Tag Archives: Gazal

गजल : नियति बिनासित्ती

~आशांक उपाध्याय~ नदेखिने नियति बिनासित्ती नाटकीय पिरती बिनासित्ती बेमौसम मै बाढी पहिरोको उपहार प्रकृति बिनासित्ती

Posted in गजल | Tagged | Leave a comment

गजल : भोट बिर्सियौ कि ?

~रवि प्राञ्जल~ रिठ्ठेदाइ र कुम्लेबाको भोट बिर्सियौ कि ? माटो छोई गरेको अठोट बिर्सियौ कि ? जनहितका कुरा गर्दा तिमीलाई पनि मलाईजस्तै लगाएको खोट बिर्सियौ कि ?

Posted in गजल | Tagged | Leave a comment

गजल : जन्मेरहेछु यसै झोपडीमा

~डा. खगेन्द्र घोडासैनी~ म जन्मेरहेछु यसै झोपडीमा, म हुर्केरहेछु यसै झोपडीमा । नलाऊ महल्का ठुला धाक ऐले, तिमीलाई तान्छु यसै झोपडीमा ।

Posted in गजल | Tagged | Leave a comment

छन्दबद्ध गजल : दिनदिनै भट्टी छिरेपछी

~रिजाल किरण~ छन्द : सत्पिक तान्छु मै दिनदिनै भट्टी छिरेपछी बन्छ आट सजिलै भट्टी छिरेपछी । जिन्दगी रङ हुने कैले हुने हरे हल्लिदो छ गतिलै भट्टी छिरेपछी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सहँदैन

~सुजन बुढाथोकी ‘कान्छा’~ लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहँदैन मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२) आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहँदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : यति धेरै सुन्को भाउ

~सुजन बुढाथोकी ‘कान्छा’~ के भएर बढेको हो आज यति धेरै सुन्को भाउ सायद, मैले धेर हेरेरै होला चढेको उन्को भाउ मैले त सोचेको थिए त्यो धर्म हो मानबता हो गुलाम सम्झेर तोकिदियो उस्ले मेरो गुन्को भाउ

Posted in गजल | Tagged | Leave a comment

गजल : सजायको अभाब छ

~सुजन बुढाथोकी ‘कान्छा’~ न्यायको अभाब छ यहाँ सजायको अभाब छ यस्तै हो यो देसको शासन ब्यवस्था खराब छ करोडपती हु छाडिदेउ पैसाको भेलले पुरिदिन्छु अदालतहरुलाइ हत्याराहरुको यस्तै दबाव छ

Posted in गजल | Tagged | Leave a comment

गजल : रानी प्रिया

~सदानन्द अभागी~ यो जीवनकी रानी प्रिया नयनोत्सव नानी प्रिया सुन्दर दृश्य यस्तै हुन्छ दिल धड्कनकी खानी प्रिया

Posted in गजल | Tagged | Leave a comment

गजल : अधूरै रहे गाना

~राजेन्द्र चोथाले~ अधूरै रहे गाना च्यातिदियौ तिमीले मेरा गीतका हर पाना । आरोप दिई नाना मारिदियौ आँखाका हर स्वप्ना ठूला-साना ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसुहरू खून जस्तो

~विमला तुम्खेवा~ बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : हुने खाने त्यता तिर

~रवि प्राञ्जल~ हुने खाने त्यता तिर । हुँदा खाने यता तिर । उतैतिर चल्छ सुवास चल्छ हावा जता तिर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रमायौ

~सदानन्द अभागी~ आशामा नै समायौ रमायौ आशामा नै सबैलौ गुमायौ राम्रोमाता नराम्रो न हालौं जानेरै हो, खरावै सुनायौ

Posted in गजल | Tagged | Leave a comment

गजल : भनाइ हैन गराइमा

~धीरेन्द्र प्रेमर्षि~ लोकतन्त्र आउनुपर्छ, भनाइ हैन गराइमा यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन ! आज किन दर्छौ साथी हामीलाई पराइमा

Posted in गजल | Tagged | Leave a comment

गजल : सेतो इन्द्रणी

~ममता मृगतृष्णा~ सेतो कपडा ओड्नेको सपना हुँदैन रे लाखौं हुन्छन् वरिपरि आफना हुँदैन रे। एउटै मान्छे मरि जाँदा संसार भासिने उन्को परिवार नामको त्यो वृक्ष अब घना हुँदैन रे।

Posted in गजल | Tagged | Leave a comment

गजल : लड्ने त मातले हो मातले

~सुजन बुढाथोकी ‘कान्छा’~ मान्छे रक्सीले लड्दैन लड्ने त मातले हो मातले तिम्रो आत्मै दरो छैन भने केही गर्दैन त्यो हातले जरुरी छैन मलाइ तिम्रो बिचारलाई बुझनलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : हराबरा हुन्छ

~सुजन बुढाथोकी ‘कान्छा’~ जब यो फुल प्रकृति र जिवन हराबरा हुन्छ तब चौतर्फी दुस्मनहरु हुन्छन र भमरा हुन्छ बियाँ हु,त्यो दिन पक्कै पनि फल फलाउनेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : सुन्दर केश थियो

~सदानन्द अभागी~ सुन्दर केश थियो निर्मित वेस थियो सारस चाल तथा बालक रेश थियो

Posted in गजल | Tagged | Leave a comment

गजल : चोर्न थाले अचेल भरी

~कोमल भट्ट~ सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्खनुपर्छ

~सुजन बुढाथोकी ‘कान्छा’~ अस्लि जिन्दगी बाच्नलाइ यहाँ पहिचान,पर्खनुपर्छ यति सुन्दर जिन्दगी बाचेर पनि चिहान,पर्खनुपर्छ प्लेन छुटोस म बिदेस जान्न,आखामै हेरेर हासेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : याद गर

~सुजन बुढाथोकी ‘कान्छा’~ निल्नु अघाबै घाटि अनि चपाउदा दात याद गर र बोल्दा जहिल्यै पनि आफ्नु औकात याद गर लकडानले जागिर र बाढी पहिरोले घर खोसियो

Posted in गजल | Tagged | Leave a comment

गजल : छेकेर हुन्न रैछ

~आशांक उपाध्याय~ बग्ने खोला छेकेर हुन्न रैछ भित्री घाउ सेकेर हुन्न रैछ प्रित गास्न जानिन भन्योअरे

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो स्वप्ना लुट्ने मान्छे

~राजेन्द्र चोथाले~ तिमीलाई के भनुँ म मेरो स्वप्ना लुट्ने मान्छे आँसुको भल बनेर आँखामा फुट्ने मान्छे । यात्राको बाटो रोजी मेरो साथ मागी मागी यात्रा सुरु गरेर बीचैमा छुट्ने मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यति धेरै रसाइरहेछ

~सुजन बुढाथोकी ‘कान्छा’~ यी आखाहरु आज किन यति धेरै रसाइरहेछ तैभएर होला आकासले पनि आँसु खसाइरहेछ मलाइ जान्न मन छ उ कलाकार हो कि आमा हो जो जिवनमा आफू रोएर पनि अरुलाइ हसाइरहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : भोग्दै थिए घात सानु

~ममता मृगतृष्णा~ हिजो भोगे माया आज भोग्दै थिए घात सानु जल्दै गर्या आगो छेऊमा चिठीका ती खात सानु जून थिएन आकाशमा,रूॅदै होला लुकि कतै जिवन जस्तै अन्धकार र निष्पट्ट थ्यो रात सानु।

Posted in गजल | Tagged | Leave a comment

गजल : याद बाँचेको छु

~बिपिन शर्मा~ म पलपल तिम्रो याद बाँचेको छु भित्र जति दन्केपनि बाहिर हाँसेको छु स्मृतिको फूलवारीमा प्रितका फूल फुलाई तिम्रो लागि मैले यौटा माला गाँसेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : खाली ठाउँ राखेनछ

~आशांक उपाध्याय~ मुटु भरि बेदनाले खाली ठाउँ राखेनछ सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ

Posted in गजल | Tagged | Leave a comment

गजल : मन छ

~राधा वाग्ले~ तिम्रो दिलको दैलो भित्र पसिजाने मन छ भित्र पसि डेरा जमाई बसिजाने मन छ । त्यो मन को बुलबुलेमा खेल्न दियौ भने कहिल्यै ननिस्किने गरि धसिजाने मन छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बातैबात अहो प्रिया

~सदानन्द अभागी~ बातैबात अहो प्रिया मातैमात अहो प्रिया आजैआज नभै देरी हातैहात अहो प्रिया

Posted in गजल | Tagged | Leave a comment

गजल : यो जिन्दगीको

~रवि प्राञ्जल~ किनारा कहाँ छ यो जिन्दगीको ? सहारा कहाँ छ यो जिन्दगीको ? तिमी नबस्दा यो मनको कुनामा गुजारा कहाँ छ यो जिन्दगीको ?

Posted in गजल | Tagged | Leave a comment

गजल : महल पाएर पनि

~अनिता भण्डारी पौडेल~ खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि डिस्को, क्लब, मोज मस्तीमा धाएर पनि किन तिम्रो अनुहारमा ग्रहण लागेको छ महँगा महँगा पहिरन गहना लाएर पनि

Posted in गजल | Tagged | Leave a comment

गजल : पूर्णतामा रमाई घुमाई

~सदानन्द अभागी~ पूर्णतामा रमाई घुमाई स्वर्णतामा सजाई झुमाई आउँछन् ती वहाना बनाई पाउँछन् के बसाई गुमाई

Posted in गजल | Tagged | Leave a comment

गजल : आभास लाग्न थाल्यो

~कौशिला रिसाल~ तिमी भेटे मनमा मीठो आभास लाग्न थाल्यो आजभोली आफ्नै जीवन खास लाग्न थाल्यो हिंड्नुपर्छ थाछ, एक्लै साथी हुन्नन् जहिले तिमी बिना पल पल निरास लाग्न थाल्यो ।

Posted in गजल | Tagged | Leave a comment