राखेर

~करण बुढा मगर ‘क्रेजी’~ मेहफिलमा ,गजलको लगाव राखेर पढ्दै छु दुईचार वटा किताब राखेर पिएर साहित्य लेख्न मुस्किल हुन्छ हुदै हुन्न मित्र गोजीमा सराब राखेर

Posted in गजल | Tagged | Leave a comment

गजल : चोट बल्झाइदियौ

~बिपिन शर्मा~ भेटिएको के थिएँ तिमीले हराइदियौ नाम नलिंदै बदनाम मलाई गराइदियौ विश्‍वासको दियो निभाइ तिमीले मेरो जिन्दगि अँध्यारो बनाइदियौ

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँछ बल् साँझतिर

~एकादेशको गगनराज~ हिजोआज मलाई आउँछ बल् साँझतिर। एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर। जुनकिरी नै प्यासी बने अकस्मात फेरी हुन्छ जुन्लाई मलाई हेरी तल्तल् साँझतिर।

Posted in गजल | Tagged | Leave a comment

गजल : अधुरा भएछु

~ईशहाक हुसेन~ म त तस्वीर अधुरा भएछु काम नलाग्ने कुरा भएछु आमाकै काखमा लास जस्तो म अभागी टुहुरा भएछु

Posted in गजल | Tagged | Leave a comment

गजल : जब पात हल्लियो

~मनोज न्यौपाने~ हावा नै नचली जब पात हल्लियो लाग्यो नदेखिने कुनै हात हल्लियो खस्न थाले जब ताराहरु नभका अँध्यारोको मुटुसँगै रात हल्लियो

Posted in गजल | Tagged | Leave a comment

गजल : न्यानो सलाम आएकोछ

~धर्मोगत शर्मा तूफान~ जिन्दगीको आज न्यानो सलाम आएकोछ मेरो नाममा एउटा रातो खाम आएकोछ । अँध्यारोमा छामछुम गर्दै खोलेँ जब दैलो दैलोमा धेरैपछि मेरो घाम आएको छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : काटमार हेरेर रुन्छ पहाड

~दिव्य गिरी~ भाइ भाइको काटमार हेरेर रुन्छ पहाड बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड । दिनभर गुराँस वनमा गोठालो जान्छ उ रातभर बम र बारुद पड्केको सुन्छ पहाड ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~ समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ ।

Posted in गजल | Tagged | Leave a comment