Tag Archives: Eaku Ghimire

गजल : बाँधेर भाग भन्छन्

~एकु घिमिरे~ खुट्टा बाँधेर भाग भन्छन् जरा उखेल्छन् अनि जाग भन्छन् आफ्नो पिप्सो पिलो हुन्छ ! अरुको घाउलाई दाग भन्छन् ।

Posted in गजल | Tagged , , , | Leave a comment

नियात्रा : गुफापोखरीमा मेन्छ्यामको छायाँ

~एकु घिमिरे~ ‘हटयो सारा हिलो मैलो ‘ भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ को दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामबाट कर्मस्थल चैनपुर्-संखुवासभातिर लागेँ । धरान बास बसेर बिहानको गाडीमा … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

बाल नाटक : बाल अधिकार

~एकु घिमिरे~ एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश । विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून  सर । शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून  ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन … Continue reading

Posted in बाल नाटक | Tagged , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : फलानो

~एकु घिमिरे~ सर्वाधिक विक्री हुने अन्तराष्ट्रिय दैनिक ‘फलानो ‘ मा आज ब्यनर न्यूजको शीर्षक छ ‘फलानो कविताका फलानो कवि फलानो अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम , देसको नाम राख्न सफल।’ शीर्षक लगत्तै कविता पनि राखिएको छ- फलानो फलानो बाद -जिन्दाबाद फलानो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

गजल : लुकि-लुकी भेट्छन !

~एकु घिमिरे~ भेट्नुहुन्न त्यसलाई भन्छन्,लुकि-लुकी भेट्छन ! निहुरिन छोड्यौं भन्छन्,झुकि-झुकी भेट्छन। टाढा हुँदा बिरोध गर्छन्,नजिक हुँदा पाउ पर्छन ! मर्यदाक्रम बिर्सिएर ढुकि-ढुकी भेट्छन।

Posted in गजल | Tagged , , , | Leave a comment

बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~ घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी । बैगुनको रङ हुन्छ सबैभन्दा पैले नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले नीलो आकाश जस्तै रङ तेस्रो खापमा

Posted in बाल गीत | Tagged , , , | Leave a comment

कविता : रित्तो भो अन्तुडाँडा!!

~एकु घिमिरे~ रित्तो-रित्तो लाग्छ यो टारबारी बा’कै झल्को दिन्छ त्यो बाँसघारी। बाबा!खोजी गर्छ लोटा र भाँडा बाबा जाँदा रित्तो भो अन्तुडाँडा!! ढाका टोपी चट्ट् लाएर हिंड्ने गुन्गुन् गीत गाएर हिंड्ने।

Posted in कविता | Tagged , , , , | Leave a comment

नियात्रा : तीनजुरेमा तीन पटक

~एकु घिमिरे~ वि. स. २०७१ को तिहार मावलकी हजुरआमाको निधनका कारणले मानिएन । चाड नमान्ने हुँदा साथीभाइलाई पालो दिने उदेश्यले मैले अफिस कुर्ने निर्णय गरेपछि कार्यरत चैनपुर बजारमै बस्यो हाम्रो परिवार । टीका नलगाए पनि रमझम भएपछि मन त उड्ने … Continue reading

Posted in नियात्रा | Tagged , , , , | Leave a comment

गजल : चोली हरायो

~एकु घिमिरे~ बिकास आयो,दौरा-सुरुवाल,चोली हरायो आधुनिकता सँगै हाम्रो बोली हरायो । ट्याक्सी,कार मात्र हैन,टुइनेटर आए प्रविधिको चेपमा परी डोली हरायो।

Posted in गजल | Tagged , , , | Leave a comment

व्यङ्ग्य कविता : पाकेको फर्सी

~एकु घिमिरे~ भुइँमा राख्दा बिगि्रन्छ भनेर दलिनमा राखिन्छ पाकेको फर्सी हेर्दा राम्रो-चाम्रो हुन्छ, छाम्दा गिलित्तै राखेको फर्सी । कुहेछ, रछ्यानमा फ्याँकियो सहस्र उम्रन्छ, बढ्छ र फल्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

गजल : साली भए …

~एकु घिमिरे~ नाङ्लो भए केलाउँथे डालो के गर्नु र ? साली भए भेट्न आउँथे ,सालो के गर्नु र ?? ‘रातो राम्रो , गुलियो मिठो’ भन्ने उखानै छ सेतो भए पनि हुन्थ्यो , कालो के गर्नु र ??

Posted in गजल | Tagged , , , | Leave a comment

पुस्तक समीक्षा : एकु घिमिरेको गाउँमा एकछिन्

~पञ्च विस्मृत~ खेवाराः रमदानका दिनहरु । राती जाग्ने दिनमा सुत्ने अनौठा मान्छेहरुको बस्ती छ अगिल्तिर । ढोकाहरु सदा बन्द देखिन्छन् । यहाँ कोही कसैको घर छिर्दै गरेको देखिन्न । गाडीलाई नगन्ने हो भने सडकमा महिलाहरुको उपस्थिति प्रायः शून्य देखिन्छ । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , , | Leave a comment

गजल : पसीना आफ्नै गनाइरहेछ

~एकु घिमिरे~ पसीना आफ्नै गनाइरहेछ आफैँले विरोध जनाइरहेछ । रुढीवादलाई तोड्छु भन्थ्यो ढुङ्गोलाई देवता भनाइरहेछ ।

Posted in गजल | Tagged , , , | Leave a comment

गीत : मन लज्जावती झार जस्तो भयो

~एकु घिमिरे~ किन-किन तिमीलाई देख्दा कस्तो-कस्तो भयो लजाएर मन लज्जावती झार जस्तो भयो । जव तिमी मलाई हेर्दै गफ गर्थ्यौ मिलाएर भित्रभित्रै मेरो मन पानी बन्थ्यो शर्माएर कुन्नी किन तिर्खा हो कि भोक लागे जस्तो भयो

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment