Tag Archives: दीपक कुमार ज्ञवाली – Deepak Kumar Gyawali

कविता : कार्टेली

~दीपक कुमार ज्ञवाली~ बोल्नेहरु बोल्दै गर्छन् सधै आफ्ना लागी आफ्नै छापाले छाप्छन् आ आफ्नै बोली सञ्जालै सञ्जालले जेलिएका तिनीहरु । एउटालाई पिडा हुँदा फट्कार्छन् जिव्राहरु । बोल्ने छैनन् रगत नपाई मर्नेहरुका लागि । भोको पेटको हातबाट खोज्छन् तालीहरु ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : आशय

~दीपक कुमार ज्ञवाली~ भुलेर पिडा दिन आए∕ साथ । तिमी मेरै हौ लौ लेऊ हात । नौलाख तारा गगनमा रात । उज्यालो छर्ने अरुको साथ । १ अरुको साथले लागेको मात । चमक्क चम्कने मिmल्काकोेसाथ । प्रबेश कठिन आयौ बाहिर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बसन्त

~दीपक कुमार ज्ञवाली~ फक्रन्छन् कोपिलाहरु सुभाष मिठो छर्दै चिरबिर गर्छन् चरीहरु उन्माद आफ्नो पोख्दै ऋतुराज बसन्त आज घोप्टियो धरातलमा पोख्दै आफ्ना अवयबहरु लौ हेर लौ हेर भन्दै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : फेरीएको शब्दको परिभाषा

~दीपक कुमार ज्ञवाली~ फेरीएको शब्दको परिभाषा , सहिष्णुता रुपान्तरण भै रहेछ असहिष्णुतामा मानवमा मानवता स्खलन हुँदा अराजकताले प्रश्रय पाईरहेछ सुशासनको सुगा रटाईमा सेवा प्रदायको नशा नशामा कुशासनले आवास बनाई सकेछ शब्दजालमा रमाउने प्रहरले आफ्नो जवानी छताछुल्ल पार्दै शब्द शब्दले शब्दलाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : विवश

~दीपक कुमार ज्ञवाली~ श्रद्धा र आस्था रह्यो प्रवल । ठानेकै थिएँ आस्थाको धरोहर । फोहर र कसिंङ्गर नमानी घृणा । आत्मसात गरीरहें समीपमा रहेर । भावना कुल्चिन, आस्था डग्मगाएन । अटल बिश्वास सधै मनमा राखेर । गुलाबको फूल ठानेको थिएँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गीत : शासक

~दीपक कुमार ज्ञवाली~ तिमीले खाएर के भो यहाँ कति छन् भोकै तिमीले लगाएर के भो यहाँ कति छन् कती नाङ्गै भोग गर शासनको शासक भएर तिमी तिम्रै मात्र रहेछ देश राज गर सिँहासनमा बस्दै

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्