Tag Archives: Dinesh Adhikari

कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~ रमाउनका लागि खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो वसन्त पर्खेर कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन पोहोर-परारजस्तो यो बेला चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि सायद मलाई पछुतो हुने छैन

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : गुनासोरहित

~दिनेश अधिकारी~ धेरै पल्ट बढो मुस्किलले समय निकालेर तिमीलाई भेट्न भनेर आएको – म हरेक पटक तिम्रो ढोकासम्म पुगेर पनि तिमीलाई नभेटिकनै फर्केको छु ! थाहा छ किन म तिमीसँग केही माग्न चाहन्नथें म तिमीसँग केही पाउन चाहन्नथें

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~ थुक्क ! मान्छेको जिन्दगी बुझ्न थालेदेखि बाँचुन्जेलसम्म सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ बढ्तै गर्न सके दालभातको सम्पन्नता साटेर दिनहुँ- आफ्नै जिन्दगी चपाउनुपरेको छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : खै ! के भएको हो यो समयलाई

~दिनेश अधिकारी~ म ग्राहक छु त्यस अखबारको त्यसैले हिजो जस्तै आज पिन ढोकाअगाडि छोडेर गएको छ वितरकले त्यसको नयाँ अंक र भुइँबाट त्यसलाई टिप्नुपर्ने एउटा परिस्थितिको बीचमा म घोरिएको छु अखबार मेरा अगाडि छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गीत : खुसी छु म

~दिनेश अधिकारी~ खुसी छु म आज तिमीभन्दा धेरै तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ कोसँग म हिषु कोसँग रमाऊँ तिमीलाई भेट्दा हरायो बिरानी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , , | Comments Off on गीत : खुसी छु म

गीत : कहिले यो मन खहरे

~दिनेश अधिकारी~ कहिले यो मन खहरे कहिले यो मन छहरा चुलबुले यो मनलाई कसले दिने पहरा चिठीपत्रमा सबैलाई यस्तै हो सोह्र सत्रमा उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , , | Comments Off on गीत : कहिले यो मन खहरे

कविता : आशङ्का

~दिनेश अधिकारी~ कट्कटी काटिएको आफ्नो मन लिएर थरथर काँपिरहेको आक्रोशयुक्त‚ वरमा कुनै एकदिन वी.वी. अनुरागी मसँग भनिरहेथे – दाइ ! धर्मको नाममा जिजुबाजे, बाजे र बा मात्र हैन

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : आशङ्का

कविता : हिउँ र तिमी

~दिनेश अधिकारी~ न्यानो लाग्नेगरी चिसो हिउँ परिरहेको छ र, म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियौ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : हिउँ र तिमी

कविता : सत्ता

~दिनेश अधिकारी~ जसरी पनि जालन्धरलाई मार्नैपर्ने उद्देश्यमा समर्पित छ विष्णु र, उसका लागि ठूलो चुनौती बृन्दाको निष्ठा भएको छ । शक्तिले नसकेपछि षड्यन्त्रमा ओर्लन्छ देउता पनि विष्णु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : सत्ता

गीत : लैजा चरी मेरो खबर

~दिनेश अधिकारी~ कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको शहर हातमाथि हात राखी देवी देउता सबै भाकी लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : लैजा चरी मेरो खबर

गीति कविता : यो देश मेरो देश

~दिनेश अधिकारी~ यो देश मेरो देश म राख्छु शिरमा यसको गरिमा यही हो मेरो आस्था आशेष ! म स्वप्न बुन्छु यही देशसँग म भर्छु तनमा यसकै उमङ्ग

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गीति कविता | Tagged , | Comments Off on गीति कविता : यो देश मेरो देश

गीत : म त आएँ तिम्रो सामु

~दिनेश अधिकारी~ म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि आँखा खोल्दा अघिल्तिर खुसी यस्तै देख्न पाए आफू हारी अरुलाई रमाएको हेर्न पाए

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : म त आएँ तिम्रो सामु

गीत : फूलफूलमा पातपातमा

~दिनेश अधिकारी~ फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन मनभरि तनभरि शीतमाथि घाम सरी फुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप बात मार्न मन लाग्छ एकान्तमा आफैंसित

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , , | Comments Off on गीत : फूलफूलमा पातपातमा

कविता : पानीको गाँठो

~दिनेश अधिकारी~ कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : पानीको गाँठो

स्वदेश गान : पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ

~दिनेश अधिकारी~ पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ पहराको शक्ति खेल्छ हाम्रो नसा नसामा पहराको माया हुन्छ हाम्रो चौडा छातीमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , , | Comments Off on स्वदेश गान : पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ

कविता : हर्कबहादुर

~दिनेश अधिकारी~ उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अ?हरूबाट आफ्नो सक्कली नाम सुन्न व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ ऊ हर्कबहादुर हो हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : हर्कबहादुर

कविता : नीलो बह

~दिनेश अधिकारी~ देश एउटै हो भन्नुहुन्छ झण्डा एउटै हो भन्नुहुन्छ कानून एउटै हो भन्नुहुन्छ सरकार एउटै हो भन्नुहुन्छ तर हामी किन आकाश-पाताल जस्तै फरक छौं तपाईको शरिर हो कि लुगाबाट

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : नीलो बह

गीत : तिमी यसै लजायौ म उसै धकाएँ

~दिनेश अधिकारी~ तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : तिमी यसै लजायौ म उसै धकाएँ

गीत : के गर्दै होली मायालु मेरी

~दिनेश अधिकारी~ ढोकामा बत्ती कोठामा बत्ती शहरभरि झलल बत्ती तैपनि आँखाभरि आँखा उज्यालो छैन सम्झन्छु खाली घरकै टुकी के गर्दै होली मायालु मेरी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : के गर्दै होली मायालु मेरी

पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

~अरुणबहादुर खत्री “नदी”~ दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको छ । यस कृतिभित्र भोक, निलो बह, तिमी को हौ ? लिजा म असाध्यै डरपोक छु, खै के भएको हो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : पुस्तक समीक्षा | Tagged , , | Comments Off on पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

कविता : ग्रे-कोटभित्रको मान्छे

~दिनेश अधिकारी~ केही दिन अगाडिदेखि मेरो साथीले ग्रे-कोट लगाउन थालेको छ र, म अनुभव गरिरहेछु- ग्रे-कोट लगाउन थालेपछि उसको मुटु हराउन थालेको छ मान्छे उही हो पहिले पहिले

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : ग्रे-कोटभित्रको मान्छे

गीत : यो सम्झिने मन छ

~दिनेश अधिकारी~ यो सम्झिने मन छ, म बिर्सुं कसरि तिमि नै भनी देउ, ए जाने निस्ठुरी यी औंला तिनै हुन तिमिले चुमेका परेली यिनै हुन तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : यो सम्झिने मन छ

गीत : तिमी जुन रहरले

~दिनेश अधिकारी~ तिमी जुन रहरले म मा फुल्न आयौ सबै सुख हराए, संधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकौं व्यर्थै तिमीले मेरो हात समायौ बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : तिमी जुन रहरले

गीत : मलाई त घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~ मलाई त घाउ छोप्ने बहाना हो हाँसो दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो खुसी जस्तो देखिन्छु म पीर लुकाउन हेर्नेको मन् तर त्यही सतहमा खस्यो ! के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म अघि बढ्ने ठाउँ छैन पछि हट्न सक्तिन म

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : मलाई त घाउ छोप्ने बहाना हो हाँसो

गीत : सोचे जस्तो हुन्न जिवन

~दिनेश अधिकारी~ सोचे जस्तो हुन्न जिवन सम्झे जस्तो हुन्न जिवन जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जिवन पिरहरु बटुलेर रोइरहूँ जस्तो लाग्छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : नेपाली गीत | Tagged , | Comments Off on गीत : सोचे जस्तो हुन्न जिवन

कविता : शान्ति क्षेत्र – नेपाल

~दिनेश अधिकारी~ युद्ध त–‍ बुद्ध स्वयंमा युद्ध हो मैले उसलाई हिंसाको विरोधमा डटेको सुनेको छु युद्ध त– 

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : शान्ति क्षेत्र – नेपाल

कविता : परदेशमा

~दिनेस अधिकारी~ छिमेकी घरबाट तरकारीको मीठो बास्ना आए पनि झल्झली ! आमा-अनुहार संझेको छ, साँझ-बत्ती सँगसँगै निथ्रुक्क ! परेली भिजाएर 

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : परदेशमा