Tag Archives: Dr Jyotipunja Suresh

गजल : एसपाली

~डा सुरेश ज्योतिपुञ्ज~ होस् दिगो शान्तिको स्थापना एसपाली। सबै नेपालीमा शुभ कामना एसपाली। दन्त्य-कथा भयो राज्य पुरानो प्रभुको, गर्ने त्यो परकै कुरा प्रार्थना एसपाली। रक्ष्या गर्छु भन्नेले नै तोडेको देखियो, हुनुपर्यो कानूनको पालना एसपाली।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात चाहिदैन

~डा सुरेश ज्योतिपुञ्ज~ बाहिरी त्यो रङ्गरुपको मात चाहिदैन। मायामा वाचाकसमको खात चाहिदैन। सम्झिराखे हुन्छ,मनभित्र देउतालाई, चढाउन उसलाई फूल-पात चाहिदैन। बनपाखालाई रातो,गुरास भये पुग्छ, इन्द्रेणिको जस्तो रङ्ग सात चाहिदैन।

Posted in गजल | Tagged | Leave a comment

गजल : भरिभरी

~डा सुरेश ज्योतिपुञ्ज~ सिरमा लाग्दा कालो बादल छाना भरिभरी। देशको कथा लेख्ने को छ पाना भरिभरी। पराइकै भरमा खाने ठुलै दाउ रे हजुरको, पाउनु भो पोल्टामा कति दाना भरिभरि। सुनकै थाली हजुर महलमा बस्नेलाई, छैन कसैलाई एक पट खाना भरिभरी।

Posted in गजल | Tagged | Leave a comment

गजल : धुन आउँदैन

~डा सुरेश ज्योतिपुञ्ज~ मनको घाऊ, धुन आउँदैन। अचेल मलाई, रुन आउँदैन। फूलभित्र केशरी, चुम्ने कसरी, भवराँजस्तो,भुनभुन आउँदैन। फूलभन्दा लाग्छ,पातको माया, काँडा वरिपरी, छुन आउँदैन।

Posted in गजल | Tagged | Leave a comment

गजल : हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर।

~डा सुरेश ज्योतिपुञ्ज~ हुन नहुने हुन खोजेँ , आज मलाई माफ गर। तिमीलाई छुन खोजेँ , आज मलाई माफ गर। सुनाउँदा कथा आफ्नै, बिर्सिएछु तिम्रो कथा, बैगुनी भै गुन खोजेँ , आज मलाई माफ गर। न त खस्यो मेरो आसुँ,न … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!

~डा ज्योतिपुञ्ज सुरेश~ राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता! तातो तेल सत्य माथि,खत्याउने मान्छे कस्ता! गाढ्या लास ब्युँताउँछु,बन्दुकैले मन्त्र हानी, ढोँगी आज बाबा भयो,पत्याउने मान्छे कस्ता!

Posted in गजल | Tagged | Leave a comment

गजल : भो अब मुटुमाझ, बस्न नआउ

~डा ज्योतिपुञ्ज सुरेश~ भो अब मुटुमाझ, बस्न नआउ। बिशालु छौ तिमी, डस्न नआउ। एकान्तमा रुदै,झिक्ने बानी मेरो, काडाँसरी मनभित्र पस्न नआउ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति

~डा ज्योतिपुञ्ज सुरेश~ अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति। घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति। हिरामोती बहुमुल्य,फलामैको भाउ छैन, पित्तलैमा सुन पाए, जाती हुन्थ्यो कति।

Posted in गजल | Tagged | Leave a comment

गजल : लडाईमा बन्दुक बोके,राजा हुन्छ यहाँ।

~डा ज्योतिपुञ्ज सुरेश~ लडाईमा बन्दुक बोके,राजा हुन्छ यहाँ। मैदान ईराक,काबुल, गाजा हुन्छ यहाँ। नियम हो प्रकृतिमा,अन्याय निर्धामाथि, कमै मात्र बलियोचाँही,खाजा हुन्छ यहाँ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलनभन्दा अचेल,बिछोड गजबको।

~डा ज्योतिपुञ्ज सुरेश~ मिलनभन्दा अचेल,बिछोड गजबको। जिन्दगानी घटाऊ,कि जोड गजबको। छुट्या पनि होइन,मिल्या पनि होइन, कहाँ जाने हजुर, यो मोड गजबको।

Posted in गजल | Tagged | 2 Comments

गजल : न त वार भो, न त पार भो।

~डा सुरेश ज्योतिपुञ्ज~ न त वार भो, न त पार भो। न त जीत भो, न त हार भो। कहाँ सुनायेँ,कथा जीवन, न त पुरा भो, न त सार भो।

Posted in गजल | Tagged | Leave a comment

गजल : बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ

~डा ज्योतिपुञ्ज सुरेश~ बिचारमा नयाँ चहल,पहल लेख्न थालेँ। लेख्दै जान थालेपछी,गजल लेख्न थालेँ। फुटिजाने डर सधैं ,सिशमहल सपनाको, पुरानो यो झुपडिलाई,महल लेख्न थालेँ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दाबाद

~डा सुरेश ज्योतिपुञ्ज~ कहिले नफुट्ने जनताको यो बोली जिन्दाबाद। तिनै निमुखालाई सिध्याउने गोली जिन्दाबाद। बगाइदिये भईगो रगत अरुको चाहिये जती, खेल उही रातो रङ्गको फेरी होली जिन्दाबाद।

Posted in गजल | Tagged | Leave a comment

गजल : हुन्छ क्यारे ठुलै काम ,तिम्रो शहरमा।

~डा ज्योतिपुञ्ज सुरेश~ हुन्छ क्यारे ठुलै काम ,तिम्रो शहरमा। तिमी आँफै बदनाम, तिम्रो शहरमा। कलियुगमा लौ,सिताको अग्निपरिक्ष्या, कती धेरै रामैराम, तिम्रो शहरमा। प्यारो मलाई आफ्नै,पापीहरुको गाउँ, सुनेको छु ठुलै धाम, तिम्रो शहरमा।

Posted in गजल | Tagged | Leave a comment

गजल : नहोला कि मिठो ,लय लाग्न थाल्यो।

~डा सुरेश ज्योतिपुञ्ज~ नहोला कि मिठो ,लय लाग्न थाल्यो। गजल कस्तो भयो,भय लाग्न थाल्यो। एउटा थिएँ म, बाँकी उनान्सय के ? गजलमै भेटेँ आँफै,सय लाग्न थाल्यो।

Posted in गजल | Tagged | Leave a comment