Tag Archives: दामोदर नेपाल – Damodar Nepal

कविता : मेरो देश

~दामोदर नेपाल~ बुद्धको उदगमस्थल शिवजीको क्रिडास्थल महषिर्हरुका तपोभूमि देवकोटाको सुन्दर, शान्त, विशाल व्यक्ति व्यक्तिका अलग अलग विश्लेषण कथनमा एकरुपता, व्यवहारमा भिन्नता यही हो अहिलेको मेरो देश नेपाल।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अवश्य आउनेछ

~दामोदर नेपाल~ त्यो भञ्ज्याङमाथिको क्षितिजबाट सधैँ घाम झुल्किन्छ तर मेरो बाबु अझै झुल्किएन आशा मरेको छैन तृष्णालाई बुढ्यौली लागेको छैन त्यसैले त नियाल्दैछु उसको बाटो अनि वर्षौम्म नियालीरहनेछु जबसम्म ऊ आउँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली दख्खिन बग्दो छ

~दामोदर नेपाल~ एक टुक्रा जुनले निशा चिर्ने प्रयास गरिरहेको बेला सहयोगी हातहरु फैलाउँदै प्रकाशलाई परावर्तन गर्दै बस्तीमा उज्यालो छर्न उद्यत कर्णाली दख्खिन बग्दो छ । घरको गर्जो टार्न अनि गाउँलाई झलिमिलि पार्न दख्खिन झरेका र झारिएका

Posted in कविता | Tagged | Leave a comment