Tag Archives: Chanki Shrestha “Avaya”

अनूदित कथा : एउटा चोरको कथा

~रस्किन बन्ड~ अनुवाद : अभय श्रेष्ठ अनिललाई भेट्दासम्म म चोर नै थिएँ। १५ वर्षको अल्लारे भए पनि चोरीमा म नामी र हरामी थिएँ। म अनिलको नजिक जाँदा ऊ एउटा कुस्ती हेरेर रमाइरहेको थियो। ऊ करिब २५ वर्षको जवान थियो। अग्लो र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कथा | , | प्रतिकृया छोड्नुहोस्

कथा : अपहरण

~अभय श्रेष्ठ~ चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’। भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : अब सत्यलाई पनि साक्षी चाहिएको छ

~चंकी श्रेष्ठ ‘अभय’~ अब सत्यलाई पनि सत्य सावित हुन साक्षी चाहिएको छ घामलाई घाम हुन जूनलाई जून हुन आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जरुरी कुरा

~चंकी श्रेष्ठ ‘अभय’~ मानिसहरूका वाणीबाट निस्कने फोहोरजस्तै यो देशमा धेरैधेरै छन् फजुल कुराहरू । प्राचीन सहरमा स्मार्ट सिटीको सपना, राष्ट्रिय शोकमा प्रधानमन्त्रीको राजकीय भ्रमण र, स्वतन्त्र प्रेसको मायाजाल

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : भुमरी

~चंकी श्रेष्ठ ‘अभय’~ केवल धागोमा बाँधिएको एउटा सिन्का जसले तिनीहरूको जीवनमा शान्ति ल्याएको थियो । ऊ दिउँसो सुत्थ्यो, रातभरि उठ्थ्यो । कुनै दैनिक अखबारमा मुखपृष्ठको पाण्डुलिपि सम्पादक थियो । यसकारण रातभरि समाचारका तथ्य, भाषा, अक्षर र क्यारेक्टर केलाउनु उसको बाध्यता … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : बालक भेटियो

~चंकी श्रेष्ठ ‘अभय’~ व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ? मानिसहरू यस्तै शंका गरिरहेका थिए । सत्तलको एक कुनामा सानो सुकुल, सानो ओछ्यान, सानो सिरक … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : महाभारत, श्रीकृष्ण र कूटनीति

~चंकी श्रेष्ठ ‘अभय’~ भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्। हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश गर्न आएका विष्णुका आठौँ अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो आस्थाका युगपुरुषलाई पुज्ने … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

कविता : उत्तरदान

~चंकी श्रेष्ठ ‘अभय’~ आमाको औंला समाएर सैसैला खेल्दै गर्दा म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै । जबसम्म आमा हुनुहुन्थ्यो मेरो अगिपछि क्रूरताहरू निषेधित थिए तिनका विरूद्ध गर्नुभएको थियो आमाले प्रतिकार । त्यो दिन काँगियो फूलको बोटमुनि

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : दिदी आइनन्

~अभय श्रेष्ठ~ १ पाँच वर्ष सुदिनले सपनामा दिदीलाई देख्यो। दिदीले दुवै हात माथितिर उचालिन्। चारैतिर डाँडाले थामेको आकाशलाई सजिलै छोइन् र धक्का दिइन्। आकाश त कता हो कता माथि पो धकेलियो। अनि दिदी आफैँ पनि बिस्तारै आकाशतिर उड्न थालिन्। दिदी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : अंग्रेजी र अर्धसत्य

~चंकी श्रेष्ठ ‘अभय’~ झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य । द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए । उनका छोरा अश्वत्थामा अमर थिए । पाण्डवहरूले अश्वत्थामा नामको हात्तीलाई मारे र द्रोणलाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

Translated Poem : City’s Evening Lights

~Chunky Shrestha~ Translated by Yuyutsu Sharma The evening city’s lights were blown off, they murdered supremacy of the ultimate truth. Carrying their smarting snouts soaked in blood, the wolves stalked

विधा : Translated Poem | , | प्रतिकृया छोड्नुहोस्

कथा : खबर, कहर र जहर

~अभय श्रेष्ठ~ अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : भिक्षुणी र रोगी युवक

~चंकी श्रेष्ठ ‘अभय’~ नदी किनारमा एक रोगी युवकलाई नदेखेझैँ गरेर जब तिमीसँगै पानीमा हेलिएर म पारि पुगेँ र, मनको आँखाले देखेँ, करुण संगीतझैँ अस्फुट प्रार्थना गरिरहेका उसका असहाय आँखा । मसँग छन् अँझै एक जोर स्वस्थ पाखुरा र, एक स्वस्थ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : तपाईँ आमा हो ?

~अभय श्रेष्ठ~ जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु। (पुनश्चः … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

गजल : यता गाउँतिर

~चंकी श्रेष्ठ ‘अभय’~ खाली छन् है प्रगतिका पाना यता गाउँतिर चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर बगेका छन् यति धेरै पसिना र रगत तर सुनिदैन जिन्दगीको गाना यता गाउँतिर

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : केही पढ्नैपर्ने आख्यान

~चंकी श्रेष्ठ ‘अभय’~ पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

स्रष्टा परिचय : रूपचन्द्रसँग एउटा पटमूर्ख 

~अभय श्रेष्ठ~ हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय ‘थाहा’ आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक ‘किंवदन्ती’ सुनिन्थ्यो। जताततै भित्तामा ‘थाहा’ लेखिएको हुन्थ्यो। प्रजातन्त्र पुन:स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट च्यातिँदै गए। कुनै दिन मैले अंग्रेजी भाषामा महिला, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : स्रष्टा परिचय | | प्रतिकृया छोड्नुहोस्

कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~ १ सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन । अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~ प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो। म … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : मनोवाद | | प्रतिकृया छोड्नुहोस्

कथा : वधपर्व

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : पूर्वसन्ध्या

~अभय श्रेष्ठ~ खच्चरको पिठ्युँझैँ दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन । दुःखको बेहिसाब भारी बोकेर हृदयको रगत कटकटिँदा जब जब सुस्ताउन उभिन्थेँ खच्चरलाई झैँ निर्दयतापूर्वक हिर्काइन्थ्यो मेरो पिठ्युँमा । मेरो विशाल र लाटो हृदयमा हरेक कारबाहीपछि

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सन्देह

~अभय श्रेष्ठ~ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर । अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार कविका फूलबुट्टे सुकिला कविता

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : अमेरिका

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले। यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेका बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौन्दर्य अझै खुलेझैँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : अछुतको प्रेमगीत

~अभय श्रेष्ठ~ सहृदय वेश्याको प्रेममा मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ-

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सहृदय वेश्याको प्रेममा

~अभय श्रेष्ठ~ मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ- मेरुदण्ड दान गर्ने दधिचिझैा यो देशको हरेक परिवर्तनमा आफ्नो रगतको एक अंश दान गरेको साधारण मानिस हुँ म जिन्दगीका सहस्र घुच्चीका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : अपराध र सजाय

~अभय श्रेष्ठ~ भवनको निधारबाट ‘विद्यालय’ हटाइदिएको भए हाम्रो स्कुललाई हरेक हिसाबले यातनालय भन्न सकिन्थ्यो । भक्तपुरको दधिकोटस्थित अरनिको माविले त्यो शब्द त्यसैगरी प्रेमपूर्वक सिउरिएको थियो जसरी महिलाजन गलामा गहना सिउरिन्छन् । स्कुल जाने कल्पना गर्नु नै असीम अपमान र यातना … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : झुमी

~अभय श्रेष्ठ~ गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : महाभारत र कर्ण

~अभय श्रेष्ठ~ भारतीय टिभी च्यानल स्टार प्लसमा ‘महाभारत’ शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित ‘महाभारत’ शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई धर्म र सत्यनिष्ठाको पर्याय मानेको छ।

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : क्रान्तिको पाठशाला

~चंकी श्रेष्ठ ‘अभय’~ त्यो युवतीलाई भेटेपछि मलाई बोध भयो – धोकापूर्ण राजनीतिविरूद्ध वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो । जोन हब्सको पुस्तकभित्र अलंकार पहिरेर सजिएको छ संविधानको आदर्श भाषाको सुन्दर जलप लगाएर संविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हक प्रजातन्त्र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : डि भी

~चंकी श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, उसका आँखाहरू ‘फेवाताल–रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ । रुँदा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : जीवन र मृत्यु

~जापानी कवि मित्सुरू त्सुगाने~ अनुः अभय श्रेष्ठ हाइस्कुल पढ्ने एउटी केटीले डस्नामा छाडेकी छ ‘डेथ नोट’ सुरूदेखि अन्त्यसम्म मृत्यको प्रशंसा ! के मृत्युले स्वर्गको बगैंचामा गौरवमय जीवन दिने हो ? अवश्य एउटा सुन्दर छायाँ मृत्युको अन्तरंगबाट उफ्रेर आउँछ

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्

Poem : The ruined history

~Chanky Shrestha ‘Avaya’~ They pierced here with a solemn dusk and murdered my dream at the moment when I was exessively passionate to it

विधा : Poem | | प्रतिकृया छोड्नुहोस्