Tag Archives: Dr Madhu Madhurya

क्वान्टम कविता : मेरो देशमा भूत पसेको छ…

~डा.मधु माधुर्य~ झिसमिसे उज्यालो रमितेहरुको भीडबाट गुञ्जिरहेछ कोलाहल विश्वास/ अविश्वासको अग्नी-परीक्षामा ब्यस्त जीवनको एक कालखण्ड – टक्क रोकिन्छ: टिकाथली सिँहदरबार दशगजा …

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : निर्लज्ज युद्द

~डा मधु माधुर्य~ “अँ, २ घण्टापछि मलाई फोन गर्नुस्।” यो थियो राती ३ बजेतिर आएको फोन उचालेर ” हेलो, नमस्कार, को बोल्नु भएको? ” बोल्दाको पूरा जवाफ । अति नै चिसो, अभिवादनबिहीन त्यो जवाफ घनघोर घृणाको मृत र रुखो अभिब्यक्ति … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : छेकिएका हिमश्रृंखलाहरु..

~डा.मधु माधुर्य~ १ बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु नागलाई महादेवको गलामा बेरिएको देख्छु कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु… जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म तिनै सर्पहरुले फणा उठाउँदा – सगरमाथा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हिँड्‌दा हिँड्‍दै

~मधु माधुर्य~ यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दै यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठ्छन्‌ र सुत्‍छन्‌ ‘अँधेरो’लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा उज्‍यालो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : देशको पुनर्घोषणा !

~मधु माधुर्य~ “मोराले मन्दिरै भत्काउने पो हो कि” भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु पशुपतिनाथको देशमा म उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ? प्राकृतिक रेफ्रिजेरेटर खोलेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : शव-आसन

~डा. मधु माधुर्य~ कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

मधु माधुर्यका पाँच हाइकुहरु

~मधु माधुर्य~ अण्डा कि फूल ? मात्र ढाँटको गेडो – अप्रिल फुल ! गणतन्त्र? खै – गाँस-बास-कपास ? अप्रिल फुल !

विधा : हाइकु | | प्रतिकृया छोड्नुहोस्

कविता : जीवन आफैंमा एउटा सिंगो काव्य रहेछ.

~मधु माधुर्य~ गृष्मको धपधपी गर्मीलो दिन होस् वा हिंउंंंदको कठयांग्रिने चीसो रात अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा लागिरहेछ हमेशा कविताको मात पाखा कन्दरामा प्रतिध्वनित सुसेली वा झरनाको मनमोहक झंंकार

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : इन्जिनियर

~मधु माधुर्य~ माटो “पानी ! पानी !!…..” भनेर छटपटाएको बेला उ नहर कुलोहरु भएर बगिरहेको हुन्छ बिछोडको दु:खद घडीमा वारी र पारीको ह्र्दय जोड्न उ पुल बनेर तेर्सिरहेको हुन्छ दोभानहरुमा लाम लागेर हमेशा दौडिरहन्छन् मान्छे र गाडीहरु छाती भरी उ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : क्षितिज : जहाँ हाम्रो भेट हुनुपथ्र्यो

~डा. मधु माधुर्य~ परेलीभरि उठाउँदै छाल आउँछन् सपनीहरु आशाको बोक्दै सुन्दर उपहार आउँछन् विपनीहरु न आयौ तिमी हरियाली याममा, जब पूmल फुल्दछ न आयौ तिमी जूनेली रातमा, जब जून खुल्दछ यात्राको लामो अन्तरालमा संगै भोगेका आरोह अवरोहहरु जीवनका गाथा कथाहरु … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सन्यासीहरुको विश्वब्रह्माण्ड : च्यांगबाको बस्तीबाट हेर्दा

~मधु माधुर्य~ लछार पछार पारेर धरातल छातीभरि उठेका गगनचुम्बी घरहरु च्यातेर आकाश युगको नशाले फुटाएर धर्ती आणविक घनले उन्मत्त उन्मत्त यो वर्तमान बेचेर आप्mनो स्वाभिमान सभ्यताको पाठ पढाउँछ हामीलाई बोकेर पत्थरको हृदय मानवताको व्याख्या गर्छ बस्तीहरुलाई पैmलाउँदै रंगमञ्च युद्धहरुको शान्तिको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म, तोल्स्तोई ज्युँदो झार भएर बोल्दैछुु आज !

~मधु माधुर्य~ स्वच्छ, स्वच्छन्द यो मैदान ! जहाँ बाल्यपन, ठीटोपन र युवापन का अनुभूति बटुल्दै जीवन ” धावा बोेलीरहेछ ” कथाका आगाहरु ” सेभास्तोपोल ” बलिरहेछ निर्लज्ज दिवास्वप्न बोकेको नेपोलियनको आक्रमणको पृष्ठभूमिमा ” इभान इलिच ” को मृत्यु भन्दा पनि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : बचेखुचेका सभ्यताहरु

~डा मधु माधुर्य~ सुनसान वातावरणः न झ्याउंकिरीको आबाज, न चराचुरुंगीको चिरीबिरी,उजाड्प्रायः दृश्यः न हरियाली जंगल,न नदिनाला, खोला र झरनाहरु,शान्त परिवेशः मानौं यो धर्तीमा युद्दको खेतीपाती कहिल्यै भएन। त्यो बस्तिमा न त गगनचुम्बी घरहरु नै देखिन्थे, न त भीड बजार वा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : आगाका गीतहरु

~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ कति नियास्रो लाग्दो छ सिउँडीको घारी छिचोल्दै देउराली नहिंडेको दिन ज्वालामुखीको लाभा टेक्दै मेलापात नहिंडेको दिन कति टीठलाग्दो छ बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

चिन्तन : अनन्त पुराणः समय र स्थानको दोभानमा जीवनको आयाम

~डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ ब्रम्हाण्डमा सबैभन्दा अस्थायी कुरो समय हो। समय सेकेन्ड सेकेन्डमा मरिरहेको हुन्छ । भविष्य वर्तमानमा परिणत हुँदै भूत भएर मरिरहेको हुन्छ र भूत नै भविष्य हुँदै वर्तमान भएर जन्मिरहेको हुन्छ( यस कुरालाई हामीले स्विकार्न सकिरहेका छैनौँ)। … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : विचार मन्थन|चिन्तन | , | प्रतिकृया छोड्नुहोस्

कविता : यो शहरमा मेरो काम छैन

~डा. मधु माधुर्य~ हिँड्‌दा हिँड्‍दै यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दा यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सुन, फूल र सहीदहरु

~मधु माधुर्य~ पोलिएर सुन छटपटाउँदै आगोमा पानी पानीमा रुपान्तरित आखिर कसैकोे सौन्दर्य बनेर झकमक्क टल्कनुमा रहेछ भेद ।। सहेर घाम, पानी, बतास छटपटाउँदै मौसम र माटोमा टुसा, पालुवा र फूलमा रुपान्तरित आखिर आँखामा सौन्दर्य बनेर कसैको सिउँदोमा सजिनुमा रहेछ भेद … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : मेरो छायाँ

~डा. मधु माधुर्य‘ जीवनले छाडे मृत्यु छँदैछ जीतले छाडे हार त छँदैछ त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके देशको वर्तमान नरक त मसँग छँदैछ म एक्लो छुइन साथमा मेरो छायाँ छ छायाँको मलाई माया छ म एक्लो छुइन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आवाजभित्रका आवाजहरु ?

~डा. मधु माधुर्य‘ पुल र बाटो बगाउँदे आप्mनो भलमा एकलव्य धूनमा पानी दर्किरहेछ गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ टुहुरो बालकलाई मगन्तेले सान्त्वना दिइरहेछ ः ,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले भोलि नाना, चाचा ल्याइदिन्छु ।,,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : चिसाचिसा रातहरु

~डा. मधु माधुर्य‘ सिमलको भुवाभैंm कता कता माथि माथि उड्ने कता कता अथाह हराउने अनिश्चित स्वप्नहरुको स्पर्शमा हिजोआज बित्ने गरेका छन् चिसा ओछ्यानका रातहरु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आकाश-कुसुम

~मधु माधुर्य~ जिन्दगी जो देश बाँचिरहेछ जिन्दगी जो म बाँचिरहेछु सपना र रहरबाहिर योजना र कर्मबाहिर हामी फगत बाँचिरहेका छौं

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रेम रोगी ‌रोही‌रहेछ

~मधु माधुर्य~ फर्क्यो आकाशतिर पूर्व पापका लागि माफ माग्यो धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’ पढ्यो ‘बुझ्यो’ र हिड्यो…… म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्